ओझेल भित्रका सचेतना अभियान
No icon

सबैको पर्खाईमा बसेको बुटवल लक्ष्मीपार्क


 दुर्गा प्रसाद शर्मा
बहुदल पूनरआगमनकोलगतै देशमा केहि नयाँ आयाम थपिए । धिमा गतिमै भएपनि विकास निर्माणले गति लियो । संचार, स्वास्थ्य, सडक संजाल, जलविद्युतमा उल्लेखनीय कार्यहरु थपिए । गर्नु त धेरै पर्थ्र्यो तर राजनीति अस्थिरता र भ्रष्टचारको दलदलमा फसिको देश, ३० वर्षे लामो अवधिमा उच्च छल्याङ्ग मार्नु पर्ने थियो त्यो हुनसकेन तरपनि निराशाजनक स्थिति भने पक्कै छैन । 

यसै सन्दर्भमा आन्तरिक पर्यटकको लागि, वातवरण प्रदुषण न्यूनिकरण गर्नका लागि देशका विभिन्न ठाउँमा विभिन्न किसिमका उद्यान (पार्क) निर्माण, सामुदायिक बनको संरक्षण र सम्वर्द्नकासाथै एक ठाउँबाट आर्को ठाँउमा गै घुम्ने, मनोरन्जन गर्ने, दुश्यावलोकन गर्नेको संख्या दिनानुदिन बढ्दो छ र देशको अर्थतन्त्रमा केहि  सघाउ पुर्याउछ नै । 
रुपन्देही जिल्लामा पनि विभिन्न ठाउँका प्राकृतिक तथा कृत्रिम ताल तलैया, बनवाटिका, पशुपंछीको संरक्षण, मठमन्दिर,गुम्वा,मस्जिद, चर्च आदीको संरक्षण, एक वडा एक ताल, एक वडा एक पार्क भन्ने उद्घोष अनुसार विभिन्न ठाउँमा पानी संकलन गर्ने तालतलैया बनेका छन् भने शहर उन्मुख गाउँहरुमा पनि ससाना पार्क, फूलबाटिका पनि निर्माण भैरहेकाछन् । 

बुटवलको सेरोफेरोमा हेर्दा योगीकुटीमा बनवाटिका, बुटवलमा हिलपार्क, चिडिया खोला नजिक रामापिथेकस पार्क, मणिमुकुन्दसेन (फूलबारी) पार्क, नयाँगाउँको मिलन पार्क र ढवाको पिसपार्क लगभग स्थापित भैसकेका पार्कहरु हुन् । 

बुटवलकै उच्च ठाउँमा रहेको बुटवल उपमहानगरपालिका वडा नं. ४, लक्ष्मीनगर स्थित बुटवल लक्ष्मीपार्क बुटवलकै शिरबिन्दुमा रहेको छ । हालसालै सु्रूवातमा रहेको उक्त पार्क हामी सबैको सहयोगको लागि  पर्खाईमा  बसेको छ । योगिकुटीबाट पिसपार्कसम्म हेर्दा अंग्रेजीको उल्टा यू आकारमा रहेकोका यि सात वटा पार्कहरुको संगमस्थलले  बुटवलको गरिमा बढाएको छ ।  त्यस समयमा  साना मन्दिर निर्माण र खानेपानीमा मात्र सिमित रह्यो तर पार्कको अवधारणा अगाडी आईसकेको थिएन र गति पनि लिन सकेको थिएन । मिति २०६३ सालमा अग्रजहरुले लक्ष्मीपार्कको अवधारणा पत्र अगाडी सारेको पाईन्छ । तर काम अगाडी बढेन ।  लक्ष्मीनगर विकास केन्द्रको स्थापना भए पछि त्यस क्षेत्रमा केहि भौतिक संरचनाको निर्माण भयो र क्रमिक रुपमा पार्कको अवधारणले गतिलिन थाल्यो । नगरपालिका, संघसंस्था र स्थानियको सहयोगमा खाने पानी टंकी, दुर्गा मंदिर, बौद्धगुम्वा, शीव मंदीर, लक्ष्मी आदर्श सामुदायिक बन कार्यालय, साई मन्दिर, धार्मिक भवन, पानी फोहराको लागि पानी टंकी, प्रवेशद्वार र तीन वटा प्रतिक्षालय र केहि आन्तरिक बाटो आदी निर्माण भए । मानीसहरुको चहलपहल बढ्न थाल्यो । बिहान र साँझमा टहल्ने मानीसको राम्रो उपस्थिती हुन थाल्यो र लक्ष्मीनगर वासिहरुलाई घचघचायो । फलस्वरुप मिति २०७६ सालमा बुटवल उपमहानगरपालिका वडा नं. ४ को समन्वयमा एउटा तदर्थ समिति निर्माण भै विधान मस्यौदा  समिति  गठन गरी मिति २०७६ साल श्रावण ०२ गतेका दिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा गै बुटवल लक्ष्मीपार्कको नाममा विधिवत दर्ता गरी बुटवल उपमहानगरपालिकामा सूचिकृत गरिएको छ । 

आफ्नै विधान बनिसकेपछि जन सहभागिता, आजीवन सदस्यता शूल्क, बुटवल उपमहानगरपालिका र  वडा नं. ४ कार्यालयको भौतिक पूर्वाधार बजेटबाट केहि पूर्वाधारका कामहरु अगाडी बढाइ पार्कलाई सुन्दर सफा र हराभरा बनाउन स्थानियवासीले कम्मर कसेका छन् । 

निश्चयनै सुन्दर र गहकिलो  पार्क बनाउन त्यति सजिलो कार्य हैन । दिर्घकालिन योजनाबाट मात्र पार्कलाई अगाडी बढाउन सकिन्छ तसर्थ पनि पार्कको गूरु योजना बनेको छ त्यसैलाई मार्ग निर्देशकको रुपमा हेरी बालमैत्री, अपाङ्ग मैत्री, जेष्ठ नागरिक मैत्री र आन्तरिक र बाह्रयपर्यटकको आगमन क्षेत्रको रुपमा विकास गर्नु पर्ने हुन्छ । संघ, प्रदेश, स्थानीय निकाय, निजी क्षेत्रका संघसंस्था, स्थानीय जनसहभागिता र सर्वसाधारणको सहयोगले मात्र गन्तव्यमा पुगिन्छ भन्ने मूलमंत्र अगाडी सारिएको छ ।

मानिसको मन खहरे खोला झै उर्लिरहेको हुन्छ, भलभल उम्लेको पानी जस्तै मन उम्लीरहेको हुन्छ, मन हावा झै अस्थिर भैरहेको हुन्छ आखिर मन भुलाउने कहाँ त ? भुल्न जाने कहाँ त ? मनका व्यथा विसाउने कहाँ त ? सायद शान्त, मनोरम, मन्द सुसाउने हावा र प्राकृतिक छटानै त हो । 

बुटवल लक्ष्मीपार्क यहाँहरु सबैको पर्खाईमा बसेको छ । यहाँहरुको सहयोगी हातहरुको न्यानो स्पर्श खोजिरहेको छ । यदाकता बुटवलको दार्जलिङ्ग भनेर चिनिने बुटवल लक्ष्मीनगरको लक्ष्मीपार्क भरखरै पूर्वधार निर्माणमा लागेको छ तथापि एक पटक घुमेर, अवलोकन गरेर, सुझाव, सल्लाह र सहयोगको अपेक्षा राख्दछौ ।  बुटवल ४ रूपन्देही
 

Comment As:

Comment (0)