रुपन्देहीको सैनामैना मा रहेको रामापुर माध्यमिक बिधालय लुम्बिनी प्रदेश बाट नमूना बिधालय को रूपमा छनोट
दिनेश घिमिरे रुपन्देही रुपन्देहीको सैनामैना नगरपालिका वाड नं.६ मा संचालित रामापुर माध्यमिक बिधालय लुम्बिनी प्रदेश को नमुना स्कुलमा पर्न सफल भएको छ रामापुर माध्यमिक बिधालय राम्रो अंकका साथ धेरै बिद्यार्थी पास बनाउन सफल भएको मा गत साल नगरपालिका बाट ५ लाख सहित सम्मानित भएको उक्त बिधालय का केहि शिक्षक नगरपालिका देखि विभिन्न कार्यक्रममा समेत सम्मानित भएका थिए यस वर्ष सैनामैनामा उत्कृष्ट प्रद्यानाध्यापक रुपमा उक्त बिधालय का प्राचार्य कृष्ण पौडेल सम्मानित हुनु भएको थियोे प्रदेश सरकार लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा तथा सामाजिक विकास निर्देशनालय बुटवल, रूपन्देही बाट अाज प्रकाशित सूचना अनुसार रामापुर मा.वि नमुना विद्यालय विकास कार्यक्रममा छनाैट भएकाे हो उक्त बिधालय मा अध्यापन गराउने सम्पूर्ण शिक्षक अध्यन गर्ने बिद्यार्थी र अभिभावक सबैले सामाजिक संजाल मा खुसीयालिमा सबै लाइ धन्यवाद दिएका छन यो बिधालय लुम्बिनी प्रदेश को नमूना माध्यमिक बिधालय बनाउन सयोग गरेको मा राष्ट्रिय सभा का माननीय खिमलाल भट्टराई लुम्बिनी प्रदेश का माननीय भुमिश्वर ढकाल सैनामैना नगर का मेयर चित्र बहादुर कार्की वाड अध्यक्ष बसन्त पाण्डे लगाएत सबै सयोग गर्ने लाइ प्राचार्य कृष्ण पौडेल लगाएत सम्पुर्ण शिक्षक वयवस्थापन समितिले सबैलाइ हार्दिक धन्यवाद दिदै बिधालयमा थप सयोग लागि बिधालय ले अपिल गरेको छ
