मुख्य मन्त्री पोख्रेल सवार गाडिमा ढुंगामुढा कांग्रेस नेता तथा कार्यकर्ता पक्राउ ।
बुटवल,असोज १८ - प्रदेश ५ काे मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीलाई लक्षित गरी आन्दोलनकारीले ढुंगा प्रहार गरेका छन् । बुटवलको मिलनचोक नजिक आन्दोलनकारीले प्रहार गरेको ढुंगाले मुख्यमन्त्रीको स्कटिङमा रहेका प्रहरीका दुइ गाडीमा क्षति पुगेको छ । प्रहरीको गाडीको शिशा फुटेको प्रहरीले जनाएको छ ।
यस्तै बुटवलकाे मिलनचाेकबाट कांग्रेसका युवानेताहरुलाइ प्रहरीले पक्राउ गरेकाे छ । मुख्यमन्त्री शंकर पाेखरेलकाे स्कटीङका बेला गाडीमा ढुंगा प्रहार भएकाे भन्दै उनीहरुलाइ बुटवल प्रहरीले पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा युवानेता प्रदेशसभा सदस्यका उम्मेदवार बिष्णु पाेखरेल,नेविसंघका केन्द्रीय उपसभापति मुक्तीराज पाैडेल,सञ्चारकर्मी कमला पाण्डे, छाया पाेखरेलसहित ६ जनालाई पक्राउ परेका नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले बताएका छन् ।
बुटवलबाट प्रदेश ५ काे राजधानी दाङ देउखुरी सार्ने प्रस्तावसंगै तीनदिनदेखि आन्दाेलन चलिरहेकाे छ । मुख्यमन्त्री पोखरेल भैरहवाबाट बुटवल आउँदै गरेका थिए । यसअघि पनि कांग्रेस कार्यकर्ताले रुपन्देहीकाे मणिग्राम, कोटीहवा, मणिग्राम र शंकरनगर क्षेत्रमा कालो झण्डा प्रदर्शन गरेर बाटैमा टायर बालेर मुख्यमन्त्रीकाे बिराेध समेत गरेकाे नेविसंघका एक नेताले बताए । घटनामा मुख्य मन्त्री र अन्य सवार कसैलाई केहि नभएको बताइएको छ
मुख्य मन्त्री शंकर पोख्रेल सवार गाडिमा ढुंगामुढा कंग्रेस नेता तथा कार्यकर्ता पक्राउ ।
