Hamro Goreto
तिनाउकाे वसन्तरपुरमा वृक्षराेपण
Wednesday, 12 Jun 2024 00:00 am
Hamro Goreto

Hamro Goreto

नमस्ते नेपालले वृक्षराेपण गर्न थालेकाे छैठाैं वर्षगाँठ आईतवार तिनाउकाे वसन्तपुरमा मनाएकाे छ । संस्थापक अध्यक्ष अर्जुन खरेलकाे जन्मदिनकाे अवसर समेत पर्ने उक्त वर्षगाँठमा विभिन्न प्रजातिका गरी ५१ वटा बेर्ना राेपिएका छन् । उक्त वृक्षराेपण कार्यक्रमका प्रमुख अतिथि संस्थाका सल्लाहकार एवम् सामुदायिक वन समन्वय समिति,तिनाउ,पाल्पाका अध्यक्ष दलबहादुर गुरुङले भने- नमस्ते नेपालले हरियाली प्रवर्द्धनका लागि चालेकाे कदम वन,वातावरण र जैविक विविधता संरक्षणमा काेसेढुङ्गाे सावित हुनेछ । उनले थपे-युवाहरुकाे हरित क्रान्ति अभियानले कुनैदिन अवश्य नै सफलता प्राप्त गर्नेछ । कार्यक्रममा युवा नेता विकास बस्नेत,ईश्वर न्याैपाने,लुम्बिनी केवलकारका प्रशासन प्रमुख नवराज अधिकारी,अर्जुन खरेल,मनीष भुसाल लगायतले वृक्षराेपण अभियान सफल पार्नु सबैकाे दायित्व रहेकाे उल्लेख गर्दै यस्ताे पवित्र कर्ममा निरन्तर गतिशील हुन सबैलाई उनीहरुले अनुराेध गरेका थिए ।