ओझेल भित्रका सचेतना अभियान
No icon

पूर्वअध्यक्षहरुसँग छलफल कार्यक्रम 

 

 पाल्पाकाे तिनाउमा रहेका सामुदायिक वन उपभोक्ता समूहरुकाे छाता संगठन सामुदायिक वन समन्वय समिति, तिनाउ,पाल्पाले आफ्ना पूर्वअध्यक्षहरुसँग संस्थागत विकास, विगत र वर्तमानका गतिविधिहरु एवम् भविष्यकाे लक्ष्य तथा गाेरेटाे विषयमा छलफल कार्यक्रम दाेभानमा मंगलवार सम्पन्न गरेकाे छ । 

साे छलफल कार्यक्रममा पूर्वअध्यक्ष राजेश श्रेष्ठले वन,वातावरण र जैविक विविधता संरक्षणका लागि गहन भूमिका खेलेकाे समन्वय समितिले सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसँग निरन्तर हातेमालाे गरि अघि बढ्नुपर्नेमा सुझाए । साथै उनले वर्तमानमा गैरसरकारी संस्थाहरुलाई सहयाेग गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सरकारी निकायकाे अभाव हुँदै गएकाे समेत ओैंल्याए । 

स्थापना कालमा बढाे मिहिनेत गरि अघि बढाईएकाे समन्वय समितिकाे ईतिहासलाई जाेगाउनु पर्नेमा पूर्वअध्यक्ष दाेलकराज कार्कीले जाेड दिए । उनले वजेटविहीन कार्यक्रम समेत गरि संस्थालाई जीवित राख्नुपर्ने बताए । 

साेही कार्यक्रममा पूर्वअध्यक्ष एवम् वातावरणीय कानूनका जानकार अधिवक्ता महेन्द्रप्रसाद पाण्डेयले वन,वातावरण र जैविक विविधता संरक्षणका क्षेत्रमा नयाँनयाँ मुद्दाहरु आईरहेका र त्यसका समाधानका लागि नयाँ खाेज,अध्ययन र प्रविधिकाे खाँचाे हुने बताए ।२०७४ देखि स्थानीय सरकारले गैरसरकारी संस्थाहरु विकासका साँझेदार संस्था हुन् भन्ने कुरा बिर्सिएकाे बताए । 

उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष पदमलाल शाक्यले सामुदायिक वन उपभोक्ता समूहहरु नै संस्थाकाे मूल स्राेत भएकाले उनीहरुलाई नि साथ लिएर अघि बढ्नुपर्नेमा जाेड दिए । 

संस्थाका अध्यक्ष दलबहादुर गुरुङले संस्थाले विगतदेखि वर्तमानसम्म वन,वातावरण र जैविक विविधता संरक्षणमा गर्दै आएका कामहरु र भविष्यकाे गन्तव्यका विषयमा प्रकाश पारेका थिए । उनले संस्थाले वन उपभोक्ता समुहहरुकाे सुशासन र सशक्तीकरणका लागि खेल्दै आएकाे भूमिका र समुदायमा समन्वय समितिकाे महत्त्वका सन्दर्भमा प्रकाश पारेका थिए । 

संस्थाका वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेयले सहभागी पूर्वअध्यक्षहरुलाई गहन विचारका लागि धन्यवाद प्रकट गरेका थिए ।

Comment As:

Comment (0)