एसईई परीक्षा स्थगित
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९०को प्रभावलाई मध्यनजर गर्दै भोली देखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा ९एसईई० सरकारले स्थगित गर्ने निर्णय गरेको छ ।
।
बुधबार दिउँसो बसेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सचिवालय बैठकले सरकारलाई एसईई रोक्न अनुरोध गर्ने निर्णय गरेको थियो । बिहीबारदेखि एसईई परीक्षा सुरु हुँदै थियो ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले पूरक बैठक बसेर उक्त निर्णय भएको नेकपा सचिवालयलाई जानकारी गराएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यसअघि समितिले जारी गरेको १६ बुँदे निर्णयमा एसईई परीक्षा सुरक्षित एवं व्यवस्थित रूपमा सम्पन्न गर्ने गरी प्रत्येक केन्द्रहरूमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क स्थापना गर्ने बताएको थियो । बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र विश्वविद्यालयका पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो ु
