Hamro Goreto
आज काेहाेलपुरमा सागर गैरेकाे उपन्यास "माेहाेर"
Sunday, 04 Aug 2024 00:00 am
Hamro Goreto

Hamro Goreto

सागर गैरेको उपन्यास "मोहोर" एक कार्यक्रम वीच विमोचन भएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य तथा साहित्यकार प्रा.डा. कृष्णप्रसाद घिमिरेले गैरेको उपन्यास मोहोर विमोचन गर्नुभयो ।

प्रा.डा. जनार्दन आचार्य तथा प्राध्यापक हरिप्रसाद तिमल्सिना मोहोर पुस्तकको मुख्य वक्ता रहेको कार्यक्रममा प्राडा आचार्यले यो उपन्यासले तत्कालिन समयको सामाजिक आर्थिक तथा ऐतिहासिक पक्षलाई समेट्न सफल भएको बताउनु भयो । 

 कार्यक्रममा समालोचक हरिप्रसाद तिमिल्सिनाले मोहोर उपन्यासमा केही नयाँ प्रयोग समेत भएको बताउनु भयो । उपन्यास राम्रो बनेको छ र अझै राम्रो बनाउन सकिन्थ्यो भन्दै उहाँले प्राप्त प्रतिक्रियाहरूमाथि गम्भीर हुन आग्रह गर्नुभयो ।

 

लेखक सागर गैरेले मैले मेरो कथा लेखेँ। मेरो छट्पटी र उकुसमुकुस लेखेँ । उपन्यास वा कथाको सिद्धान्तलाईभन्दा मेरा बुबाको अनुभव र अनुभूतिलाई लेख्ने प्रयास गरेँ । आख्यान लेखनमा मेरो यो पहिलो अनुभव भएकोले पनि आफूलाई उत्साहित गरेको बताउनु भयो ।

 

कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य प्राज्ञ महानन्द ढकाल , खजुरा प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारी, कोहलपुर वाङ्मय प्रतिष्ठानकि कार्यवाहक अध्यक्ष सुमित्रा न्यौपाने, भेरी साहित्य समाजका अध्यक्ष इन्द्रबहादुर बस्नेत, मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष वि पि अस्तु , सर्वदा साहित्य संगमका अध्यक्ष खगेन्द्र गिरि कोपिला, पुराना साहित्यकार गणेश जि सी, उपन्यासकार किरण आचार्य, जितबहादुर शाह, भरतबहादुर रानाभाट , पुष्पमणि प्रधान, पुष्कर रिजाल,विश्व साहित्य समाज नेपालकी अध्यक्ष कल्पना पौडेल, भिम बहादुर शाही, चरित्रा शाह, नवीन अभिलाषी, लेक प्रसाद प्याकुरेल, पद्मा रिजाल, दिपिन सिजापती, धिरेन अनुपम, प्रेमप्रकाश पुन एवम् लेखका पिता उपन्यासका नायक घनश्याम गैरे लगायत करिव डेढ सयबढी साहित्यकार तथा सुभचिन्तकहरूको उपस्थिति थियो ।

कानुनी सल्लाहकार सन्तोषी विष्टको स्वागत र बद्री ढकाल हिरामणिले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष कपिल अञ्जानले गर्नु भएको थियो ।