ओझेल भित्रका सचेतना अभियान
No icon

मन्दिर जानु

 मन्दिर जानु, पूजाआजा गर्नुको अर्थ भगवानलाई खुसी तुल्याउनु मात्र हो रु आफ्नो मनोकांक्षा पुरा गराउनु मात्र हो रु किन यत्तिका मन्दिर बनाइए होलान् रु किन भक्तिभावको संस्कार बसाइए होलान् रु यवत् प्रश्नहरु स्वभाविक रुपमा उब्जन्छन् ।मन्दिर धाउनु, पूजाआजा गर्नु भनेको भगवानलाई खुसी तुल्याएर त्यसको बदलामा आफ्नो इच्छा पुरा गराउनु होइन । यी त आस्थाको कुरा हुन् । तर, यही आस्थासँग जोडिएका केही कुरा छन्, जो मानव जीवनका लागि अति महत्वपूर्ण र अपरिहार्य पनि छन् ।

के हो मन्दिर ?

मन्दिर को अर्थ हुन्छ, मनबाट टाढा कुनै स्थान । उसो त मन्दिरको शाब्दिक अर्थ घर पनि हुन्छ । सामान्यतया मन्दिरलाई नै बुझाउने भए पनि देवालय, शिवालय, रामद्वारा, गुरुद्वारा, जिनालय आदिको अर्थ फरक फरक हुन्छ । अझ विशेष कुरा त अंग्रेजीमा टेम्पल भनिने शब्दले मन्दिरको अर्थ वहन गर्दैन । अर्थ जेसुकै भए पनि मन्दिरप्रति नेपालीहरुको आस्था प्रगाढ छ ।यद्यपि हिजोआज मन्दिर जाने संस्कारमा पनि परिवर्तन देखा परेको छ । घरनजिकै मन्दिर हुन्छ तर बाहिरैबाट यसो हात जोडेर बाटो लाग्ने, मन्दिरभित्र नछिर्ने प्रचलन बढेको छ । यति गरेपछि आफ्नो कर्तव्य पूरा हुन्छ भनी ठान्नेहरुको संख्या बढ्दो छ । उनीहरुको भनाइ हुने गर्छ, मनमा श्रद्धा हुनुपर्छ । मन्दिर गइरहनुपर्छ भन्ने छैन ।मन्दिरमा हात जोडेर उभिने गरिन्छ । यसो गर्दा फोक्सो तथा मुटुलाई फाइदा पुग्छ । यसबाट रोगप्रतिरोधक शक्तिको विकास हुन्छ । हत्केला तथा औंलामा विद्यमान त्यस्ता विन्दुहरुमा दबाब पर्छ जुन शरीरका हरेक अंगसँग जोडिएका हुन्छन्, जसबाट ती अंगहरुमा शक्तिको सञ्चार हुन्छ ।हुन त व्यस्तताका कारण सधैंभरि मन्दिर जाने फुर्सद पनि आजका मानिसलाई हुँदैन । तर यसो भन्दैमा मन्दिर निर्माण गर्नु तथा मन्दिर जानुका पछाडि जुन रहस्य लुकेको छ त्यसलाई अनि अध्यात्मको मर्मलाई नबुझ्नु राम्रो होइन ।(मन्दिरमा शिखर वा गुम्बज हुन्छन् । गुम्बजमा टकराएर ऊर्जा एवं धवनि तरंग मानिसमाथि पर्दछ  यस्ता परावर्तित तरंग मानव शरीरको आवृत्ति बनाइराख्न सहायक हुन्छन् । यसरी मानिसको शरीरले क्रमशः मन्दिरको भित्री वातावरणसँग सामञ्जस्य स्थापित गर्दछ । यसबाट मानिसले असीम सुखको अनुभव गर्दछ । पहिले स्थापना गरिएका हरेक मन्दिरहरु पृथ्वीका धनात्म ऊर्जाका केन्द्र हुन् ।

(प्राचीन मन्दिरहरु आकाशीय ऊर्जाका केन्द्रमा स्थापित छन् । यस्ता धनात्मक ऊर्जा केन्द्र भएका मन्दिरमा खाली खुट्टा जाँदा मानिसको शरीरमा एक किसिमको ऊर्जाको प्रवाह चल्न थाल्छ । उक्त व्यक्ति जब मूर्तिका अगाडिी हात जोड्छ उसको शरीरमा ऊर्जा चक्र चलायमान हुनथाल्छ । जब व्यक्ति मूर्तिका अगाडि शिर निहुराउँछ तब मूर्तिबाट परावर्तित हुने आकाशीय तरंग उसको मस्तिष्कमा पर्छ र मस्तिष्कस्थित आज्ञा चक्रमा असर पार्छ । यसबाट शान्ति प्राप्त हुन्छ भने मनमा सकारात्मक विचार पैदा हुन्छ । दुःखपीडा निवारण हुन्छ अनि भविष्य पनि उज्ज्वल हुन्छ । नांगो खुट्टा भुइँमा हिँड्नाले पाइतालाको पोइन्टमा दबाब पर्छ र ब्लड प्रेसर नियन्त्रित हुन्छ ।

(मन्दिरमा प्रवेश गर्नुअघि नुहाउनु त छँदै छ, शरीर एवं इन्द्रिय शुद्ध बनाउनका लागि आचमन गर्नुपर्छ । आचमन ३ पटक गर्नुपर्छ । आचमन गर्नाले शरीर तथा मन शुद्ध हुन्छ ।

(पूजा एक प्रकारको रासायनिक क्रिया हो । यसबाट मन्दिरको भित्री वातावरणमाको पीएच भ्यालु कम हुन्छ, जसबाट मानिसको पीएच भ्यालुमा असर पर्छ । यो आयोनिक क्रिया हो जसले शारीरिक रसायनलाई बदलिदिन्छ । यो क्रियाले अनेकौं प्रकारको रोग ठीक बनाउँछ । यो क्रिया औषधि खुवाएर पनि गराउन सकिन्छ, मन्दिर जानाले यो स्वतः हुन्छ ।

(प्रार्थनामा अद्भुत शक्ति हुन्छ । प्रार्थना गर्ने व्यक्ति इथरको माध्यमबाट ईश्वरसम्म पुग्न सक्छ । मानसिक वा वाचिक प्रार्थनाको ध्वनि आकाशसम्म पुग्दछ । प्रार्थना सच्चा, निष्कपट एवं सकारात्मक छ भने प्रकृतिले नै इच्छित कुरा पूरा गरिदिन्छ । अर्को कुरा प्रार्थना गर्नाले मनमा विश्वास एवं सकारात्मकताको भाव जागृत हुन्छ, जसले जीवनको विकास एवं सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

(प्रतिदिन मन्दिर गएर निधारमा टीका लगाइन्छ । चन्दनको टीका लगाउनाले शान्तिको अनुभव हुन्छ, एकाग्रता वृद्धि हुन्छ । यसबाट प्रचूर आध्यात्मिक लाभसमेत प्राप्त हुन्छ ।

(मन्दिरमा बज्ने घन्टले मानिसको मन एवं मस्तिष्कलाई हिलिङ गर्छ । शोधकर्ताहरुका अनुसार मन्दिरको घन्टको एकपटकको ध्वनि मानिसको कानमा ७ सेकेन्डसम्म गुन्जिरहन्छ । यसबाट मन एवं मस्तिष्कमा ऊर्जाको सञ्चार हुन्छ । मस्तिष्कमा असीम शान्ति फैलन्छ । शरीरको इनर्जी लेभल वृद्धि हुन्छ । शारीरिक एवं आत्मिक शान्तिका कारण शक्तिमा बढोत्तरी हुन्छ ।

(मन्दिरमा हात जोडेर उभिने गरिन्छ । यसो गर्दा फोक्सो तथा मुटुलाई फाइदा पुग्छ । यसबाट रोगप्रतिरोधक शक्तिको विकास हुन्छ । हत्केला तथा औंलामा विद्यमान त्यस्ता विन्दुहरुमा दबाब पर्छ जुन शरीरका हरेक अंगसँग जोडिएका हुन्छन्, जसबाट ती अंगहरुमा शक्तिको सञ्चार हुन्छ ।(मन्दिरको वातावरण सुगन्धित हुन्छ । यस्तो वातावरणले मन तथा मस्तिष्कमा शान्ति प्रदान गर्छ । यस्तो वातावरणमा व्याक्टेरिया रहन सक्दैन, भाइरल इन्फेक्सन हुने खतरा कम हुन्छ किनभने मन्दिरको धूवाँमा कपूर बालिएको हुन्छ । कतिपय व्याक्टेरिया त शंख एवं घन्टको आवाजबाट नै नष्ट हुन्छन् ।(हरेक दिन मन्दिर जाने व्यक्तिमा तनाव, चिन्ता, अवसाद एवं मानसिक रोग हुँदैन । तर यसका लागि मन्दिर गएर हात जोडेर मात्र पुग्दैन । नियमपूर्वक प्रार्थना, पूजा वा जपपाठ गर्नुपर्छ । मन्दिर गएर उभिने अनि जे मनमा आयो सोही कुरा बडबडाउँदै र्फकने गर्नाले कुनै पनि किसिमको लाभ पनि हुन्छ ।

Comment As:

Comment (0)