Hamro Goreto
गण्डकी प्रदेशबाट फलाम खानीको लागी ४८ करोड लगानी गर्दै
Wednesday, 01 Jan 2020 23:30 pm
Hamro Goreto

Hamro Goreto

१६ पुस । गण्डकी प्रदेश सरकारले नवलपुरको धौवादीमा फलाम खानी संचालनका लागि  ४८ करोड लगानी गर्ने निर्णय गरेको मन्त्रिपरिषद बैठकका निर्णय जानकारी गराउँदै मन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो । १२ करोड केन्द्र सरकारले र ४८ करोड प्रदेश सरकारले सहित ६० करोडको लगानीमा खानी संचालन हुने भएको छ ।
धौवादी फलामी खानी सञ्चालन गर्न नेपाल सरकारले कम्पनी खडा गरिसकेको छ भने मंसिर पहिलो साता धौवादी फलाम खानी कम्पनी दर्ता भइसकेको छ । अहिले परीक्षणका लागि त्यहाँको ५ टन ढुँगा चीन लागि पठाइएको छ । १० किलोमिटर लम्बाइ, १५ देखि ३० मिटर चौडाइ र १ सय मिटर गहिरो रहेको खानी देशको सबैभन्दा ठूलो फलाम खानी रहेको र १० करोड टन कच्चा फलाम निकाल्न सकिने बताइएको छ ।