ओझेल भित्रका सचेतना अभियान
No icon

बिहीबार काेराेनाका १,९१३ जना संक्रमित थपिए, १९ जनाकाे मृत्यु

कार्तिक २७, बिहीबार।

बितेकाे २४ घण्टामा १ हजार ९१३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप १ हजार ९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै संक्रमितको संख्या दुई लाख ४ हजार २४२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३८ हजार ४६१ जना सक्रिय संक्रमित रहेका छन्। भने १ लाख ६४ हजार ५९२ जना निको भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार १८९ पुगेको छ ।

Comment As:

Comment (0)