
बिन्दु कुमार चौहान
लुम्बिनी ११ बैशाख । रुपन्देही जिल्ला समन्वय समिती अध्यक्ष एकराज बिश्वकर्माले बिश्व ब्यापी महामारी कोरोना भाईरस ( कोभिट १९ ) को संक्रमणमा पर्न सक्ने रुपन्देही उच्च जोखिममा रहेको बताएका छन ।
सो कुरा उनले जिल्लामा राहत सामग्री बितरण तथा लकडाउनको अवस्था बारे सीमावतीृ क्षेत्र मर्चवार र लुम्बिनीको अनुगमन पश्चात पत्रकारभेट गर्दै बताएका हुन ।
जिल्ला समन्वय समिती अध्यक्ष बिकले रुपन्देही भारतको खुला सीमाना सँग जोडिएको हुँदा दिनहुँ लुकीछिपी आउने क्रम नरोकिएको हुदा रुपन्देही कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्पष्ट समेत पारे ।
अर्को शब्दमा उनले अपवाद बाहेक अधिकांश ठाँउमा राहत सामग्री बितरणको नामामा लूटतन्त्र मच्चिएको हुँदा लकडाउन पीडितहरु मर्कामा परेको सरोकारवालहरुको ध्यानाकर्षण पनि गराए ।
कार्यक्रममा बिधायक फकरुद्दीन मुसलमानले शहरी क्षेत्रमा लकडाउन तथा ग्रामीण क्षेत्रमा खुल्ला रहेको हुँदा ग्रामीण क्षेत्रमा पनि लकडाउन प्रभावकारी बनाउन जरुरी रहेको बताए ।
सो अवसरमा लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी,मर्चवारी गाँउपालिका प्रमुख केशवनन्द बनिया सम्मरीमाई गाँउपालिका प्रमुख बब्लुशुक्ला लगायतको उपस्थिती थियो ।