Hamro Goreto
कृषि संकट सम्बन्धि बहश कार्यक्रम सम्पन्न
Friday, 25 Sep 2026 23:30 pm
Hamro Goreto

Hamro Goreto

असोज ९ गते प्रकृति-मानव केन्द्रित जन अभियान, नेपाल द्वारा आयोजित अठ्ठारौं श्रृंखलाकाे जुम मिटिङ्ग बेलुका ६:३० बजे शुरु भई ८:३० मा "कृषि: मानव समुदायको जीवनरेखा हो" भन्ने विषयमा बहश कार्यक्रम सन्पन्न । बिन्दु राज सपकोटाले संचालन गरेको आजको बहश कार्यक्रमका मुख्य प्रस्तोता छविलाल पौडेल हुनुहुन्थ्यो । बहश कार्यक्रममा थप भनाई तथा जिज्ञासा राख्नेहरुमा शारदा रिजाल, टेकराज पौडेल, गोकर्ण खनाल, चिरञ्जीवी भट्टराई, रुद्रलाल उपाध्याय लगायत हुनुहुन्थ्यो भने उत्तम कडेल, माया गिरी, शरला खनाल, बाबुराम सापकोटा, डोलराज अर्याल, रामहरि पन्थ, बेदनिधि मुडभरी, युबराज घिमिरे, किशन शर्मा, लेखक प्रसाद सापकोटा, पद्मकिरण राना, कमला शर्मा, बिष्णुहरि अधिकारी, लक्ष्मीकुमारी खाँण, बिष्णु लामिछाने, भिभो लेखी नाम नखुलेको एकजना समेत २४ जनाको सहभागीता रहेको थियो ।

मिटिङ्गको निष्कर्ष:

१. कृषि केवल अन्न उत्पादन गर्ने क्षेत्र मात्र होइन-खाद्य, स्वास्थ्य, रोजगारी, संस्कृति, सभ्यता र पर्यावरणको आधार हो ।

२. कृषि रुपान्तरणको केन्द्रमा किसान, स्थानीय समुदाय, पर्यावरण र मानव स्वास्थ्यलाई राख्नुपर्ने ।

३. खाद्य सुरक्षा+पर्यावरणीय सुरक्षा+सामाजिक सुरक्षा=दीर्घकालीन शान्ति र मानव कल्याण हो।

४. संकटमा भएको कृषि बचाउनु भनेको केवल किसान बचाउनु होइन, मानव जीवन, प्रकृति र भविश्य बचाउनु हो । तेसैले अबको बाटो: प्रकृति-मानव केन्द्रित स्थानीय, विविधता मूलक कृषि, कृषि-पारिस्थितिक व्यवस्थापन र जनमुखी सहकारी हो।

५. खाद्य बर्बादीले पानी, भूमी, उर्जा, श्रम र पूँजीको पनि अपव्यय गराउनेभएकोले प्राकृतिक, जैविक, पुनरुत्पादक र विविधतामा आधारित कृषि प्रणालीमा जोड दिनुपर्ने।b