

बुटवल–११, देविनगरमा रहेको एम.जी. क्लबले लुम्बिनी प्रदेशभरि विभिन्न ठाउँमा सहयोग गदै आएको सामाजिक कार्यमा एक परिचित क्लब हो । सो क्लबले २०८२ जेष्ठ ९ गते प्यूठान जिल्ला सरुमारी गाउँपालिका ३ श्री सरस्वती माध्यमिक विद्यालयमा खेलकुद तथा विद्यालय सामाग्री हस्ताक्षण कार्यक्रम गरेको छ । उक्त विद्यालयलाई हस्तान्तरण सामग्रीको संयोजक विद्यालयका पूर्व विद्यार्थी तथा क्लबका कार्य समिति सव्रिmय सदस्य विजयकुमार रानाले क्लबको सहकार्यमा विद्यालयलाई सहयोग गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि श्री भिम बहादुर मसाङ्गी मगर रहेका थिए भने बरिष्ठ अतिथिहरु क्लबका अध्यक्ष श्री ओम बहादुर सारु तथा एक बहादुर मसाङ्गी मगर लगायत अन्य अतिथिहरु गणहरु तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानिय समाजसेवी, अभिभावक, शिक्षक एवम् क्लबका पदाधिकारी र एम.जी. महिला समुहको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा प्रमुख अतिथि र बिशिष्ठ अथितिले बोल्दै विद्यालयलाई खेलकुद सामग्री सहयोग गर्नु भएकोमा एम.जी. क्लब प्रति आभार व्यक्त गदै यो सहयोगले विद्यार्थीहरुलाई खेलकुदमा ठुलो टेवा पुग्ने बताएका थिए । यसै गरी क्लबका अध्यक्ष ओम सारुले क्लबले स्थापना कालदेखि नै विभिन्न ठाउँमा सामाजिक काम गदै आएको बताउदै एम.जी. क्लबले समाजमा शिक्षा मार्फत सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको र यस कार्यक्रमले विद्यार्थी भाईबहिनीहरुमा आत्म विश्वास बढाउने आशा लिएको बताएका थिए । साथै क्लबले विद्यालयलाई हस्तान्तरण सामग्रीहरु ः पंखा ८ थान, भलिबल ३ थान, भलिबल जाली १ थान, जेवलिङ्ग थ्रो १ थान, ब्याडमिन्टन रकेट २ थान, सटल कक १ थान, मैग्नेटिक राईटिङ डेक्स २ थान, बल ३ थान, स्पिकिङ रोप १ थान, हावा भर्ने पम्प १ थान रहेको क्लबका अध्यक्ष ओम सारुले जानकारी गराएका छन् । साथै कार्यक्रम समापन पछि कार्यव्रmममा उपस्थित क्लबका पदाधिकारी र एम.जी महिला समुह टिम प्युठान स्वर्गद्वारी धार्मिक स्थलको भ्रमण गरेको क्लबका अध्यक्षले बताए । 
