ओझेल भित्रका सचेतना अभियान
No icon

थारुहरुको खिचरी/माघी पर्व नयाँ वर्षको रुपमा 


इनर महत्तो
नेपाल वहुजातीय ,वहुभाषिक ,वहुधार्मिक,वहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा एकता भएको स्वतन्त्र तथा अखण्ड राष्ट्र हो । अर्थात नेपाल विभिन्न जातजातिहरुको सङ्गम स्थल हो । यहाँका सबै जातिहरुको आफ्नै मौलिक भाषा,धर्म,संस्कृति परम्परा र चाडपर्व रहेका छन् । वर्तमान नेपालको संविधानले पनि मौलिक हक अन्तर्गत प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक ,सांस्कृतिक जीवनमा सहभागी हुन पाउने हक भाषा लिपि सांस्कृतिक सभ्यता र सम्पदा संवद्र्धन र संरक्षण गर्ने हक सुरक्षित गरेको छ । 
नेपालका वर्तमान जातजातिहरु मध्ये थारु जाति पनि एक प्रमुख आदिवासी तथा मूलवासीको रुपमा रहको छ । थारु जातिको पनि अन्य आदिवासी जनजातिहरु जस्तै आफ्नो मौलिक जातीय पहिचान दिलाउने भाषा संस्कृति चाडपर्व र संस्कारहरु रहेको छन् । संविधान प्रद्धत मौलिकहक तथा मानव अधिकारको संरक्षण र संवद्र्धन गर्दै समु्न्नत राष्ट्र बनाउने राज्यको दायित्व हो तर संविधानको उक्त मर्म अनुरुप राज्यको निर्देशक सिद्धान्तको अनुसरण कायान्वयन भएको पाइदैन । राज्यको उदासिनता थारुजातिको अचेतना र अन्य जातिप्रतिको मोह र पश्चिमी संस्कृतिको स्वतन्त्र प्रवेशले थारुहको मौलिक भाषा संस्कृति परम्परा चाडपर्व सुषुप्त हँुदै गइरहेको छन् । यही सुषुप्तता र लोपोन्मुखताको क्रम बढ्दै गएमा थारु जतिको अस्तित्व नै लोप हुने कु्रा निर्विवाद छ । 
थारु जातिको भाषा संस्कृतिको चाडपर्व संस्कारप्रति राज्यले उदासिनता देखाएता पनि संरक्षण संवद्र्धन विकास र सदुपयोग गर्नु हामी सबै थारु तथा नेपालीहरुको दायित्व र कर्तव्य हो । थारुहरुको विभिन्न चाड पर्वहरु मध्ये खिचरी (माघी) पनि एक प्रमुख तथा ऐतिहासिक जातीय पहिचान दिलाउने राष्ट्रिय चाड हो । यस प्रकारको जातिय तथा राष्ट्रिय महत्व बोकेको खिचरी (माघी) पर्वको संरक्षण, संवद्र्धन विकास किन नगर्ने ? यस चाडलाई नयाँ वर्षको रुपमा किन नमान्ने ? खिचरी माघीलाई ऐतिहासिक चाडको रुपमा सबै थारुहरुले परम्परा अनुरुप मान्दै आएकोमा अध्ययनबाट प्राप्त तथ्यले थारु पहिचान र प्रमुख राष्ट्रिय चाड तथा नयाँ वर्ष रुपमा थारु  लगायत सम्पूर्ण नेपालीहरुले मनाउनु पर्ने आवश्यकताको वोध गराएको छ । 
खिचरी, खिचरा र माघी शब्द एउटै अर्थ र चाड बुझाउने शब्द हुन् । भूगोल र ठाउँ अनुसार उही चाडलाई फरक फरक प्रयोग गरेको पाइन्छ ज्ुन प्रत्येक वर्ष माघ १ गते पर्दछ ।
 
खिचरी शब्दको अर्थ र पर्वको नामकरण
ड्ड थारु भाषाको शब्द ‘ खिचरी ’ नवलपुरको भाषा नेपाली भाषा शब्द ‘ खिचडी ’ को अर्थ विभिन्न खाद्यान्न वस्तुको मिसावाट तयार पारिएको पकवान वा खाना हो भन्ने बुृझिन्छ ,खिचरी पर्वमा थारुहरुले दाल भात वा चिचर ध्यु , बेसार, लसुन मिसाएर बनाएको खानासँग माछा , मासु खाने भएकाले ‘ खिचरी ’ पर्व नामकरण हुन गएको हो भन्ने भनाई छ ।
ड्ड खिचरीमा पर्वमा थारुहरुले विशेष तथा अनिवार्य रुपले चिचर ( अनदी धानको चामलबाट पकाइने खाना) खाने भएकाले चिचर शब्द अपभ्रशं भई खिचर र खिचरबाट  खिचरी पर्व नामाकरण ह्ुन गएको अनुमान गरिन्छ  ।
ड्ड खिचरी पर्व माघ १ गतेले दुइ वटा महिना पुष र माघ तथा सूर्यको गति दंक्षिणायन र उतरायणलाई खिचेर एक ठाउँमा ल्याउने भएकाले दुई महिना र सालको सङ्गम समयको रुपमा खिचरी पर्व मान्न थालिएको हो । 

खिचरी पर्व व्यवस्थित तरिकाले मनाउनु पर्ने आवश्यकता तथा महत्व
खिचरी पर्व थारुहरुले कहिले देखि मान्दै आए भन्ने कुरा य किन गाह्रो र अध्ययनको विषय नै रहेको छ तर खिचरी पर्व थारुहरुले नयाँ वर्षको रुपमा माघ १ गतेलाई मान्ने भएको र सोही दिन देखि सूर्य दक्षिणायनबाट उतरायण तर्फ गमन हुने भएकाले खिचरी पर्व पनि थारुहरुको उत्पत्ति कालदेखि मनाउन थालिएको हो भन्ने कुरा अनुमान गर्न सकिन्छ । यसरी मान्दै आएको चाड पर्व व्यवस्थित तरिकाले मनाउनु पर्ने आवश्यकता र महत्व निम्नानसार प्रष्टयाउन सकिन्छ । 
१. खिचरी पर्व नयाँ वर्षको ऐतिहासिक पृष्ठ भूमि सूर्यको गतिको स्थान परिवर्तसँग जोडिएकोले थारुहरु प्रकृति पुजक हुन भन्ने कुरा वोध गराउन ।
२. खिचरी पर्वलाई नयाँ वर्षको रुपमा मनाउन ।
३. थारुहरुको चाडपर्व वैज्ञानिक प्रमाणिक छन् भन्ने कुरा आम जन समुदायलाई अवगत गराउन ।
४. यो पर्व सम्झौता ,सहमति ,सहिष्णुता स्वतन्त्रताप्रति प्रतिबद्ध हुने दिन हो भन्ने समुदायलाई अवगत गराउन । 
५. खिचरी पर्व नयाँ वर्षको गरिमा बढाउन ।
६. जातीय तथा राष्ट्रिय पहिचान उजागर गर्ने ।
७. खिचरी पर्वमा गरिने कर्म तथा पूजा पाठ ह्रास हँुदै गइरहेकोले सोको जगेर्ना गर्न ।
८. खिचरी पर्वमा खाइने खानाका परिकारहरुको महत्व फाइदा वारे जानकारी दिन तथा व्यवसायिकरण कार्यमा उपयोग गर्न ।
९. आम थारु समुदाय नेपालीलाई खिचरी माघी पर्वमा सक्रिय सहभागी गराउन ।
१०. खिचरी पर्वमा गाईने गीत नाच लोप हँदै गईरहेकाले सोको संरक्षण , अभ्यास तथा समयानुकूल विकास गर्न । 
११. खिचरी पर्व युवा तथा नयाँ युगलाई हस्तान्तरण गर्न र जीवन्तता प्रदान गर्न ।
१२. खिचरी पर्वमा खर्च कटौती गरी मितव्ययी ढंगबाट हर्षोल्हाससाथ मनाउन प्रेरित गर्न । 
१३. नयाँ वर्षको शुभकामना आदान प्रदान तथा थारु एवम् आम नेपालीहरुमा भ्रातृत्वको भावना विकास गर्न ।
१४. नेपालको प्रमुख चाडको  रुपमा राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्न । 

खिचरी पर्व नयाँ वर्षको रुपमा 
थारुका विभिन्न चाड पर्वहरु मध्ये खिचरी पर्वलाई नयाँ वर्षको रुपमा मनाउने भन्ने कुरा आफैमा खुशी र गर्वको कु्रा हो । खिचरी पर्व नयाँ माघ १ गते मात्र होइन यो सहमति ,स्वतन्त्रमा , सहिष्णुता , प्रतिवद्धता पहिचान भातृत्व विकास गर्ने पर्व पनि हो । खिचरी पर्व नयाँ वर्ष पनि हो भन्ने कुरा निम्न तथ्यहरुबाट थाहा पाउन सकिन्छ । 
१.  माघ १ बाट सूर्यले दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध अथात् दक्षिणायनबाट उत्तरायणतर्फ परिवर्तन गर्ने भएकाले उक्त दिनलाई नयाँ वर्ष खिचरी पर्वको रुपमा मनाउन थालिएको हो । 
१ . पूजीवादी , सामन्तीदास युगमा किसानहरु उनीहरु कहाँ बधुँवा मजदुरको रुपामा काम गर्दर्थे । स्वतन्त्रताको लागि मजदुर किसान र  पूँजीपति सामन्ती बीच द्धन्द्ध तथा सङ्घर्ष चल्दै जाँदा माघ १ गते सबै मजदुर किसानहरु पुजीपति सामन्तीबाट छुटकारा मुक्ति पाएकाले उक्त दिनलाई स्वतन्त्रताको दिन तथा खिचरी पर्व र नयाँ वर्षको रुपमा मनाउन थालिएको हो । 
३. जमिन्दारी प्रथाको समयमा हली ,हरुवा,चल्हुवा कमैयाहरुको जमिन्दार कहाँ काम गर्ने वार्षिक सम्झौता पौष मसान्तसम्म मात्र हुने र माघ १ गते खिचरीको दिन नयाँ जमिन्दार परिवर्तन गर्ने वा सम्झौता नविकरण गर्ने दिन भएकाले यस खिचरी पर्वको दिनलाई नयाँ वर्ष रुपमा मनाउन थालिएको हो । 
४. राजमणि मुकुन्द सेन तथा उनका वंशजहरुले शासन गर्ने तराईका जिल्लाहरुका थारुहरुलाई तत्कालीन समयमा स्वतन्त्रपूर्वक आफ्नो चाड पर्व धर्म संस्कृति मान्ने खेती किसानी गर्ने अधिकार थिएन । तत्कालीन समयमा थारुहरुले  सङ्घर्ष गर्दागर्दै माघ १ बाट स्वतन्त्रपुर्वक चाड पर्व धर्म संस्कृति मान्ने तथा खेती किसानी गर्ने अधिकार पाएकाले यस दिनलाई स्वतन्त्रताको दिन तथा नयाँ वर्षको रुपमा मनाउन थालिएको हो  ।
५.  भूमिपुत्र थारुहरुको प्राचीनतम मुख्य पेसा कृषि हो । हलो ,कोदालो, हँसिया , खुपी, बन्चरो , गाडा , हेङ्गा, जातो आदी थारुहरुका प्रमुख कृषि औजार र साधनहरु हुन । धान मुख्य खाद्यान्न बाली भित्र्याउनु अगावै पर्ने चाड सोहराई (तिहार)मा ती कृषि औजार र साधनहरुलाई पूजा पाठ गरि केही समय विश्राम दिने मान्यता अनुरुप थन्काउने गरिन्छ । ती कुषि मध्ये कुषि औजार हलो लाई माघ १ गते घरबाट निकाली ३ फेरो जोती खेतीपातीको नयाँ वर्षको सुरुवात गरिने भएकाले माघ १ गतेलाई नयाँ वर्षको रुपमा मनाइन्छ । 
६. पहेला चमक , आशा , खुशी , सकरात्मकता , आलोक ज्ञान ,शक्ति र सम्मानको रङ्ग हो । थारुहरुले खिचरी पर्व माघ १ गते पकाउने हरेक खानाका परिकारहरुमा सोको प्रतीक स्वरुप बेसार मिसाउने भएकोले नयाँ शक्ति सम्मान ज्ञान खुशी सकरात्मक आशा स्वरुप खिचरी पर्वलाई नयाँ वर्षको रुपमा मान्न थालिएको हो । 
७. पहिले पहिले थारु जातिहरुमा लौठा (नयाँ) चिचर ढकियामा राखी विवाहित छोरी र नयाँ बन्ने दुलहीलाई पहुरा पाहुर दिने चलन रहेको थियो । हाल पनि थारु जातिमा टिका टालो (इङगेजमेन्ट) गर्दा दिने चलन रहेको छ । खिचरी पछि दिएको चिचरलार्इृ वर्षको नयाँ चिचर भन्ने गरिन्छ । त्यसैले नयाँ बन्ने जोडीको लागि पनि नयाँ वर्ष हो । 
८. तत्कालीन बडा महाराजधिराज पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरिसकेपछि रैतीहरुलाई माघ १ गते बाइसे चौबीसे राजा रजौटाहरुको पन्जाबाट मुक्त गरिदिएकाले माघ १ गतेलाई नयाँ वर्षको रुपमा मनाउने थालिएको हो । 
९. थारु समुदायमा माघ १ गते पश्चात भाइहरुमध्येबाट घरमुुली छान्ने , गाउँको प्रमुख व्यक्ति छान्ने तथा कृषि र अन्य कार्यहरुको लगि नयाँ योजनाहरु  ब्नाउने परम्परा रहेकाले खिचरी पर्व माघ १ गते लाई नयाँ वर्षको रुपमा मनाउन थालिएको हो । 

खिचरी पर्व र हाम्रो दायित्व
नयाँ वर्ष माघ १ गते खिचरी पर्व शान्ति स्वतन्त्रता मुक्ति ,खुशी ,भविष्यको आशा भरोसा र आलोकको पर्व हो र थारु तथा हामी सबै नेपालीहरुको महान चाड तथा नयाँ वर्ष होे । यस नयाँ वर्ष  र पर्वमा हाम्रो दायित्व र कर्तव्य यस प्रकार उल्लेख गर्न सकिन्छ । 
१. प्रत्येक घर घरमा हाम्रो परम्परा र प्रचलन अनुसार ईष्टमित्र नाता कुटुम्ब बोलाई मनाउने ।
२. खिचरी पर्वमा जातीय परम्परा अनुसार पूजापाठ गर्नु साथै सबै मिलि गीत नाच गर्ने ।
३. व्यक्तिहरु बीच शुभकामना आदान प्रदान गर्ने ।
४. मितव्ययी ढङ्गबाट चाड मान्ने ।
५. खिचरी पर्व नयाँ वर्षको औचित्यता स्पष्ट गर्ने । 
६. नयाँ कामको लागि नयाँ योजना तर्जुमा र कार्य शुभारम्भ गर्ने ।
७. यस पर्वको लागी राज्यको ध्यान आकर्षित गर्ने । 
८. थारु सङ्घ संस्थाहरुले संस्कृति झल्काउने कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गर्ने ।
९. स्थानीय , राष्ट्रिय र अन्तराष्ट्रिय संचार माध्यममार्फत खिचरी पर्व नयाँ वर्षको प्रचार प्रसार गराउने ।
१०. आफ्नो संस्कृति तथा चाड पर्वप्रति गर्व महसुुस गर्ने ।
११. खिचरी पर्व हाम्रो सान र पहिचान हो भने कुरामा प्रतिवद्ध रहने । 

यस लेखमा खिचरी पर्व कति दिन कसरी कुन खाना परिकार विधि अनुसार मनाउने कुरा समेटिएको छैन । अन्त्यमा यस पर्वको आवश्यकता महत्व औचित्य बुझी आ आफ्नो क्षेत्रबाट दायित्व र कर्तव्य पुरा गर्नु हुनेछ भनी अपेक्षा गरिएको छ । 

लेखक आदिवासी तथा थारु सङग्राहालयका अध्यक्ष हुन् । 


 

Comment As:

Comment (0)