
किशाेर गुरुङ,
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले अहिले सारा विश्व प्रभावित बनेको छ । केही चर्चित व्यक्तिलाई समेत कोरोनाले छोएको छ ती व्याक्तिहरूले कसरी काेराेना भाइरस ( कोभिड १९ ) को संक्रमणलाइ जित्न सफल भए त्यस बारेमा संक्षिप्त जानकारी राखिएकाे छ ।
1) अमेरिका कोरोना भाइरस अर्थात् ( कोभिड १९ ) को संक्रमणका कारण अमेरिका यतिबेला इपिसेन्टर बनेको छ । अमेरिका रहेका नेपालीमा संक्रमितको संख्या बढ्दै गएको छ । हालसम्म अमेरिकाको न्यूयोर्कमा बस्ने एकजना नेपालीले ज्यान गुमाउनु परेको छ, भने दर्जनौंले अस्पतालमा बसेर उपचार गरारहेको बुझिएको छ।
नेपालीले सूचना गोप्य राख्ने गरेका कारण पनि यकिन तथ्याङक प्राप्त हुन सकेको छैन् । अमेरिकाको सबैभन्दा बढी प्रभावित राज्य न्यूयोर्क हो। जहाँ नेपालीको बसोबास पनि बाक्लो छ । महंगो सहर भएकाले नेपाली एउटै अपार्टमेन्टमा मिलेर बस्ने गर्दछन् । नेपाली कोठा शेयर गरेर बस्ने भएकाले पनि संक्रमित हुनेहरुको संख्या बढ्दै गएको हुनसक्ने स्थानीय अगुवाहरु बताउँछन् ।
यस विषम परिस्थितिमा बिरामी भई सकसपूर्ण जीवन बाँचिरहेका नेपालीलाई सहयोग गर्नका लागि स्थानीय अभियान्ताले सहयोगका कार्यक्रम समेत चलाइरहेका छन् । उनीहरुले बिरामी तथा असक्तहरुका लागि औषधि तथा अन्य जरुरी सामग्रीहरु घरघरमा पुर्याइरहेका छन्।
सिटामोल र थर्मोमिटरको अभाव भएको गुनासो अमेरिकामा बस्ने नेपालीले सामाजिक सञ्जालमा समेत लेखेका छन् । हालै कोरोना भाइरसबाट सक्रिमित भएका स्थानीय भिडियोग्राफर शम्भु मोक्क्तान निको भएका छन् । मोक्क्तानले आफू संक्रमित भएको र आफू निकट आएकालाई चेकजाँच गराउन आग्रह गर्दै सामाजिक सञ्जालमै आग्रह गरेका छन्।
। हामीसँग टेलिफोनमा कुराकानी गर्दा मोक्क्तानले अझै आफूलाई श्वासप्रश्वासमा केही समस्या रहेको सुनाएका थिए । हालै अस्पतालमा १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किका मोक्क्तानसँग गरेको कुराकानीको सम्पादित अंश।
सुरुको अनुभव कस्तो रह्यो
कोरोनाको भाइरसले विश्व आक्रान्त हुँदा मेरो मनमा पनि पिरलो थपिएको थियो। कहिँ यो रोग लाग्ने त होइन भनेर । सुरुका दिनमा म आफ्नो व्यवसाय र आफ्ना काममा व्यस्त थिएँ । जबजब संक्रमण न्यूयोर्कमा फैलिँदै गयो त्यसपछि म पनि अन्य मानिसजस्तै सचेत थिएँ । यसबाट जोगिन। तर, के हुन्छ भन्ने डर मनमा थियो, त्यही भयो । सुरुमा मलाई टाउको दुख्ने र पाखुरा दुख्ने लगायतका लक्षण देखिए। कोरोना भाइरस संक्रमणको प्रारम्भिक लक्षण व्यक्तिअनुसार फरक पर्ने रहेछ ।
चिकित्सकले भनेअनुसारका लक्षण नदेखिएकाले मैले टाइननोल, पेन किलर जस्ता औषधि खाएर आठ नौं दिन बिताएँ । तर मलाई निको भएन । विस्तारै बरु श्वासप्रश्वासमा समस्या आयो । जब श्वासप्रश्वासमा समस्या थपिँदै गयो त्यसपछि मैले अस्पताल जाने निर्णय गरेँ ।रुघाखोकी लाग्दैमा र जीउ दुख्दैमा कोरोना संक्रमण भयो भनेर नआत्तिनुहोला। तर श्वासप्रश्वासमा समस्या हुन थाल्यो भने चाँही ढिलो गर्न नहुने रहेछ ।
अस्पताल पुगेपछि के भयो ?
अस्पताल पुग्ने वित्तिकै मलाई परिवारका अन्य सदस्य बिरामी भए नभएको बारे सोधिएको थियो । समयमै चिकित्सक र नर्सहरु आउने गरेको मैले पाएँ । सुरुमा मलाई नाकमा स्वाब हालेर चेक गरियो । चिकित्सकले दुईदिनमै रिपोर्ट आउने बताएका थिए । सुरुमा डाक्टरले परीक्षणका लागि स्वाबको नमुना लिएपछि घर जान सक्ने बताएका थिए । उनीहरुले परीक्षणको नतिजा फोन, इमेल वा टेक्सबाट बताउने उल्लेख गरेका थिए । तर एकैछिनमा अरु परीक्षण पनि गरेपछि मलाई निमोनिया देखिएकाले घर पठाउन नमिल्ने भनेर जानकारी गराइयो । त्यसदिन साँझपख मलाई श्वासप्रश्वासमा अझै मुस्किल भयो । त्यसपछि मलाई अक्सिजन दिएर भेन्टिलेटरमा राखियो । शरीर दुखेको बेला पेनिकिलर दिइयो भने भिटामिन सी लगायतका भिटामिन पनि दिइयो । दुईदिनपछि चिकित्सकले भने, ुसरी मिस्टर शम्भु, तिमीमा कोरोना भाइरस पोजेटिभ छ ।ु
सूचना लुकाउनु हुँदैन्
अहिले अमेरिकामा कति बिरामी छन्, भन्ने कसैलाई पनि जानकारी छैन् । नेपालीले सूचना लुकाउने गरेको देखिन्छ । तर मैले चाहीँ अस्पताल पुगेकै बेला मैले आफूलाई कोरोना पोजेटिभ भएको कुरा सार्वजनिक गरेँ । कोरोना संक्रमण भएर अस्पतालमा बसेको मान्छेलाई शतप्रतिशत बाँच्ने आशा नहुने रहेछ । मलाई पनि सुरु सुरुमा ४० प्रतिशत त मर्छु जस्तो नै लागेको थियो । अस्पतालमा भर्ना भएको पाँचौ दिनमा चिकित्सकले ुतिमी खतरा मुक्त भयौं, यो भनेपछि मेरो सास भरिएर आयो । सबै रिपोर्ट हेर्दा तिमी यहाँ बस्नुभन्दा घरमा आराम गरेको राम्रो हुनेछ, तिमी डिस्चार्ज हुनुपर्छ । यसो भन्दा असाध्यै खुसी भएँ।ु
चिकित्सकको सुझाब ?
चिकित्सकले मलाई घरमा गएर आराम गर्न सुझाए । मैले डिस्चार्ज भएर घर गइसकेपछि मेरो परिवारका सदस्यलाई मबाट खतरा हुन्छ कि भनेर जिज्ञासा राखेंको थिएँ । चिकित्सकले मलाई १४ दिनसम्म घरमै क्वारेन्टाइनमा बस्न सुझाव दिएका थिए । चिकित्सकले घरमा बस्दा मास्क लगाएर बस्न, खोक्दा मुख छोपेर खोक्न, अलग्गै बाथरुम, कपडाहरु प्रयोग गर्न सुझाव दिए । १४ दिनभित्र परिवारका सदस्यमा कसैलाई केही लक्षण नदेखिएमा परिवार सुरक्षित छ भनेर सोच्नु भनेका थिए ।
कोरोनाबाट कसरी बच्ने ?
सबै नेपाली दाजुभाई दिदीबहिनीहरु अहिले घरभित्रै बसिरहनुभएको छ । कोरोनाबाट सुरक्षित रहनका लागि सबैजना घरमै रहनु होला । तपाईहरु साधारण बिरामी भएमा नआत्तिनुहोला । अहिले बिरामी धेरै भएकाले अस्पताल ओभरफ्लो भएको अवस्था छ । त्यसैले अहिले साधारण अवस्थामा अस्पताल नजानुहोला ।मेरो अनुभवले भन्छु( यदी तपाईहरुलाई श्वासप्रश्वासमा समस्या आएमा कोरोना नै हो भन्न सकिन्छ । यदी त्यस्तो अवस्था आएमा तत्कालै जतिसक्दो छिटो अस्पताल जानुहोला । नआतिऔं, नअत्याऔं । कोरोनाका कारण बिरामी हुनभएका सम्पूर्णमा सीघ्र स्वास्थ्य लाभको कामना।

2) कोरोना विजयीसँगको भेट अर्थात् कोरानाभाइरस संक्रमितले संक्रमणविरुद्ध विजय प्राप्त गरिसकेपछि मसँग भएको दोस्रो पटकको भेटघाट भनेर बुझ्न सकिन्छ। ऊसँग मेरो दोस्रोपटक भेटघाट भइरहँदा नेपालसहित विश्व नै यो नयाँ भाइरसबाट आतंकित भइरहेको थियो। यसबीच भाइरसले कोभिड–१९ को नाम पनि पाइसकेको थियो। डा.साब मलाई चिन्नुभएन, म यहाँ कोरोना भाइरसको उपचार गरेर गएको थिएँ नि रु’ तुरुन्त ठम्याउन सकिनँ। नसक्नाको कारण थियो– उसले लगाएको पहिरन र टोपी।‘तिमीलाई कस्तो छ, परिवार, छरछिमेक, साथीभाइ कसैलाई स्वास्थ्यमा समस्या त छैन नि ? यी सबै प्रश्न मैले एकै सासमा सोध्न भ्याएको थिएँ। किनभने ऊसँग त्यसबेला भएको कोरोना संक्रमण कतै अरू नजिकका मानिसलाई पनि सरेको पो थियो कि भन्ने शंका थियो। किनकि अस्पताल भर्ना हुनुअगाडि उनी आफ्ना परिवार सदस्यसँगै बसेका थिए भने प्रयोगशालाबाट उनको नमुना परीक्षणको रिपोर्ट आउनुअघि नै उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो।भाग्यवश १ उनका परिवारका सदस्यलगायत वरपर कोही पनि बिरामी नभएको उत्तर पाएँ। अनि सन्तोषको सास फेरें। हाल समाजमा फैलिएको कोरोना संक्रमणसम्बन्धी भ्रम चिर्न यो उत्तर सबैभन्दा सशक्त थियो र छ। नेपालमा अहिले कोही चिनियाँ वा चीनबाट फर्केर आउने नेपाली आफू नजिक पर्ने बित्तिकै कोरोना संक्रमण सरिहाल्छ कि भन्ने त्रासले व्यापकता पाइरहेको देखिन्छ।

केही दिनअगाडि चीनबाट फर्केर आएका एक विद्यार्थी कोरोनाको उपचार गराउँदा गराउँदै अस्पतालबाटै भागेको भनेर वडा कार्यालयमा कसैले उजुरी दिएछ। वडा कार्यालयले पनि त्यही उजुरीका आधारमा फरार ती विद्यार्थीलाई पक्राउ गरी पाऊँ भनी प्रहरी चौकीलाई अनुरोध–पत्र लेखेछ। प्रहरीले पनि कोरोना नभएको प्रमाण लिएर आउन भनेपछि ती विद्यार्थी तनावले विक्षिप्त भएर टेकु अस्पताल आइपुगेका थिए। यसले हाम्रो समाजमा कोरोनाभाइरसको सन्त्रास कति गहिरो तहसम्म पुगिसकेको रहेछ भनेर देखाउँछ।
कोरोनासँगको संघर्षमा ती बिरामीले विजय प्राप्त गरेपछि अस्पतालले डिस्चार्ज गरेको थियो। यो रोगको सफल उपचार गर्ने चीनबाहिरका थोरै राष्ट्रको पंक्तिमा नेपाल पनि पर्छ।
कोरोना विजयीसँग भेट हुँदा उनमा आत्मबल बढेको तथा उनी रोगबारे बढी जिज्ञासु र आफ्नो स्वास्थ्य सुधार भएकाप्रति सन्तुष्ट पाएँ। म स्वयं पनि बढी उत्सुक भइरहेको थिएँ र त्यो भेटलाई अरू धेरै कुरा जान्ने अवसरका रूपमा लिइरहेको थिएँ। किनभने जहाँसम्म लाग्छ– पंक्तिकारले विश्वमै पहिलोपटक विदेशी भाषा ९नेपाली० मा यही रोगबारे ‘चीनमा सार्सजस्तो भाइरस फैलियो, नेपाल कति जोखिममा ? लेख प्रकाशन गरेको थियो। यो लेख प्रकाशन हुनुभन्दा अगाडि र भएको केही समयसम्म यो रोगलाई रहस्यमय रोग नै ठानिएको थियो। हाल यसलाई ‘कोभिड–१९’ नामकरण गरिएको छ।कोरोनासँगको संघर्षमा ती बिरामीले विजय प्राप्त गरेपछि अस्पतालले डिस्चार्ज गरेको थियो। यो रोगको सफल उपचार गर्ने चीनबाहिरका थोरै राष्ट्रको पंक्तिमा नेपाल पनि पर्छ। यसमा हामीले गर्व गर्नुपर्छ जस्तो लाग्छ। यसले कम विकसित देशमा कोभिड–१९ को संक्रमण फैलिए उपचार सम्भव छैन भन्ने हल्लालाई यसले गलत साबित गरिदिएको छ। अवश्य पनि नेपालसँग विकसित देशहरूसँग जस्तो पर्याप्त स्रोत÷साधन नहोला। तर कोरोना संक्रमित र यही संक्रमणका कारण मृत्यु हुनेको संख्या तुलना गर्ने हो ती विकसित देश, नेपालभन्दा बढी जोखिमा देखिन्छन् भन्दा अत्युक्ति नहोला।
3) विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले अहिले सारा विश्व प्रभावित बनेको छ । केही चर्चित व्यक्तिलाई समेत कोरोनाले छोएको छ । त्यसै मध्ये एक हुन् आर्सनलका प्रशिक्षक मिकेल अर्टेटा ।अहिले उनले कोरोनालाई पराजित गरिसके र यसबाट छुटकारा पाएका छन् । तर त्यसका लागि उनी झण्डै दुई साता आइसोलेसनमै बस्नुपर्यो ।३८ वर्षीय अर्टेटालाई १२ मार्चमा कोरोना पोजिटिभ भेटिएको थियो । त्यसबाट अहिले उनी ठीक भइसकेका छन् ।कोरोना भाइरस संक्रमणबाट निको भएपछि अर्टेटालाई अब मानिसहरु भावनात्मक रुपमा खुल्ला हुने बताए । हामी अहिले त्यस्तो विश्वमा छौँ जहाँ सामाजिक सञ्जाल नै सबै कुरा भएको छ । ह्वाटस एप टेक्स्ट सबै कुरा भएको छ’ स्पेनका अर्टेटाले भने ।तर अरुलाई छुनु अंकमाल गर्नु कति महत्वपूर्ण हो भन्दै उनले आफूले त्यही कुरा मिस गरेको सुनाए ।तर अहिले अरुलाई छुनु, अनुभव गर्नु अनि एक अर्कालाई हग गर्नु कति महत्वपूर्ण छ रु मैले माया गर्ने मानिसहरुसंग त्यो मिस गरेँ’ अर्टेटाले भने ‘हामी भावानात्मक रुपमा अझै खुल्ला हुनुपर्छ । हामीले एक अर्कालाई आफ्नो फिलिङको बारेमा जानकारी गराउनुपर्छ ।’बिहीबार मात्र अर्टेटाले आफू कोरोनाबाट पूर्ण रुपमा निको भएको र राहत महसुस गरेको भन्दै सबैलाई घरमै बस्न र सरकारको सुझाव पालना गर्न आग्रह गरेका छन् ।उनले कोरोना भाइरसले सारा विश्वलाई नै असर गरेको भन्दै यसबाट हामी पाठ सिक्नुपर्ने बताएका छन् ।आर्सनलका खेलाडी दुई साताको आइसोलेसनपछि ट्रेनिङमा फर्कने तयारीमा थिए तर अहिले तत्कालका लागि त्यो स्थगित भएको छ ।अर्टेटाले कोरोना लागेको बेला आफ्नो तीन बच्चाको बारेमा चिन्तित रहेको बताए । त्यो समयमा बच्चाहरुसंग रहन नपाएको उनले बताए ।

4) १०४ वर्षीयले जिते कोरोना, परिवारकासाथ मनाए जन्मदिन ,कोरोनाभाइरस विश्वभरका २०५ देशमा पैmलिसकेको छ । यस महामारीको धेरैजसो पाका उमेरका मानिस शिकार भएका छन् । यसैबीच एक यस्तो कुरा देखा परेको छ, जुन विश्वभरीका मानिसका लागि उदाहरण बनेको छ । कोरोनाभाइरस जस्तो खतरनाक बिमारीलाई एक १०४ वर्षीय वृद्धिले हराएका छन् । दोस्रो विश्व युद्धमा समेत भाग लिएका १०४ वर्षीय विलियम बिल लेपचिसले कोरोनाभाइरस जस्तो महामारीलाई पनि हराएका छन् । यो भाइरसको चपेटामा आएपछि उनी ओरेगनको लेबनान काउन्टी अस्पतालमा भर्ना भएका थिए । त्याहाँबाट छुट्टी मिलेपछि उनले बुधबार आफ्नो परिवारसँग १०४ औं जन्मदिन समेत मनाएका छन् । उनमा ५ मार्चमा कोरोनाभाइरसको लक्षण देखिएको डाक्टरले बताएका छन् । १० मार्चमा उनको कारोना परीक्षण गरिएको थियो । यो परीक्षणमा उनमा कोरोना पोजिटिभ पाइएको थियो ।डाक्टरले उनकी छोरी केरोली ब्राउनलाई ज्वरो आएको र सास लिन समस्या भएको बताएका थिए । कोरोनाभाइरसबाट सर्वाधिक खतरा पाका उमेरका मानिसलाई हुने गरेको छ । यस्तो अवस्थामा विलियमका परिवार यो सुनेर डराए । तर विलियमले सारा आशंकालाई गलत सावित गर्दै कोरोनाभाइरसलाई हराए र आफ्नो परिवारका साथ जन्मदिन मनाए ।विलियम बिलका दुई नाती, ६ पनाती र ५ बच्चा छन् । उनले दोस्रो विश्व युद्धमा समेत भाग लिएका थिए । उनले १९१८ मा स्पेनिस फ्लूलाई पनि हराएका थिए ।