कञ्चन गा. पा मा पौस्टिक आहार सहित उपाध्यक्ष संग सुत्केरी भेटघाट कार्यक्रम सम्पन्न
रुपन्देहीको कन्चन गाउँ पालिका ले उपाध्यक्ष संग सुत्केरी भेटघाट सप्पन्न गरेको छ कन्चन वाड नं. १ बाट सुरुभएको कार्यक्रममा गाउँ पालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रि को प्रमुख अतिथि वाड अध्यक्ष हरिनारायण थारु विशिष्ट अतिथि र अन्य अतिथि मा वाड सदस्य स्वास्थ्य स्वयंसेविकाको उपस्तिथि मा वाड नं.१ विभिन्न टोल बस्ती मा सुत्केरी हरुलाइ एक क्यारेट अन्डा र केजि को हर्लेसको वितरण गरिएको हो कार्यक्रममा प्रमुख अतिथि गाउँ पालिका अध्यक्ष ले कोविड ले गर्दा साउन भदौमा गर्ने कार्यक्रम केहि ढिला भएनि सुत्केरी को लागि पोस्टिक खाना मा हामिले अन्डा र हर्लेस वितरण गर्ने कार्यक्रम लिएको उहाँकै भनाइ रहेको छ यस्तै कार्यक्रममा गाउँ पालिका उपाध्यक्ष ले उपाध्यक्ष संग सुत्केरी भेटघाट मा सुत्केरी ले अपनाउन पर्ने कुरो र बच्चा आमालाइ पौस्टिक आहार आवश्यक पर्ने भएको ले यस्तो कार्यक्रम को सुरुवात गरिएको उहाँको भनाइ रहेको थियोे उहाँ ले सुत्केरी अवस्था मा धेरै कुरो को ख्याल् गर्नुपर्ने भन्दै महिला हरु घर को काम सगै आफ्नो स्वास्थ्य र बच्चा को स्वास्थ्य मा समेत ख्याल गर्नुपर्ने भएकाले चुनौती रहेनि खाद्य कुरामापनि ध्यान दिनुपर्ने उहाको भनाइ रहेको थियो यस्तै कार्यक्रम सन्चालन गर्दै कन्चन गाउँ पालिका स्वास्थ्य साखा प्रमुख रामप्रसाद गौतम ले सुत्केरी हरुलाइ यो कार्यक्रम साउन देखिनै भेट्ने वातावरण गराए पनि कोभिड र चाड पर्व ले गर्दा केहि ढिलो भएनि यो कार्यक्रम निरन्तर रहने बताउनु भयो साथै यो उपाध्यक्ष संग सुत्केरी भेटघाट कार्यक्रम पाचै वाड मा सन्चालन हुने भएनि सोमबार कन्चन २ मा हुने गौतम ले जानकारी दिनु भयो
