ओझेल भित्रका सचेतना अभियान
No icon

आइतबार काेराेनाका २९४२ जना संक्रमित थपिए, १३ जनाकाे मृत्यु

कार्तिक २, अाइतबार।

आइतबार देशभर कोरोना भाइरसका २ हजार ९४२ जना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे १४ हजार ८७५ पीसीआर परीक्षणमा २ हजार ९४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ। यससँगै हालसम्म देशभर कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।

मन्त्रालयका अनुसार आइतबार देशभर सक्रिय संक्रमितकाे संख्या ३९ हजार ३४१ जना रहेको छ। जसमध्ये संस्थागत आइसोलेसनमा १२ हजार ९३३ जना र होम आइसोलेसनमा २६ हजार ४०८ जना रहेका छन् ।  भने, २ हजार ३२६ जना संक्रमण मुक्त भएका छन् ।

त्यसैगरी, बितेकाे २४ घण्टामा काेराेना भाइरसकाे कारण थप १३ जनाको मृत्यु भएको छ।

योसहित नेपालमा अहिलेसम्म ७३९ जना काेराेना सङ्क्रमितको मृत्यु भइसकेकाे छ।

Comment As:

Comment (0)