Hamro Goreto
मिसन गोजुरीयोको नेतृत्वमा अन्तराष्ट्रिय करातें प्रतियोगितामा नेपाली टीम
Sunday, 29 Dec 2019 23:30 pm
Hamro Goreto

Hamro Goreto

नरेश के.सी.
मिसन गोजुरियोको नेतृत्वमा नेपाली करातेंका खेलाडी कलकत्तामा हुने ९ औं अन्तराष्ट्रिय करातें च्याम्पीयनसीप २०२० मा भाग लिने भएको छ ।
आगमी पौष २४, २५ र २६ गते भारतको कलकत्ता उलबरिया स्थित रविन्द्र भवनमा हुने ९ औं अन्तराष्ट्रिय करातें च्याम्पीयनसीप २०२० तथा अन्तराष्ट्रिय स्पोर्टस एक्सलेन्स अर्वाडमा नेपालको तर्फबाट जापन मिसन गोजुरीयोको टिमले भाग लिने भएको हो ।
श्रीलंका, भुटान, बंगलादेश, नेपाल र भारतका करातेंका खेलाडीहरुको प्रतिसपर्धा हुने उक्त प्रतियोगितामा नेपाली टोलीले १० बर्ष उमेर समूहदेखी १९ बर्ष उमेर समूह माथी सम्मको समूहमा २० जना खेलाडीले प्रतिसपर्धा गर्ने नेपाली टोलीका प्रमुख प्रशिक्षक के.बि राना –काजी) ले बताउनुभयो ।
भैरहवामा आयोजित पत्रकार सम्मेलनमा  रानाले भन्नुभयो , ‘५ देशका ५ सय खेलाडीको प्रतिसपर्धा हुने उक्त प्रतियोगितामा नेपाली टोलीको नेतृत्व मिसन गोजुरीयोले गर्ने छ ।’
नेपाली खेलडीले करातेको कुमुतें र काता विधामा प्रतिसपर्धा गर्नेछन् । प्रतिसपर्धामा ७ जना महिला खेलाडी र १३ जना पुरुष खेलाडीको सहभागीता रहने छन् ।
यस अघि पुना, दिल्ली र पटनामा भएको सम्पन्न अन्तराष्ट्रिय च्याम्पीयनसीपमा टिम च्याम्पीयन समेत नेपाली टोलीले ९ औ अन्तराष्ट्रिय प्रतियोगितामा पनि दमदार प्रतिसपर्धा गर्ने मिसन गोजुरीयोका केन्द्रिय सचिव गिरी प्रसाद पुनले बताउनुभयो ।
प्रतियोगितामा विगतमा अन्तराष्ट्यि च्याम्पीयनसिपमा स्वर्णपदक विजेता खेलाडीहरु रुपा राना,सन्तु थारु,सुमन परियार,साहिल गुरुगं,विपीन गुरुंग लगायतका खेलाडीहरुको सहभागिता हुने पत्रकार सम्मेलन आयोजक संस्था मिसन गोजुरीयो रुपन्देहीका अध्यक्ष उमेश थापाले बताउनुभयो ।
पुर्व मेदिनीपुर हलदिया कराते गेम्स एण्ड स्पोर्टस एशोसियसन एण्ड सितोरियो कराते अफ इण्डीयाको आयोजनामा हुने नवौं अन्तराष्ट्यि कराते च्याम्पीयन २०२० प्रतियोगितमा पनि यो टिम च्याम्पीयनसीप बनेर देशको नाम इतिहासमा स्वर्णीम अक्षरले लेख्ने विश्वास जापन गोजुरियो मिसनका प्रमुख सल्लाहकार भरत बहादुर के.सी.ले बताउनुभयो ।