ओझेल भित्रका सचेतना अभियान
No icon

१३औं संस्करणमा मुम्बाइ इन्डियन्सकाे पहिलाे जित, कोलकात्ता नाइट राइडर्स ४९ रनले पराजित

असाेज ८, बिहीबार।

१३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत हिजाेकाे खेल मुम्बाइ इन्डियन्स र कोलकात्ता नाइट राइडर्स बिच भएकाे थियाे। उक्त खेलमा मुम्बाइले पहिलो जित निकाल्ने क्रममा कोलकात्ता नाइट राइडर्सलाई ४९ रनले पराजित गर्यो । कप्तान रोहित शर्माको शानदार अर्धशतक पारी अनि बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि मुम्बईले सहज जित हात पारेको हो । याे जितसँगै मुम्बाइले महत्वपूर्ण दुई अंक सहित रनरेटको आधारमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यस्तै, राजस्थान दोस्रो, बेङ्गलोर तेस्रो, दिल्ली चौथो र चेन्नाइ पाँचौं स्थानमा रहेका छन् । 

अबुधाबीकाे शेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले कप्तान रोहित शर्माको शानदार ब्याटिङमा २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनाएको थियो । रोहितले ५४ बल खेल्दै ३ चौका र ६ छक्का मद्दतमा ८० रन बनाए । त्यस्तै दोस्रो विकेटका लागि रोहित शर्मासँग ९० रनको साझेदारी  गरेका  सूर्यकुमार यादव २८ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ४७ रन जोडे । यस्तै, सौरभ तिवारीले २१, हार्दिक पाण्ड्याले १८ तथा किरोन पोलार्डले नटआउट १३ रनको पारी खेले । 

कोलकात्ताका लागी शिभंम मावीले २ तथा सुनिल नारायन र आन्द्रे रसेलले एक(एक विकेट लिए ।

यस्तै १ सय ९६ रनको लक्ष्य पच्छाएको कोलकात्ताले १ सय ४६ रन मात्र बनाउन सक्यो । कोलकात्ताका लागि प्याट कमिन्सले ३३, दिनेश कार्तिकले ३०, नितिश रानाले २४, इयान मोर्गानले १६, आन्द्रे रसेलले ११ रनको पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । साथै कोलकात्ताले २०१३ देखि २०१९ सम्म पहिलो खेलमा सधैँ जित हात पार्दै आएको थियो। 

मुम्बाइका लागी जेम्स प्याटिन्सन, राहुल चाहर,जसप्रीत बुम्राह र ट्रेन्ट बोल्टले समान २(२ तथा किरोन पोलार्डले एक विकेट लिए।

आइपिएल अन्तर्गत बिहीबार किङ्स इलावेन पञ्जाव र रोयल च्यालेञ्जर्स बेङ्गलोरबीच दुबाइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा ७ः४५ बजे हुनेछ ।

 

 

Comment As:

Comment (0)