Hamro Goreto
एम. जी. क्लबले देउसी भैलो कार्यक्रमबाट असहाय तथा विपन्न वर्गका विद्यार्थीहरुलाई सहयोग गर्ने
Sunday, 03 Nov 2024 00:00 am
Hamro Goreto

Hamro Goreto

 

 

 वुटवलमा स्थापित भइ लुम्बिनी क्षेत्रबाट सामाजिक कार्य गर्दै अाएको एम.जी.क्लबले असहाय तथा विपन्न वर्गका विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यका साथ यो वर्ष देउसी भैलो कार्यक्रम सञ्चालन गरेको छ ।

 सो देउसी भैलो कार्यक्रम भाषा संस्कृति संस्कारको पहिचान सहित जगेर्ना गर्ने अभियानमा मौलिक सोरठी नाच, कौरा नाच, सालैजो, झ्याउरे गीतमा क्लबका सचिव निर बहादुर गाहा धनबहादुर गाहा, तुलबहादुर सारू लगायत एम.जी.महिला समूहको प्रस्तुति समेत रहेकोले एम, जी,  क्लबको कार्यक्रम रोचक रहेको दानदिने सहयोगीहरूको भनाइ छ। क्लबले पहिलेदेखि विभिन्न ठाउँमा सहयोग गर्दै आएको हुनाले उक्त देउसी भैलोबाट उठेको रकम विपन्न वर्गका विद्यार्थीहरूलाई सहयोग गर्ने क्लबका अध्यक्ष ओम बहादुर सारूले बताएका छन।

 भैलो कार्यक्रम लक्ष्मी पूजाको  साँझ बुटवल ११ देवीनगरका संस्थापक अध्यक्ष तुलबहादुर सारुको घरबाट अध्यक्ष ओम सारूले वाध्य वादन सामग्रीलाई सरस्वती पूजा गरेर सोरठी नाचको उद्घाटन गरेको थिए। क्लबका अध्यक्ष ओम सारूको अध्यक्षतामा कार्यक्रमको मुख्य संयोजक क्लबको सचिव निरबहादुर गाहा रहेका छन् भने, कार्यक्रम सञ्चालन क्लवका महासचिव महेश खाम्चाले गरेका थिए। साथै देउसी भैलो कार्यक्रम एकादशीमा समापन हुने अध्यक्ष सारुले जानकारी दिएका छन।