ओझेल भित्रका सचेतना अभियान
No icon

अाज २०७१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार ४२७ नमुना परीक्षण गर्दा ७०२ महिला र १२६९ पुरुषमा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संंख्या १ लाख ७ हजार ७५५ पुगेको छ । उनीहरुमध्ये ६३६ जनाको मृत्यु भएको छ भने ७५ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् ।देशभर ३१ हजार ३१५ संक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १४१६ संक्रमित थपिएका छन्, जसमध्ये ११४५ काठमाडौं, १६१ ललितपुर र ११० भक्तपुरका छन् ।

यस्तै बर्दियाका १०४ जना, रुपन्देहीका ९८, बाग्लुङ र कैलालीका ३६र३६ जना, अर्घाखाँचीका ३४, दाङका ३२, सप्तरीका २८, नुवाकोटका २५, कास्कीका २४, गोरखा र बाँकेका २०, कञ्चनपुरका १७, महोत्तरी र नवलपरासीका १३/१३ जना, उदयपुरका १२, बाराका ११ तथा कपिलवस्तु र डोटीका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

लमजुङ, दैलेख र रुकुम पश्चिमका ९/९ जना, सिराहाका ७, धादिङका ६, मकवानपुरका ५, रौतहट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, र गुल्मीका ४/४ जना, मोरङ, सर्लाही, चितवन, दोलखा, नवलपुर, प्युठान र डोल्पाका ३/३ जना धनुषा, स्याङ्जा, पाल्पा, रुकुम पूर्व, कालीकोट, सल्यान, सुर्खेत र बैतडीका २/२ जना तथा ओखलढुंगा, झापा, सोलखुम्बु, पर्सा, तनहुँ, पर्वत, रोल्पा, जुम्ला, अछाम र दार्चुलाका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Comment As:

Comment (0)