
किशाेर गुरूङ
नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मुक्त हुने व्यक्तिको संख्या १० पुगेको छ ।पछिल्लो पटक सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचाररत ५० वर्षीया महिला अस्पतालबाट डिस्चार्ज भएसँगै उपचारपछि निको हुने संक्रमितको संख्या १० पुगेको हो ।
सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल र ललितपुरको पाटन अस्पतालबाट गरी बिहीबार मात्रै ३ जना कोरोना संक्रमित बिरामी निको भएर डिस्चार्ज भएका छन्।यस्तै, बुधबार नै डिस्चार्जको प्रक्रिया पूरा गरिएका धादिङका युवा पनि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएका छन् ।सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी ५० वर्षीया महिलामा वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कैलालीको लम्की चुहा नगरपालिका घर भएकी उनी पर्साको वीरगन्जमा चिया पसल चलाउँदैआएकी थिइन् ।लकडाउनपछि वीरगन्जबाट कैलालीस्थित घर आएकी उनी क्वारेन्टाइन अवधि पूरा गरेर घर समेत गइसकेकी थिइन् । तर, कोरोना संक्रमणको आशंका संकलन गरिएको नमूना परीक्षण गर्ने क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।त्यसपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।बिहीबार नै काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका २ जना ( आमा–छोरा )पनि कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।
उनीहरु गत चैत ५ गते बेलायतको लण्डनबाट नेपाल आएका थिए । सरकारले विदेशबाट आएका व्यक्तिहरुको ¥यापिड डाइग्नोस्टिक टेस्ट ९आरडीटी० गर्ने क्रममा वैशाख १ गते सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका ३ जनामा कोरोना संक्रमणको संकेत ९एन्टिबडी पोजेटिभ० देखिएको थियो ।कोरोना संक्रमणको संकेत देखिएपछि तीनै जनालाई सोही दिन पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । पछि पीसीआर विधिबाट परीक्षण गर्दा २ जनामा मात्रै कोरोना संक्रमण देखिएको थियो ।नेपालमा पहिलोपटक गत माघ ९ गते एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । कोरोना भाइरसको पहिलो संक्रमित व्यक्ति करिब २ हप्ताको अस्पताल बसाइपछि संक्रमणमुक्त भएर घर फर्किएका थिए ।हालसम्म काठमाडौंका ५, सुदूरपश्चिमका ४ र बाग्लुङका १ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।नेपालमा हालसम्म ४७ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकी ३७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।अर्को कुरा समयमा नै सरकारले बन्दाबन्दी ( लकडाउन ) गरेपछि नेपालमा सङ्क्रमण फैलिन पाएन । तैपनि नेपालमा लोकल टान्समिशन भएर दोस्रो चरणमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । नेपालमा समयमा नै उपचार पद्धति र बिरामीको आत्मबलले नै कोभिड–१९ को सङ्क्रमणलाई जितेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार डा खेम कार्कीले बताए ।
विश्वभर कोरोना भाइरसको कहरः यस्तो छ पछिल्लो अपडेट
कोरोना भाइरसका कारण विश्व थलिएको छ । यो भाइरस २१० वटाभन्दा बढी देशमा कोराना भाइरस फैलिइसकेको छ । जनवरीपछि कोरोना भाइरसका कारण हालसम्म १ लाख ९० हजार ४९९ जनाको मृत्यु भएको छ ।त्यस्तै संक्रमितको संख्या २७ लाख १६ हजारभन्दा बढी पुगेको छ । ७४५ हजारभन्दा बढी संक्रमति उपचारपछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै ५८ हजार ९७८ जना संक्रमितको अवस्था गम्भीर रहेको छ ।कोरोना भाइरसविको महामारी लामो समयसम्म रहने विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ ।उनले अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड १९ बढ्ने क्रममा रहेको चेतावनी दिएको छ। उनले लकडाउनजस्ता उपाय हटाइँदा सङ्क्रमणको आगो फेरि सल्किन सक्ने बताएको छ ।
लकडाउन र कोरोना त्रासका कारण बढ्दो मनोसामाजिक समस्या
महामारीका रुपमा रहेको कोरोना भाइरस ९कोभिड १९० यतिबेला विश्वभर चिन्ताको बिषय भएको छ। नेपालमा पनि कोभिड १९ नियन्त्रण तथा रोकथामका लगि लकडाउन गरिएको एक महिना पूरा हुन लागेको छ।लकडाउनका कारण यतिबेला सबैजसो मानिसलाई प्रभाव परेको छ। यसले गर्दा मानिसमा मनोसामाजिक समस्या बढ्दै गइरहेको विज्ञहरुले बताएका छन्।
लकडाउनका कारण घरमा बसेका र संक्रमणको आशंकामा क्वारेन्टाइनमा रहेकालाई यस्ता समस्याले गाँज्दै लगेको एक अध्ययनको निष्कर्ष छ। मनोसामाजिक क्षेत्रमा काम गर्दै आएको बहुसांस्कृतिक मनोसामाजिक संस्था (टीपीओ) नेपालको समन्वयमा चारजना अनुसन्धानकर्ताले १० दिन लगाएर गरेको अध्ययनमा यस्तो निष्कर्ष आएको हो।मनोसामाजिक क्षेत्रमा काम गर्दै आएका रमेशप्रसाद अधिकारी, अमनसेन गुप्ता, राजन श्रेष्ठ र डाक्टर कमल गौतमको संयुक्त सहभागितामा गरिएको उक्त अध्ययनमा अनलाइनमार्फत नेपाल बाहिर र नेपालमा बस्नेहरु अध्ययनमा सहभागी भएका थिए। मनोचिकित्सकका अनुसार कोभिड १९ संक्रमणको त्रासले मानिसमा जतिखेरै डर चिन्ता लाग्ने, भोक निद्रा नलाग्ने?