Hamro Goreto
तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता शुरु 
Monday, 17 Feb 2020 00:00 am
Hamro Goreto

Hamro Goreto


स्वस्तिक श्रेष्ठ
बुटवल ५ फागुन
रुपन्देही लन टेनिस संघको आयोजनामा सोमबारदेखि तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको प्रतिनिभि सभा सदस्य छबिलाल विश्वकर्माले उद्घाटन गर्दै खेल पुर्वाधार विकास गर्न तीन तहकै सरकारको पहल हुनुपर्ने बताए । कार्यक्रममा नेपाल ओल्मपिक कमिटिका उपाध्यक्ष तथा लन टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणाले अधिराज्यभर विस्तार भैरहेको छ । बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले वडालाई खेलग्रामका रुपमा विकास गर्ने बताए । 
प्रतियोगिताको प्रतिनिभि सभा सदस्य छबिलाल विश्वकर्माले मुख्य रेफ्री सुर्यभुषण बज्राचार्यलाई बल हस्तान्तर गरि खेल शुभारम्भ गरेका थिए । देविनगरमा टेनिस कोर्ट कम्प्लेक्स बनाउन महत्वपूर्ण योगदान गरेका खेलप्रेमीहरु योग गुरुङ र केशब थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
उद्घाटन खेलमा मेन्स सिगलतर्फको खेलमा काठमाण्डौका निशान श्रेष्ठले बुटवलका भिष्म काउचालाई २–१ को सेटमा पराजित गरेका छन । पहिलो सेट भिष्मले ६–७ अंकले जित्दै अग्रता लिएका थिए तर दोस्रो सेटमा निशान खेलमा फर्किए । निशानले दोस्रो सेट ६–१ अंक जित निकाल्दै खेल बराबरी ल्याए । निर्णायक अन्तिम सेटमा निशानले खेल ६–० को अंकले आफनो पक्षमा पार्दै २–१ को जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेका छन । 
यसैगरि सोमबार भएको मेन्स सिगलमा सन्तोष खत्रीले समिर क्षेत्रीलाई ६–१, ६–१ को सेट, नबिन मगरले निरज गुरुङलाई ६–१, ३–६, ६–३ अंक, विकास खड्काले दिपक अर्याललाई ६–१, ६–२ को अंक तथा एक खेलमा वाक ओभर पाएर संयकविक्रम बज्राचार्य क्वाटरफाईनलमा प्रवेश गरेका छन । 
मेन्स ३५ वर्ष उमेर समुहको खेलमा राजन पौडेलले सोम रानालाई ६–३, ६–० को सोझो सेटमा पराजित गरेको हो । ३५ वर्ष उमेर समुहकै रामु बिकले शेषमणी चौधरीलाई ६–०, ६–१ को सेटमा जित निकाल्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन । गोपाल ज्ञवालीले असोक गुरुङलाई २–१ को सेटमा जित निकाल्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन । बुटवलका सन्जय प्रसाद श्रेष्ठले बुटवलका अन्जय बानियालाई ६–३, ६–२ तथा अर्जुन गुरुङले विशेष अमात्यलाई ६–१, ६–२ को सोझो सेटमा जित निकालेका छन भने सबिर मिया वाक ओभर पाएर दोस्रो चरणमा प्रवेश गरेका छन । मंगलबार मेन्स सिगल, मेन्स डबल्स, भेट्रान्स गरि २५ वटा खेलहरु हुने छन । 
फागुन ९ गतेसम्ममा संचालन हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुषतर्फ ३५ वर्ष माथी, ४५ वर्ष माथी र ५५ वर्ष माथीका उमेरमा प्रतिस्पर्धा हुने संघका सचिव गोपाल ज्ञवालीले बताए । त्यसैगरि प्रतियोगितामा डवलतर्फ पुरुष डवल, पुरुष ३५ वर्ष माथी र ४५ वर्ष माथी उमेर समुह गरि ८ विधामा हुने उनले बताए । प्रतियोगितामा विभागिय टिमसहित काठमाण्डौ, पोखरा, विराटनगर र बुटवलका समेत खेलाडीहरुले प्रतिस्प्रर्धा गर्नेछन  । पुरुष एकल र महिला एकल तर्फ प्रथम द्धितीय तृतीयलाई क्रमश ५५ हजार २५ हजार र १० हजार पुरस्कार रहेको छ । त्यसैगरि पुरुष एकलको ३५ वर्ष माथीकाको प्रथमलाई ३० हजार ४५ वर्ष माथीकाको प्रथमलाई २५ हजार र ५५ वर्ष माथीकाको प्रथमलाई १५ हजार पुरस्कार रहेको छ । त्यैसगरि पुरुष डवल तर्फको उपाधि विजेता, ३५ वर्ष र ४५ वर्ष माथी उमेर समुहको उपाधि विजेताहरुले समान नगद २० हजार रुपैयाबाट पुरस्कृत गरिने छ । प्रतियोगिता सम्पन्न गर्न १६ लाख ८५ हजार रुपैया लाग्ने अनुमान आयोजकले छ ।
प्रतियोगितामा १ सय बढी राष्ट्रिय र स्थानिय खेलाडीहरुले विभिन्न विद्यामा उपाधि प्रतिस्प्रर्धा गरिरहेका रुपन्देही लन टेनिस संघका अध्यक्ष संजय श्रेष्ठले बताए ।