Hamro Goreto
 नवलपरासीको बर्दघाटमा शस्कास्पद ७८ बर्षीय एक बृद्धमा कोरोना संक्रमण  नभएको पुष्टि 
Wednesday, 22 Apr 2020 00:00 am
Hamro Goreto

Hamro Goreto

 

तारा पुन ,

   पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका ७८ वर्षीय पुरुषमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ निवासी उनको बर्दघाटको चिसापानी अस्पतालमा मंगलबार दुई पटक सम्म ‍र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा पोजेटिभ देखिएपछि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको हो ।

      बुधबार बर्दघाटमा पत्रकार भेटघाटमा बर्दघाट नगरपालिकाले ती ब्यीक्तमा आरडिटि टेष्ट गर्दा पोजेटिभ जस्तो देखिएतापनि बुधबार आएको पिसिआर रिर्पोटमा सबै नेगेटिभ देखिएको चिसापानी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विजय खनालले जानकारी दिनुभएको छ । सो बृद्ध संगै उनका परिवार सहित १२ जनालाई आरडिटि परिक्षण गरिएकोमा ती ब्यक्ति बाहेक बाकी सबैको रिर्पोट नेगेटिभ आएको समेत पत्रकार भेटघाटमा जानकारी दिदै डाक्टर खनालले सो बृद्धलाई तत्कालको लागी घरमै सेल्फ क्वारेन्टाइनमा रहनेगरि डिस्चार्ज गरिएको समेत बताउनुभयो । सो पत्रकार सम्मेलनमा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले बर्दघाटमा देखिएको भनिएको कोरोना सक्रमण आरडिटिमा देखिएपनि पिससिआर रिर्पोटमा नदेखिनु खुसीको कुरा भएको बताउदै यस परिस्थितीमा सबैले सजगता र सर्तकता अपनाई लकडाउनको पु्र्ण पालना गरि सुरक्षित रहन आग्रह गर्नुभयो ।

     साथै उहाँले यस विषम परिस्थितीमा प्रदेश नम्बर ५ कै मुख्य पुर्वी प्रबेश द्धारमा अवस्थित बर्दघाट नगरपालिकाले कोरोना भाइरस विरुद्धको लडाईमा कनै कसर बाकी नराख्ने र कुनै केही समस्या कही कतै देखिएमा आफु लगाएत नगरपालिका र स्वास्थ्य शाखामा सम्पर्क गर्नुहुन समेत आग्रह गर्नुभयो । प्रदेश ५ मै पहिलो पटक‍ र्यापिड टेस्टमा पोजेटिभ देखिएको थियो, यहाँ जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा‍. राजेन्द्र गिरीले जानकारी दिनुभएको छ । ती जेष्ठ नागरिकको परिवारका सबै सदस्यहरुको भने ‍र्यापिड टेस्टको रिपोर्ट नेगेटिभ आएको थियो । छातीमा समस्या आएपछि अस्पताल पुगेका उनी एक वर्ष पहिले अमेरिकाबाट फर्केका थिए । यसअघि पश्चिम नवलपरासीमा १ सय ३१ जनाको र्‍यापिड टेस्ट गरिएकाेमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।