ओझेल भित्रका सचेतना अभियान
No icon

शुक्रबार थपिए १०४४ जना काेराेना संक्रमितथपिए, थप ११ जनाकाे मृत्यु

२६ मंसिर, शुक्रबार। बितेकाे २४ घण्टामा नेपालभर थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयाेगशालामा ७४१४ जनामा परीक्षणमा गर्दा १०४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। 

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ ।

यस्तै अाज थप १२७१ जना संक्रमणमुक्त भएका छन्। हालसम्म निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ । भने, देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ७१ रहेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । याेसँगै हालसम्म मृत्यु हुनेकाे संख्या १ हजार ६७४ पुगेको छ।

Comment As:

Comment (0)