गैडहवा ,कञ्चन मा आयोजना गरेको टि टवान्टी ड्युज बल लिग क्रीकेट प्रतियोगिता मा खुकुरी युवा क्लब भैरहवा प्रथम
कन्चनमा यहीँ मंसिर १३ गते देखि सुरु भएको खुल्ला टि–टवान्टी क्रिकेट प्रतियोगिता आज सम्पन्न भएको छ खुकुरी युवा क्लब भैरहवा प्रथम
रुपन्देहीको कन्चन गाउँपालिकामा मंसिर १३ बाट सुरु भएको खुल्ला टि–टवान्टी क्रिकेट प्रतियोगिता आज सम्पन्न भएको छ । नेशनल क्रिकेट एकेडेमी गैडहवा–८ को आयोजनामा कन्चनमा पहिलो पटक खुल्ला टि–टवान्टी ड्युज बल लिग क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियोे कार्यक्रम का प्रमुख अतिथि गैडहवा गाउँ पालिका अध्यक्ष बच्चुलाल केवट विशिष्ट अतिथि शक्ति गौचन र गैडहवा ८ का भुमन राना अन्य अतिथि हरुमा बिधालय शिक्षक राजनीतिक दल पत्रकार को उपस्तिथि रहेको थियोे कार्यक्रममा प्रमुख अतिथि केवट ले कार्यक्रम आयोजना गरेर गैडहवा गाउँ पालिकाको नाम समेत उच्च स्थानमा पारे खेल खेलाएको मा धन्यवाद दिदै यस्ता कार्यक्रम अब गैडहवा गाउँ पालिका भित्र नै सन्चालन हुने बताउनु भयो
मंसिर १३ प्रतियोगिताको उद्घाटन कार्यक्रम लुम्बिनी प्रदेशसभा माननीय भुमिश्वर ढकाल ले गर्नु भएको थियोे
कार्यक्रममा जसमा नेशनल क्रिकेट एकेडेमी, खुकुरी क्रिकेट क्लव भैरहवा, तिलोत्तमा क्रिकेट एकेडेमी, अल्फा स्पोर्टस एकेडेमी काठमाण्डौँ, स्टार्स क्रिकेट एकेडेमी भैरहवा, वेस्र्टन क्रिकेट एकेडेमी बुटवल, बुटवल क्रिकेट क्लव, र नव युवा क्लव सहभागीता रहेको थियोे जस्मा प्रथम खुकुरी युवा क्लब र दोस्रो लुम्बिनी युवा क्लब भएका छ्न टस जितेर ब्याटिङ गरेको लुम्बिनी ले नभ युवा क्लब ले निधार्ति २० ओभएको खेलमा १७.३ ओभर खेलेर आफ्नो सवै विकेट गुमाउँदै ७० रन बनाउन सफल भएको थियो र खुकुरी क्रीकेट क्लबलाइ ७१ रनको विजय लक्ष्य दिएको थियोे जबाफि ब्याटिङ म उत्रिएको लुम्बिनी लुम्बिनी खुकुरी क्रीकेट क्लब ले निर्धारित २० ओभर को खेलमा १८ ओभर मा २ विकेट को जित निकाल्न सफल भएको थियोे सो खेलको म्यान अफ द म्याच लुम्बिनी खुकुरी क्रीकेट क्लब का क्याप्टेन तथा बलर मान बहादुर थापा भएका थिए उन्ले ४ ओभरमा बलिङ गर्दै १७ रन खर्चेर ४ विकेट लिन सफल भएका थिए यस्तै बेस्ट ब्याट्समेन प्रज्वल थापा बेस्ट बलर तुलाराम थापा म्यान अफद सिरिज बसिर अहदम
क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमले ७१ हजार १ सय ११ रुपैँया सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेकाथिए भने द्धितीय हुने टिमले ३५ हजार ५ सय ५५ रुपैँया सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए
कार्यक्रममा प्रतियोगिता मुल समितिका संयोजक मेघराज अर्यालको अध्यक्षता , मा कार्यक्रम सम्पन्न भएको हो उहाले आगामी दिन मा पनि यस्तै कार्यक्रम गर्ने र अहिले जो जो ले सयोग गर्नु भयो सबैलाई हार्दिक धन्यवाद दिदै फेरि यस्तै अन्य आयोजना सबैको सयोग हुने आसाबादि रहेको बताउनु भयो उहाँ ले कार्यक्रममा कोरोना को महामारी मा समेत यस्तो खेल राख्न निकै चुनौती रहेता पनि सबैको सयोग ले यो संभावना रहेको बताउनु भयो भने कार्यक्रम हो सन्चालान सुभाष पुन ले गर्नु भएको थियोे
