
केही दिन यता रुपन्देही जिल्ला कञ्चन गाउपालिका वडा नं २ मा स्थित गजेडी माध्यमिक विद्यालयको नाम जोडेर गलत अर्थ लगाई विभिन्न सामाजिक सञ्जालहरुमा भ्रम फैलाउने विरुद्ध उक्त विद्यालयले शाब्दिक अर्थ स्पष्ट पार्दै प्रेस विज्ञप्ति जारी गरेको छ।
विज्ञप्तिमा गजेडीको अर्थ नेपाली शब्दकोषका अनुसार "गज"को अर्थ "हात्ती" भन्ने बुझिन्छ । यसरी "गज" आधार पदमा "डी" जोडिएर गजेडी शब्दको व्युत्पादन भएको मानिन्छ। जुन शब्द स्थानीय थारु भाषामा "हात्तिको बासस्थान" भनेर प्रस्टिकरण गरिएको छ।
साथै यहाँका शिक्षाप्रेमि तथा बुद्धिजिविका अनुसार साविक गजेडी गाउँबाट गजेडी स्कुलको नामाकरण भई सोहिअनुसार गजेडी गाउँ पञ्चायत र बहुदलियपछि गजेडी गा।वि।स। रहन गएको हो ।
यी वास्तविकता र एतिहासिक तथ्यहरुलाई नबुझि आफ्नो अयोग्यतालाई प्रदर्शन गर्दै यस विद्यालयको नाममा आधारित भई सामाजिक सञ्जालमा विभिन्न व्यक्ति तथा फेसबुक पेजहरुले भ्रामक, कपोकल्पित तथा अनर्गल प्रचार गर्न खोजिएको विषयमा सिङ्गो विद्यालय परिवार घोर भर्त्सना गर्दछ। आज उपरान्त कहिँ कतैबाट कोही कसैले यश प्रकारका आपत्तिजनक कृयाकलाप गरेमा विद्यालय प्रशासन साइबर कानुन अनुसार कारबाही गर्नका लागि सम्बन्धित निकायमा जाने निर्णय गरेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसरी वास्तविकता र एतिहासिकतालाई मध्यनजर गर्दा त्यस शब्दको अर्थ थारु भाषामा हात्तीको बासस्थान भन्ने स्पष्ट रहेको छ।
