वरिष्ठ डिभिजनल वन अधिकृत श्रेष्ठलाई स्वागत तथा सम्मान
सरुवा भइ डिभिजन वन कार्यालय, पाल्पा आउनुभएका वरिष्ठ डिभिजनल वन अधिकृत मोहन श्रेष्ठलाई बुधबार एक कार्यक्रमबीच सामुदायिक वन समन्वय समिति, तिनाउ, पाल्पाले दोभानमा स्वागत तथा सम्मान गरेको छ ।
स्वागत कार्यक्रममा वरिष्ठ डिभिजनल वन अधिकृत श्रेष्ठले कानूनसम्मत रुपमा आफूले वन, वातावरण क्षेत्रमा जनताको हित गर्ने बताउनुभयो । उहाँले वनलाई उद्यमशीलतासँग जोड्दै उपभोक्तामुखी कार्यक्रम गर्ने बताउनुभयो ।

वन सम्वर्धन प्रणाली कार्यक्रमलाई जोड दिदै आयमुखी कार्यक्रममा उपभोक्तालाई जोड्ने सामुदायिक वन समन्वय समिति, तिनाउसँग हातेमालो गरी अघि बढ्ने श्रेष्ठले बताउनुभयो ।
उक्त कार्यक्रममा सामुदायिक वन समन्वय समिति, तिनाउका अध्यक्ष दलबहादुर गुरुङले तिनाउमा रहेका ८१ वटा सामुदायिक वन उपभोक्ता समूहहरुको क्षमता अभिवृद्धि, सचेतनामुखी अभियान, आयमुखी गतिविधि र पैरवी गर्ने काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेय, सल्लाहकार राजेश श्रेष्ठ, अमरसिंह भण्डारी, प्रेम चौधरी लगायतले आ–आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो ।



