Hamro Goreto
तिनाउमा जलवायु परिवर्तनको तालिम
Monday, 27 May 2024 00:00 am
Hamro Goreto

Hamro Goreto

तिनाउ गाउँपालिकाभित्र रहेका माध्यमिक एवम् आधारभूत विद्यालयमा रहेका ईको क्लवका नायक एवम् पदाधिकारीहरुका लागि जलवायु परिवर्तन,ईको क्लव,बैठक सञ्चालन,माईन्यूट लेखन सम्बन्धि तालिम सोमवार दोभानमा सम्पन्न भएको छ । 
तालिममा वन अधिकृत रोहित भुसाल, संरक्षण अभियन्ता दलबहादुर गुरुङ र सामाजिक एवम् शैक्षिक व्यक्तित्व युवराज घिमिरेले उल्लेखित विषयहरुमा सहजीकरण गरेका थिए । 
तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तिनाउ गाउँपालिकाका प्रवक्ता यादवप्रसाद अर्यालले  विद्यालयमा गठित ईको क्लवले वन,वातावरण र जैविक विविधता संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी दिनमा समेत यस्ता विषयहरुमा पुनर्ताजगी तालिम सञ्चालन गर्न सामुदायिक वन समन्वय समितिलाई अनुरोध गरेका छन् । 
सेन्स नेपालका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल,शेरबहादुर थापा र हरिकला कुमाल लगायतले तालिममा आफ्नो विचार राखेका थिए । 
सहभागी विद्यालयलाई माईन्यूट लेख्नका लागि आवश्यक सामग्री समेत प्रदान गरिएको थियो । 
तालिममा १२ वटा विद्यालयका ४० जना विद्यार्थीको सहभागिता रहेको उक्त तालिममा सामुदायिक वन समन्वय समिति,तिनाउका वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेयले स्वागत गरेका थिए । तिनाउ गाउँपालिका ,पाल्पा र बुटवल उपमहानगरपालिका,बुटवलले आर्थिक एवम् प्राविधिक सहयोग गरेको उक्त तालिमको आयोजक सामुदायिक वन समन्वय समिति,तिनाउ,पाल्पा रहेको थियो ।