बिहिबार काेराेनाका ३ हजार ७४९ जना संक्रमित थपिए, १९ जनकाे मृत्यु
असाेेज २९, बिहिबार ।
अाज देशभर थप ३ हजार ७४९ जनामा काेराेना संक्रमित पुष्टि भएकाे छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएकाे १६ हजार ५९८ नमुना परीक्षणमा १२३३ महिला र २४२७ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।
देशभर काेराेनाका ३६ हजार ५३३ सक्रिय संक्रमित छन् । ३१४ जनाको आईसीयू र ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भने, पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५६४ जना संक्रमणमुक्त भएका छन्।
त्यसैगरी, कोरोना भाइरसको संक्रमणबाट अाज थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह अपडेट गरेको पछिल्लो कोरोना तथ्यांक अनुसार २४ घण्टामा थप १९ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।
