नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन, को–को कुन पदमा निर्वाचित भए ?
कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ। महाधिवेशनबाट सभापतिदेखि महामन्त्री तथा सहमहामन्त्रीसम्मका पदाधिकारी निर्वाचित भएका छन्।
सभापति पदमा गगनकुमार थापा ६ हजार ५८४ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्।
???? निर्वाचित पदाधिकारीहरूको सूची
सभापति
▪️ गगनकुमार थापा
वरिष्ठ उपसभापति
▪️ विश्वप्रकाश शर्मा
उपसभापति
▪️ पुष्पा भुसाल — महिला
▪️ डा. चन्द्रकान्त भण्डारी — खुला
▪️ इन्जिनियर मधु आचार्य — खुला
▪️ विनोद चौधरी — समावेशी
महामन्त्री
▪️ प्रदीप पौडेल — खुला
▪️ उदयशमशेर राणा — खुला
▪️ डा. डिला संग्रौला — महिला
सहमहामन्त्री
▪️ प्रतिमा गौतम — महिला
▪️ रामहरि खतिवडा — खुला
▪️ अजयबाबु शिवाकोटी — खुला
▪️ बहादुरसिंह लामा — आदिवासी जनजाति
▪️ प्रकाश रसाइली ‘स्नेही’ — दलित
▪️ जीवनबहादुर शाही — पिछडिएको क्षेत्र
२३१ जना केन्द्रीय सदस्य निर्वाचित
महाधिवेशनबाट कुल २३१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। पार्टीको विधानअनुसार सभापतिबाट थप ६६ जना मनोनीत भएपछि केन्द्रीय कार्यसमितिमा कुल २९७ सदस्य रहने व्यवस्था छ।
नयाँ नेतृत्व चयनसँगै नेपाली कांग्रेसको संगठन विस्तार, आन्तरिक एकता र आगामी राजनीतिक रणनीतिबारे चासो बढेको छ। अब नयाँ नेतृत्वले पार्टीलाई कसरी अघि बढाउँछ भन्ने विषय राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ।
