ओझेल भित्रका सचेतना अभियान
No icon

नेकपा सियारि को विस्तारित बैठक सम्पन्न

नरेश चौधरी रेडियो टाइम्स सैनामैना नगरपालिका नेकपा सियारी गाउँ कमिटीको विस्तारित बैठक सम्पन्न 
रुपन्देही, माघ २६ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सियारी गाउँ कमिटीको विस्तारित बैठक सोमबार सियारीको हर्नैयामा सम्पन्न भएको छ । 
कार्यक्रममा प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य एवं जिल्ला कमिटी अध्यक्ष शिवराज सुवेदीले केही ब्यक्तिले पार्टी छोड्दैमा बिचलित हुनुपर्ने अवस्था नरहेको बताउनु भएको छ । उहाँले भन्नु भया—“केहि समुह बाहिरीदैमा पार्टीलाई  कुनै असर पर्दैन ।” प्रधानमन्त्री केपी शर्मा ओलिको नेतृत्वमा विकासका कामले पछिल्लो समय गतिलिएको उहाँले बताउनु भयो । प्रचण्ड—माधव पक्षले अदालतलाई हप्काउने काम बन्द गर्नु पर्ने र तोडफोडको राजनिति बन्द गर्नु पर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो—“घनश्यम भुषाल प्रचण्ड माधवको पुच्छर बन्नु भयो, उहाँ ज्यान संग संगै फेरि फर्कीनु हुन्छ ।”
प्रचण्ड—माधव नेपाल पदकै लागि पार्टीबाट अलग भएको लुम्बिनी प्रदेशका संसद तुलसी प्रसाद चौधरीले बताउनु भयो । सरकार जनताको पक्षमा रहेकोले निर्वचनका लागि जनतामा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय सही रहेको समेत उहाँले बताउनु भयो । निर्वाचनमा जान नचहनेहरुले विभिन्न किसिमका विरोध गरिरहेको आरोप उहाँले लगाउनु भयो । 
पार्टी बिभाजन भएपनि सियारीलाई एक ढिका बनाइ राख्नु पर्ने नेकपा सियारी गाउँ कमिटीका अध्यक्ष खेमराज गुरुङले बताउनु भयो ।  
केही संसदहरुले सरकारलाई काम गर्न नदिने र पार्टीकै केही ब्यक्तिहरुले गलतबाटो अपनाएर प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार पदकै लागि गिराउन खोजेका कारण संसद विघटन भएको केन्द्रिय सदस्य विश्वराज वरालले बताउनु भयो । 
कार्यक्रममा क्षेत्रिय अध्यक्ष हितराज पन्थी, जिल्ला सदस्य झपेन्द्रराज अर्याल सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारु, सियारी गाउँपालिका उपाध्यक्ष अमृता गुरुङ लगाएतले पार्टीलाई एकताबद्ध बनाएर अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो । 
भेलाले पार्टीलाई एकतावद्ध गरि संगठन बलियो बनाउने, घरदैलो गर्ने, माघ २९ गते बुटवलमा हुने मोटरसाईकल र्याली प्रभावकारी बनाउने, फागुन १ गते बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रम सफल बनाउन गाउँ कमिटीले सहयोग गर्ने लगाएतको निर्णय गरिएको नेकपा सियारी गाउँ कमिटी सचिव धन सुवेदी शर्माले बताउनु भयो ।

Comment As:

Comment (0)