कोरोनासँग लड्न के खाने ? कुन कुन खानेकुराले बढाउँछ इम्युनिटी पावर ।
कोरोना भाइरस (कोभिड–१९) ले नेपालमा मात्र होइन, विश्वमा नै फैलिएको छ । यसको अहिलेसम्म औषधि पत्ता लागेको छैन । त्यसैले यसबाट जोगिने भनेको आफैँ हो । स्वस्थ्य खानपान र स्वस्थ्य जीवनशैली अपनाउने हो भने कोरोनासँग आफैँ लड्न मद्दत पुग्छ । रोगसँग लड्ने क्षमता कम भएकालाई कोरोना लागेको देखिन्छ । खानपानमा विशेष ध्यान दिने हो भने रोगसँग लड्ने क्षमता बढ्छ ।
रोगले न उमेर भन्छ, न वर्ग, न समुदाय, न जात जोकोहीलाई पनि जुनसुकै समयमा रोगले आक्रमण गर्न सक्छ । तर, आफूसँग प्रतिरोधात्मक क्षमता बलियो भयो भने जस्तोसुकै रोगलाई पनि परास्त गर्न सकिन्छ ।
इम्युनिटी कम भएका, डाइबिटिज र उच्च रक्तचाप भएका मान्छेलाई कोरोना भाइरस लागेको देखिन्छ । ६० वर्षमाथिका मान्छेलाई बढी जटिल हुन्छ । त्यसैले डाइबिटिज, उच्च रक्तचाप र इम्युनिटी पावर कम भएका व्यक्तिले सजगता अपनाउनु आवश्यक छ । कोरोनाबाट जोगिन खानपान र जीवनशैलीमा ध्यान दिनुपर्छ । मीठोमीठो खान्छु भनेर खानु हुँदैन ।
यो समयमा घरमै पकाएर तातो खानेकुरा खाने । बाहिरको खानेकुरा खाँदै नखाने । घरमै पकाएर स्वस्थ खानेकुरा खाने । जसले रोगसँग लड्ने शक्ति दिन्छ । आवश्यक मात्रामा मसलाहरू खाने हो भने इम्यिुनिटी पावर बढ्छ ।
प्रतिरोधात्मक क्षमता कसरी बढाउने त ? कस्ता खानेकुरा खायो भने प्रतिरोधात्मक क्षमता बढ्छ ? शरीरलाई स्वस्थ राख्न के गर्ने ? भन्ने सम्बन्धमा इम्युनिटी पावर बढाउने खालका केही खानेकुराहरूका नामहरू तल दिइएकाे छ ।
के खायो भने इम्युनिटी पावर बढ्छ ?
- बेसार
- मरिच
- खोर्सानी
- जिरा
- धनियाँ
- मेथी
- टुसा उमारेका खानेकुरा
- मह
- कागती
- अमला
- अम्बा
- फलफूल
- दही
- मोही
- चिज
- माछा मासु र अण्डा राम्रोसँग पकाएर ।
विशेषतः यी माथि उल्लेख गरिएका अधिकांश खानेकुरा हाम्रो भान्छामै हुन्छन् । यी खानेकुरा नियमित खाने हो भने रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढ्छ । रोग लाग्नबाट जोगिन सकिन्छ ।
अरु के गर्ने ? के नगर्ने ?
- धूमपान, मद्यपान नगर्ने
- नियमित ब्यायाम गर्ने
- ध्यान योग गर्ने
- किताब पढ्ने
- समयमा सुत्ने
- समयमै उठ्ने
- सकारात्मक सोच्ने
- तनाव नलिने
- साबुनपानीले हात धुने
- भीडभाडमा नजाने
- शरीरमा समस्या आए अस्पताल जाने
बालबालिकालाई स्वस्थ खाना पकाउन सिकाउने
बालबालिकाका लागि यो सिकाउने समय पनि हो । उनीहरूलाई स्वस्थकर खाना पकाउन सिकाउनुपर्छ । खतरा र चुनौतीसँगै यो सिक्ने अवसर पनि हो ।
