
"सम्पुर्ण युवा एक होऔ,समृद्ध समाज बनाऔ"
मेरो गाउँले (एम.जि.)क्लबले "रक्तदान नै जीवनदान" भन्ने भवनाका साथ चौथो रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
बुटवल ११ देबिनगर चौपारीमा आयोजना गरेको कार्यक्रममा क्लबका पदाधिकारी साथै सदस्यहरु एवं एम.जि.महिला समुह लगायत अन्य ब्याक्तीहरु सहित ७७ पोइन्ट ब्लड संकलन गरि बुटवल रक्तसंचार सेवा केन्द्रमा हस्तान्तरण गरेको क्लबका अध्यक्ष श्री देवलाल अर्घालिले बताएका छन् । अध्यक्ष देवलाल अर्घालिको अध्यक्षतामा सम्पन्न कार्यक्रम प्रमुख अतिथि बुटवल वडा न. ११ का अध्यक्ष श्री राम चन्द्र क्षेत्रीले एम. जि. क्लबले रक्तदान कार्यक्रम गरेकोमा अत्यन्तै सराहनीय छ,क्लबले खेल कार्यक्रम देखि विभिन्न ठाउँमा सामाजिक काम गर्दै आएकोले आगामी दिनहरुमा पनि यसरिनै सामाजिक काम गर्दै क्लबले आफ्नो पहिचान बनाऔस भन्दै क्लबलाई धेरै धेरै धन्यवाद व्यक्त गरेका थिए ।

साथै क्लबले बिगतका वर्ष हरुमा पनि रक्तदान कार्यक्रम गर्दै आएको छ, उक्त रक्तदान बाट धेरै जनाको जीवन बाचेको क्लबका अध्यक्ष देवलाल अर्घालीले बताएका छन । सो कार्यक्रमको संयोजक क्लबका सदस्य बम थापा रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य क्लबका बरिस्ठ उपाध्यक्ष निल बहादुर कवँरको रहेको थियो भने कार्यक्रम संचालन क्लबका महासचिव नीर बहादुर गाहाले गरेका थिए ।