Hamro Goreto
पृथ्वी ग्रह जल संकट तर्फ अघाडि बढिरहेको विषयमा छलफल कार्यक्रम
Saturday, 12 Sep 2026 00:00 am
Hamro Goreto

Hamro Goreto

 "यहि भाद्र २६ गते प्रकृति-मानव केन्द्रित जन अभियान, नेपाल द्वारा आयोजित सत्रौं श्रृंखलाको जुम मिटिङ्गमा "पृथ्वी ग्रह जल संकट तर्फ अघाडि बढीरहेको छ" भन्ने विषयमा प्रकृति-मानव केन्द्रित जन अभियान, नेपालका अध्यक्ष बिन्दु राज सपकोटाले जल संकटको हालको अवस्थाका वारेमा संक्षिप्तमा आफ्नो भनाइबाट शुरु गर्दै संचालन गरेको आजको बहश कार्यक्रमका मुख्य प्रस्तोता गोबिन्द शर्मा पोखरेल रहनुभएको थियो । बहश कार्यक्रममा थप भनाई तथा जिज्ञासा राख्नेहरुमा माया गिरी, टेकराज पौडेल, गोकर्ण खनाल, बिष्णु तिमिल्सिना, छवि पौडेल, किशन शर्मा र एन मल्ल लगायत हुनुहुन्थ्यो भने रूद्रलाल उपाध्याय, शरला खनाल, नर बहादुर थापा, चन्द्र प्रसाद अधिकारी, निर्मल सापकोटा, बाबुराम सापकोटा, डोलराज अर्याल, रुद्रलाल उपाध्याय, बासुदेव वाग्ले, लक्ष्मीकुमारी खाँण, बिष्णु लनमिछाने, उत्तम कडेल, स्यामसुम लेखी नाम नखुलेको एकजना समेत २२ जनाको सहभागीता रहेको बहशले निम्न अनुसारको निष्कर्ष निकालेको छ:

१. पानी मानव समाजको 'महाधमनी' हो यो पारिस्थितिक प्रणालीको जीवनरेखा तथा कृषिको अस्तित्वरेखा हो ।

२. सबैभन्दा ठूलो चुनौती पानीको अभाव होइन, विश्वासको अभाव हो ।

३. मानव स्वास्थ्य, प्राकृतिक कृषि, सेवा क्षेत्र तथा त्यसपछि उद्योगका लागि न्यायपूर्ण पानी बाँडफाँडलाई वैज्ञानिक सहकार्य तथा निरन्तर संवादसँग जोड्नुपर्छ ।

४. जल संकटको समाधान केवल थप बाँध, थप पाइप वा थप बोरिङ होइन; वास्तविक समाधान भनेकोः

   "जति पानी लिन्छौँ, सकेसम्म त्यति नै पानी प्रकृतिमा पुनःभरण गर्नुपर्छ; र उपलब्ध पानीलाई एकपटक प्रयोग गरेर फाल्नुको सट्टा सुरक्षित रूपमा पुनःप्रयोग गर्नुपर्छ ।"

   यही सिद्धान्तलाई विश्वव्यापी रूपमा लागू गर्न सके भविष्यको पानी संकटलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ ।

५. नेपाल अहिलेसम्म जलस्रोतको धनी देश भन्दै आएकोमा त्यस्तो अवस्था नभएकोले यो केवल भ्रम हो ।

६. प्रमुख शहर तथा वस्तीहरूमा पानीको अपूर्ती र खर्चको अवस्था झल्किने गरि सन्तुलन तालिका तयार पार्नु पर्छ ।"