ओझेल भित्रका सचेतना अभियान
No icon

नयाँ प्रधानमन्त्री बन्ने को लागि त्यति सजिलो छैन

कुरो किल्लोर छ; 

दुइतिहाइ बहुमतको आफ्नै पार्टीका प्रधानमन्त्री ओलीलाइ हटाएर आफु प्रम र अध्यक्ष हुन हिंडेका प्रचन्ड र माधव नेपालले अदालतले सन्सद पुनस्थापनाको फैसला गरेको अवसरमा लड्डु खुवाएर बिजय उत्सब मनाये चितवनमा। उहाहरुको बुझाई थियो, अरु केही नमाने पनि प्रधानमन्त्रिको कुर्सी देखाएपछी देउवाले चट्टकै सहकार्य गर्न मान्छन। त्यस पछी केपी ओलीलाइ बालुवाटारबाट लखेटिन्छ। उनिहरुको बुझाईमा तव चिसो पानी खनियो जव काङ्रेसले नेकपा एक रहुन्जेल को सँग कसरी सहकार्य गर्ने भन्ने कुरा अहिले सोच्न सकिन्न भन्ने जवाफ फर्कायो। अर्को दल राजपाले तपाईंहरुको दल कुन हो भनेर प्रश्न गर्यो। 

पहिलो कुरा त नेकपा कानूनी हिसाबले फुटेकै छैन। एस्तो अवस्थामा प्रचन्ड माधव समुहले प्रधानमन्त्री बिरुद्ध अबिश्वास प्रस्ताव राखे सन्सदिय दलका नेताले आफ्ना साम्सदलाई प्रधानमन्त्रिको पक्षमा मतदान गर्न ह्विप जारी गर्न सक्छन। फ्लोर क्रस गरे साम्सद पदबाट कारबाही गर्न सक्छन। दोस्रो कुरा प्रधानमन्त्री बिरुद्ध अबिश्वास प्रस्ताव राख्न नयाँ प्रधानमन्त्रीको नाम समेत प्रस्ताव गर्नु पर्ने भएकाले र काङ्रेस र राजपाले नेकपा अधिकारिक ढंगले नफुटी सहकार्य नगर्ने निर्णय गरेबाट कसको अनुहार प्रस्ताव गर्ने भन्ने कुरा प्रष्ट छैन। प्रचन्ड वा माधव नेपालको नाम प्रस्ताव गरेर अबिश्वास प्रस्ताव दर्ता गरेपनी सोको पक्षमा न काङ्रेसले मत दिनेवाला छन, न त जसपाले। यसो हुँदा पनि सन्सदिय दलका नेताले आफ्ना साम्सदलाई ह्विप जारी गर्ने बाटो खुला छ। प्रधानमन्त्रिको बिपक्षमा मत दिये साम्सदलाई कारबाही हुन सक्छ। 

तेस्रो कुरा; प्रधानमन्त्री फेर्न वर्तमान सन्सदिय दलका नेता प्रती अबिश्वास राखेर अर्को सन्सदिय दलको नेता चयन गर्नु पर्छ। प्रचन्ड माधव गुटले ओलीलाइ पार्टीबाटै निस्कासन गरेको निर्णय गरेकाले अब फेरी केपी ओली अध्यक्षताको सन्सदिय दलको बैठकमा कुन अनुहारले भाग लिने होला? अनी सन्सदिय दलको नेता फेर्न ल्याइएको अबिश्वास प्रस्ताव उपनेतालाई बुझाउने हो र उपनेताले बैठक बोलाउन आदेश दिने हो। सन्सदिय दलको उपनेता सुभाष नेम्बाङ हुनुहुन्छ, उहाले बैठक नै नबोलाये के हुन्छ भन्ने कुरा प्रष्ट छैन। त्यस माथि सन्सदिय दलमा प्रचन्ड माधव गुटको बहुमत छैन, भएको भये उहिल्यै दलको नेता फेर्ने प्रकृया अधी बढाउथे। 

यस हिसाबले सडक चौडामा जती सुकै पखुरा सुर्कासुर्की गरेपनी प्रचन्ड माधव समुह पुन केपी ओलिको टाङमुनी नछिरी सुख देखिदैन। काङ्रेश र राजपाले समर्थन गरेपनी पार्टी बैधानिक हिसाबले नफुट्दा सम्म ह्विप नमान्ने र फ्लोर क्रस गर्ने साम्सदलाई दलका नेता तथा प्रधानमन्त्रिले कारबाही गर्न सक्छन। कहाँ जान्छस मछली मेरै ढडिया।

Comment As:

Comment (0)