सैनामैना ८ मा ड्रागन फ्रुट र टंकी १३५० घरमा वितरण गरियो
रुपन्देहीको सैनामैना नगरपालिका वडा न.८का वडाबासीलाई ड्रागन नामक फलफुलको बिरुवा र इलेक्ट्रोनिक स्प्रेयर टंकी वितरण गरिएको छ । क्यान्सर जस्ता घातक रोग प्रतिरोधात्मक क्षमता बढाउने ड्रागन नामक फलफुलको बिरुवो करिब १३५० घरधुरीलाई आज वितरण गरिएको वडा सदस्य ईश्वरी भण्डारीले जानकारी दिए । कार्र्यक्रममा टोलविकास समितिलाई भने १० थान इलेक्ट्रोनिक स्प्रेयर टंकी समेत प्रदान गरिएको हो । वडागत चालु आर्थिक वर्षमा विनियोजित ३ लाखको वजेटमा उक्त फलफुलको बिरुवा तथा कृषि सामाग्री वडाले हस्तान्तरण गरेको हो ।
सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीले ड्रागन नामक फलफुलको बिरुवा र इलेक्ट्रोनिक स्प्रेयर टंकी वडा बासीलाई प्रदान गर्दै यसको ब्यावसायिक खेत गर्न सवैलाई आग्रह गरेका छन् । नगरपालिकाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएको तर्क गर्दै मेयर कार्कीले यस खेतिबाट मनग्य आम्दानी गर्न सकेन बताए । जैविक विषाधी बनाउन उपयोगी स्प्रेयर टंकीले स्तरीय बाली उत्पादन गर्न महत्वपुर्ण भुमिका खेल्ने उल्लेख गरे । सामाग्री पाए संगै वडाबासी हौसिएका थिए ।
सामुदायिक सत्चिन्तनमा भएको कार्यक्रम सैनामैना वडा न.८का वडा अध्यक्ष रामशरण न्यौपानेको अध्यक्षता तथा सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यतातथा नगरउपप्रमुख विना रानाको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्य ईश्वरी भण्डारीको स्वागत तथा वडा सचिब केशव पौड्यालको सञ्चालनमा सम्पन्न भएको हो ।
ड्रागन फ्रुटको विशेषता
ड्रागन फल गर्मि र सुख्खा हावापानीमा हुने सिउडि प्रजातीको फलफुल हो । यसको स्तम्भ कमजोर भएकोले सपोर्ट आवश्यकता पर्दछ। यसको लहरा ड्रागनको जिब्रो जस्तै हुने हुदां यसलाई ड्रागन फल भनिएको हो। यस फलको स्वाद गुलियो र अमिलो पनाको मिश्रण भएको हुन्छ। फलको तौल २०० ग्राम (१।२ के।जी हुन्छ।यस फलको जातहरुमा रातो बोक्रा र् सेतो गूदी भयको,पहेलो बोक्रा र सेतो गूदी भएको, रातो बोक्रा र रातो गूदी भयको जात पर्दछ। अन्य मुलुकमा यो फल व्यवसायीक रुपमा स्थापित भए पनि नेपालमा भने यो फलले भर्खरै व्यसायीकता पाउन थालेको छ ।
गर्मी ठाँउमा खेती गर्न सकिने यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ। यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको छ।जस्तोसुकै माटोमा खेती गर्न सकिने यस फललार्ई गमला ,छत तथा करेसामा पनि लगाउन सकिन्छ ।
यो फल मीठो मात्र छैन, औषधीय गुणले पूर्ण छ।यो फल खाएपछि पेट खलास हुन्छ र कब्जियतको दोष ठीक पार्छ।प्राविधिकका अनुसार रोपेको २ बर्षपछि ड्रागनबाट फल लिन सकिन्छ । नेपाली बजारमा ३ हजार ५ सय रुपैयाँ केजीसम्म यो फल विक्री भइरहेको छ। ड्रागनको एउटै बोटले धेरै वर्षसम्म फल दिइरहन्छ। यसको फल १ सय ५० ग्रामदेखि १ किलोसम्म हुने हँदा यसबाट मनग्य आम्दानी लिन सकिन्छ ।
