ओझेल भित्रका सचेतना अभियान
No icon

विश्व शिक्षक दिवस र गुणस्तरीय शिक्षा

एउटा महान शिक्षकको आफ्ना विद्यार्थीहरुको जीवनमा सकारात्मक प्रभाव गरेको र सही दिशानिर्देश मापन गर्न सकिन्न । उनीहरुले प्रज्जवलन गरेका उत्सुकता कतै गणीतका साध्य बनेर रहन्छन्, कतै विज्ञानका सिद्धान्तहरु भने कतै कला र साहित्यका रुपमा विद्यार्थीको विचार अनि जीवनशैलीमा रहेर यो संसारलाई अझ उत्कृष्ट बनाइरहेको हुन्छ ।

हरेक वर्षको अक्टोबर महिनाको ५ गते विश्व शिक्षक दिवस मनाइने गरिन्छ र यो सन् १९९४ बाट मनाउन शुरु गरिएको हो । आजको दिन संसारभरि विभिन्न कार्यक्रम गर्दे गुणस्तरिय शिक्षा प्रदान गरेर विधार्थीहरुलाई स्थानीय एवं अन्तराष्ट्रिय समाजको विभिन्न क्षेत्रमा योगदान पुर्याउन मद्दत गर्ने शिक्षकहरुको सम्झना र सम्मान गरिन्छ । एउटी आमाले जन्म दिन्छिन् र उक्त बालवालिकालाई जीवन जिउने सीप र ज्ञान भने शिक्षकले नै दिन्छन् ।

आजको दिन हामी सबैले जीवनमा केही पल पछाडि फर्किएर ती शिक्षकहरुलाई सम्झिन आवश्यक छ जसले हामिलाई कालोपाटीमा चक र डस्टर धँस्दै वर्णमाला सिकाए । कु बाट कछुवा देखि ुज्ञु बाट ज्ञानीसम्म सिकाए । 'A' फर Apple बाट 'Z' फर Zebraसम्म सिकाए । त्यस्पश्चात् हामीले विद्यालय अनि विश्वविद्यालयमा अन्य धेरै शिक्षक र शिक्षिकाहरुसंग शिक्षा लिएका छौं, आज तिनै तमाम शिक्षक अनि शिक्षिकाहरुलाई हार्दिक नमन् ।जसरी फलामलाई तताएर अनि त्यसलाई तातो छँदै अर्को फलामले हानेर शिल्पकारले फलामलाई आकार दिन्छ, किसानले पनि सधैं वालीनालीलाई एकै प्रकृतीले लगाउने, रोप्ने, गोड्ने गर्छ तर शिक्षकले एउटै पाठ र अभ्यास सिकाउन फरक फरक विद्यार्थीलाई फरक फरक तरिका प्रयोग गर्नुपर्दछ । हामी सबैको कुनैपनि कुरा बुझ्ने आ(आफ्नै तरिका छ र शिक्षकले त्यहीअनुसार हामीलाई सिकाएका हुन् । हामीमध्ये कतिपय विद्यार्थी हौं या शिक्षकनै हौं, एउटा असल विद्यार्थी र असल शिक्षक हुने प्रेरणा हामीबाट नहटोस्, सदियौंसम्म यो सम्मानको संस्कार बसिरहोस् । युनेस्कोले यो वर्ष ‘शिक्षकहरुको लागि आह्वानः गुणस्तरीय शिक्षामा शिक्षकहरुको नेतृत्व प्रदान’ भन्ने नारा तय गरेपनि केही व्यक्तिहरुलाई बाहेक धेरैलाई दिवसबारेमा थाहा छैन ।
‘कति शिक्षकहरुलाई विश्व शिक्षक दिवसको बारेमा थाहा छैन, उनीहरुलाई नेपालको शिक्षक दिवसबारेमा भने थाहा छ ।’स् शिक्षक होस् या अन्य कर्मचारी, बिदा पाइने दिवसको बारेमा मात्र ख्याल गर्ने प्रवृत्ति हुँदा शिक्षक दिवसको बारेमा त्यति चासो नरहेको स्वयं शिक्षक बताउँछन् ।

शिक्षकले आफ्नो हकअधिकारको पक्षमा आवाज उठाउँदै मनाउने दिवस नेपालमा भने ओझेलमा पर्ने गरेको छ । कुनै संघ, संगठन, युनियनमा आवद्ध  नभएका शिक्षकलाई मात्र नभएर संघसंगठनमा आवद्ध शिक्षकले पनि त्यस्तो अनुभव गरेका छन् ।नेपालका शिक्षकहरुको साझा संगठनको रुपमा रहेको नेपाल शिक्षक महासंघका अध्यक्ष केशव निरौला दिवसबारेमा देशका अधिकांश शिक्षकलाई थाहा नभएको बताउँछन् । त्यसको कारणमा उनी भन्छन्, ‘एउटा त यो दिवस प्रायस् दशैंतिर पर्ने हुन्छ, विद्यालय बन्द हुन्छ, त्यही भएर थाहा हुन्न, अर्को सबै शिक्षक संगठनमा आवद्ध छैनन् ।’उनले संगठनमा आवद्ध भएका शिक्षकलाई शिक्षक दिवसबारेमा जानकारी भएको दाबी गर्दै भने, ‘सांगठनिक चेतना भएकालाई यो दिवसबारेमा चेतना छ, अरुलाई थाहा छैन ।’उनले शिक्षक दिवसलाई विद्यालयसम्म पुर्याउन अझै पनि नसकेको स्वीकारे । उनले मात्र नभएर सार्क टिचर फेडेरेशनका अध्यक्ष एवं नेपाल राष्ट्रिय शिक्षक संघका अध्यक्ष बाबुराम थापाले पनि अध्यक्ष निरौलाकै भनाइ दोहो¥याए ।उनले शिक्षक दिवसलाई अभियानकै रुपमा मनाउने तयारी भए पनि चाडवाडले असर पुर्याएको पनि बताए ।अहिले देशभरका सार्वजनिक तथा निजी विद्यालयहरुमा गरी करीब साढे तीन लाख शिक्षक छन् । तीमध्ये एकलाख ४७ हजार शिक्षक मात्र दरबन्दी छन् ।विश्वभर शिक्षक दिवस मनाइरहँदा नेपालका शिक्षकहरु भने अझ पनि आफ्नो हक र अधिकारको लागि लडिरहन बाध्य भएको शिक्षक नेताहरुको भनाइ छ । अध्यक्षद्वय निरौला र थापाले विकसित देशका शिक्षकहरुको हक अधिकार सुनिश्चित भएको अवस्थामा नेपालका शिक्षकहरु भने पाएको हक समेत गुमाउनु पर्ने अवस्थामा रहेको बताउँछन् ।दिवस त मनाउने तर कसरी रु शिक्षक दिवस विद्यालय वन्द हुने दिनको रुपमा भने कदापि सुचिकृत नहोस् । त्यस्तै विगतमा शिक्षकहरुको काम भन्दा ठुलावडाको तजविजलाइ आधारमा वितरण गरिने शिक्षा पुरुस्कार जस्तो राजनितिक दलहरुको भागवण्डाको मसला वितरणको प्लेटफर्म पनि नबनोस् । यसले असल शिक्षकलाइ समाजमा परिचित हुने प्रर्याप्त अवसर प्रदान गर्न सक्नु पर्दछ ।

शिक्षकले गरेको योगदान र क्षमताको आधारमा अभिभावक र विद्यार्थीको सिफारीसमा पुुुरस्कृत हुने प्रर्याप्त अवसर पाउनु पर्दछ । त्यस्तै विद्यार्थी र शिक्षकको विचमा आत्मिय सम्वन्धका आधारमा खुसियाली र मान सम्मान आदान प्रदान गर्ने दिनको रुपमा परिचित गराउनु पर्दछ । वर्षकै सवै भन्दा उत्कृष्ट शिक्षक, विषय शिक्षक, र प्रधानाध्यापकहरुका नामहरुको घोषणा पारदर्शी मापदण्डको आधारमा गर्नु पर्दछ ।यो दिन हरेक विद्यालयमा भुतपुर्व विद्यार्थी, अभिभावक र शिक्षकहरुको मिलन स्थलको रुपमा विकास गर्न सक्नु पर्दछ । शिक्षकले आफनो जिवनमा अनुभव गरेका महत्वपुर्ण अनुभवहरुलाइ विद्यार्थी समक्ष प्रस्तुत गर्ने दिनको रुपमा, वर्ष भरिको लागि शिक्षण सिकाइलाइ प्रभावकारी वनाउन तयार गरेका योजनाहरु शिक्षक शिक्षक विच आदानप्रदान गर्ने दिनको रुपमा र विभिन्न विद्यालयका प्रधानाध्यापकहरुले आफ्ना योजना र अनुभवहरु सहपाठिहरु विच साटासाट गर्न समेत यो दिवसलाइ उपयोग गर्न सकिन्छ । यसो गर्न सकिएमा शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान गर्न सकिने छ ।

सवै भन्दा प्रमुख कुरा शिक्षकलाइ समाजले हेर्ने उपेक्षाको दृष्टिकोणमा व्यापक परिवर्तन आएर शिक्षकको आत्म सम्मान वढ्ने छ । यसको साथसाथै समाजमा उच्च सम्मान गर्ने पेशाको रुपमा विकास हुनेछ । सवै शिक्षकहरु एकै प्रकारका छैनन् देशलाइ उत्कृष्ट योगदान दिन सक्ने क्षमता भएका शिक्षकहरु समेत हाम्रो समाजमा छन् भन्ने सन्देश आम जनमानसमा पठाउन सफल हुन सकिन्छ ।अर्को पाटो शिक्षक स्वयमले पनि आफ्नो निरन्तर अनुगमन भइरहेको महसुस गरी असल सार्वजनिक व्यवहार प्रदर्शन गर्न व्यवहार सुधारमा अग्रसर हुने छन् । त्यस्तै एक पटक समाजले प्रसंसा गरेको शिक्षकले त्यसलाइ कायम राख्न राजनीति र व्युरोक्रेसि प्रति भन्दा समाज र वालवालिका प्रतिको उत्तरदायीत्व वढी महसुस गर्ने छ । यो दिवसमा प्रसंसा नभएकाले अर्को शिक्षक दिवसमा राम्रो शिक्षकको सुचिमा कसरी दर्ज हुने भन्ने चिन्ताका साथ कार्य क्षेत्रमा खटेर अपेक्षित उपलब्धिहरु प्राप्त गर्न तिर ध्यान केन्द्रित गर्ने छन् । यस अर्थमा शिक्षक, अभिभावक, प्रधानाध्यापक र विद्यार्थी सवैको अन्तर सम्वन्ध सुधारमा यो शिक्षक दिवसले पृष्ठपोषकको भुमिका निभाउनु पर्दछ ।

Comment As:

Comment (0)