Hamro Goreto
क्लबको १२ औं स्थापना दिवसको अवसरमा मृगौला पिडितलाई खाद्यान्न सामग्री वितरण
Wednesday, 04 Feb 2026 00:00 am
Hamro Goreto

Hamro Goreto

 

बुटवल–११, एम.जि क्लब रुपन्देहीले क्लबको १२ औं स्थापना दिवसको अवसरमा मृगौला पिडित बिरामीलाई खद्यान्न सामग्री वितरण कार्यक्रम गरेको छ । बुटवल–१०, रामनगरमा रहेको मृगौला तथा मुटु पिडित सरोकार समाज नेपाललाई खाद्यान्न सामान हस्तान्तरण गरी क्लबले १५ जना बिरामीलाई चामल, दाल लगायत अन्य सामग्री वितरण गरेको क्लबका अध्यक्ष देवलाल अर्घालीले बताएका छन् । कार्यक्रम क्लबका अध्यक्ष देवलाल अर्घालीको अध्यक्षतामा नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष श्री कृष्ण चौहानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौहानले नेपाल स्वयमसेवी रक्तदाता समाज सधैँ एम.जि. क्लबसँग साथमा रहेर सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै क्लबको १२ औं स्थापना दिवसको शुभकामना व्यक्त गरेका थिए । यसैगरी विशिष्ठ अतिथि मृगौला तथा मुटु पिडित सरोकार समाजका केन्द्रीय अध्यक्ष बलराम सुवेदीले मृगौला तथा मुटु बिरामीलाई सरकारले दिँदै आएको स्वास्थ्य सेवा सुविधा कटौती गरेकोमा पिडित बिरामीको सेवा सुविधा कटौती नगर्न माग गर्दै प्रधानमन्त्री शुशिला कार्कीसँग भेटेर यि कुरा सम्बन्धी छलफल गरेको बताए । साथै आफुहरुको माग पूरा नभएमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष देवलाल अर्घालीले यो समाज रुपान्तरण गर्नलाई समाजसेवा गर्नुपर्छ भन्ने उद्देश्यले एम.जि. क्लब स्थापना गरेको १२ औं स्थापना दिवससम्म आईपुग्दा क्लबले यस्ता थुप्रै सामाजिक कामहरु गरेको बताए । स्थापना दिवसकै अवसरमा संस्थापक अध्यक्ष तुल बहादुर सारुको छोरा पूवर्ज सारुको जन्मदिन परेको हुँदा क्लबको सहकार्यमा खाद्यान्न वितरणको लागि केहि सहयोग गरेकोमा अध्यक्ष अर्घालीले जन्मदिनको शुभकामना व्यक्त गरेका थिए । यसैगरी क्लबको १२ औं स्थापना दिवसको अवसरमा बुटवल–११, पवित्रनगर बाजेबजै पितृ थानको सभा हलमा क्लबले केक काटेर स्थापना दिवस मनाएको थियो । उक्त स्थापना दिवसको कार्यक्रममा प्रमुख अतिथि क्लबका सल्लाहकार, एडमान सिटीका सञ्चालक प्रकाश राना रहेका थिए । रानाले कार्यक्रममा एम.जि. क्लबले आफ्नै भवन निमार्ण गर्न पहल गर्नुपर्ने सुझाव दिँदै आफुले कहाँ के सहयोग गर्नुपर्छ क्लबलाई सहयोग गर्न तयार रहेको बताए । साथै एम.जि. क्लब मगरहरुको हो भन्ने पहिचान सहित कहिकतै क्लबले मगर होमस्टे सञ्चालन गर्न सुझाव दिएका छन् । उक्त कार्यक्रममा क्लबका अध्यक्ष देवलाल अर्घाली, संस्थापक पूर्व अध्यक्ष श्री धर अर्घाली, मार्गदर्शक बसन्त थापा चर्ती लगायतले क्लब स्थापना किन र कसरी गरियो भन्नेबारे प्रष्ट पारेका थिए । कार्यक्रममा क्लबका सम्पूर्ण पदाधिकारी तथा सदस्य लगायत एम.जि. महिला समुह दिदिबहिनीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रम देवलाल अर्घालीको अध्यक्षतामा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष निल बहादुर कवरको रहेको थियो भने कार्यव्रmम सञ्चालन महासचिव निर गाहाले गरेका थिए ।