कञ्चन मा २९ औं अपांगता दिव मनाउदै आवश्यक सामाग्री दिदै एक्लो भएको महसुस नगर्न गाउँपालिकाको अनुरो
रुपन्देही ,१८ मंसिर ।
रुपन्देहीको कञ्चन गाउपालिकाले शारिरीक अपगंता भएकाहरुलाई बिभिन्न सहयोगी सामग्री प्रदान गरेको छ ।
२९ औं अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा गाउपालिकाले बिहीबार एक कार्यक्रमकाबीच गाउपालिकाका १३ जना अपगंता भएका व्यक्तिहरुहरुलाई अपांगता सहयोगी सामाग्री बितरण गरेको हो ।
सहयोगी सामाग्री बितरण गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले केही गरेर आत्मनिर्भर बन्न चाहने कुनै पनि अपांगता भएकाहरुलाई गाउृपालिकाले सीपमुलक तालिम उपलब्ध गराएर स्वरोजगारका लागि अनुदान समेत उपलब्ध गराउने बताए ।
“आफु अपांगता छु,,मैले केही गर्न सक्दैन“ भनेर निरास नभई “म केही गर्न सक्छु र म आफै आत्म निर्भर बन्न सक्छु“ भन्ने दृढता र आत्म बिश्वासका साथ काम गर्नुपर्ने बताउदै अध्यक्ष क्षेत्रीले हिम्मतले मात्र जिन्दगीमा सफल बन्न सकिने बिचार व्यक्त गरे ।
गाउपालिका हरेक कञ्चनवासीको अभिभावक भएको र त्यसमा पनि असहाय,बिपन्न,शारिरीक रुपमा अपांगता भएकाहरुका लागि प्रेरणा र बैसाखी बनेर सहरा दिने बताउदै उनले आफुले गर्न चाहेको र आफुमा भएको सीप र क्षमताका आधारमा अनुदानका लागि योजना सहित आए गाउपालिकाले सहयोग गर्ने बताए ।
गाउपालिकाका उपाध्यक्ष गोमा तरामुले निरासाले जिवनलाई बोझ दिने तर उत्साह र आत्मबलले जिवनलाई सगरमाथाको चुचुरो चुमाउने भन्दै अरुको सहरामा नभई आफ्नै उद्यमशिलतामा बाच्ने प्रयत्न गर्नु पर्ने बिचार व्यक्त गरिन् ।
प्रमुख प्रशासकिय अधिकृत लेख बहादुर बस्नेतले गाउपालिकामा भएका सबै अपांगता भएकाहरुलाई आवस्यक सहयोगी समाग्री उपलब्ध गराउन नसकेपनि निरासा नहुन आग्रह गर्दै आफुलाई “म अपांगता छु मैले केही गर्न सक्दिन“ भन्ने मानसिकता हटाएर “म सवालंग छु र म संग भएको सीप र क्षमता प्रयोग गरेर जिवनलाई सार्थक बनाउछु“ भन्ने सोंचको बिकास गर्न आग्रह गरे ।
अपांगता पुनस्र्थापना तथा सामुदायिक बिकास,कञ्चन समन्वय समितिका अध्यक्ष टोपलाल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले गरेका थिए ।
अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा कञ्चन गाउपालिका र नया जिवनका लागि हातेमालो,बुटवलको आर्थिक सहयोगमा कञ्चनका ४ जनालाई ट्वाइलेट कुर्ची,२ जनालाई सेतो छडी,२ जनालाई बैसाखी र ५ जनालाई सामान्य सहयोगी सामाग्री प्रदान गरिएको कञ्चन गाउपालिकाका सहायक महिला विकास निरिक्षक राधा भट्टराई आचार्यले जानकारी दिइन् ।
कञ्चन गगाउपालिकामा क वर्गका ६३ जना,ख वर्गका १ सय ३७ जना,ग वर्गका ४० जना र घ वर्गका ११ जना गरी २ सय ५१ जना बिभिन्न शारिरीक अपांगता भएका व्यक्तिहरु रहेको गाउपालिकाले जनाएको छ ।
