Hamro Goreto
हाेराईजनमा कार्यशाला
Friday, 02 Aug 2024 00:00 am
Hamro Goreto

Hamro Goreto

क्षितिज साहित्यिक परिषद,बुटवलले सिर्जनात्मक लेखन अभियान अन्तर्गत "कविता लेखन तथा वाचन कार्यशाला" शुक्रवार हाेराईजन आवासीय माध्यमिक विद्यालयमा प्रारम्भ गरेकाे छ । 

कार्यशालाकाे उद्घाटन प्रमुख अतिथिका रुपमा रहेका प्रगतिशील लेखक संघका केन्द्रीय सचिव दलबहादुर गुरुङले विद्यालयस्तरमा साहित्यलाई प्रभावकारी रुपमा गतिशील बनाउन सिर्जनशील लेखन कार्यशाला आवश्यक रहेकाे बताए । उनले साहित्यलाई मनाेरञ्जनकाे साधनमात्र नबनाई समाजसँग जाेड्नुपर्ने सुनाए । हाेराईन साहित्यिक परिषदले समय-समयमा साहित्यिक गतिविधिहरु गर्दै नेपाली साहित्य-आकासलाई फराकिलाे बनाउँदै लगेकाे प्रमुख अतिथि गुरुङले उल्लेख गरे ।  

प्राचार्य लाेकनाथ उपाध्यायले विद्यालयमा साहित्यलाई सिर्जनात्मक तरिकाले अघि बढाउन कार्यशालाकाे आयाेजना गरिएकाे र यसले विद्यार्थीकाे लेखन तथा वाचनकलालाई उत्कृष्ट बनाउन सहज हुने बताए। 

रेडियाे देवदहका कार्यकारी निर्देशक दीपक न्याैपानेले कार्यशाला सफलताकाे शुभकामना प्रकट गरेका थिए । 

कार्यशालामा प्रलेस,रुपन्देहीका अध्यक्ष कविराज पा‌ैडेल र सदस्य यज्ञलाल सुवेदीले कविता लेखन तथा वाचनसम्बन्धी सहजीकरण गर्दैछन् । 

कार्यशालामा स्वागत विद्यालयका सहायक प्राचार्य राजीव श्रेष्ठ र सञ्चालन शिक्षक हरिप्रसाद पाैडेलकाे रहेकाे छ । कार्यशाला एक दिन सञ्चालन हुने छ ।