प्रधानमन्त्री ले राजीनामा दिनुहुन्न प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्न चुनाव र महाधिवेशन सम्म कुर्नुहोस प्रमुख सचेतक भट्टराई
राष्ट्रिय सभा सांसद नेकपा का प्रमुख सचेतक खिमलाल भट्टराई ले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिनुभएको छ ।
सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहलाई चुनौती दिनुभएको हो । केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतान्त्रिक विधिबाट आउने अविश्वासको प्रस्तावको डटेर सामना गर्ने माननीय खिमलाल भट्टराई ले हाम्रो गोरेटो अनलाइन खबर लाइ बताउनु भयो बताउनुभयो ।
अविश्वासको प्रस्तावको सामना गर्दा आउने परिणामलाई स्वीकार गर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘केपी ओली संसद्को सर्वोच्चतालाई मान्छन् । केपी ओली संसद्को सर्वोच्चतालाई मानेर त्यहाँ सामना गर्छन् । तिम्रो हिम्मत छ भने अविश्वासको प्रस्ताव ल्याऊ, त्यो अविश्वासको प्रस्तावको सामना गर्छन् केपी ओलीले । केपी ओलीको नेतृत्वमा रहेको नेकपाले ती सबै लोकतान्त्रिक विधिबाट आउने कुराको सामना गर्छन्, यहाँहरूलाई के भन्न चाहन्छु भने हामी त्यो कार्यान्वयन गर्छाैँ भनेको अर्थ के हो भने संसद् बोलाउने कुराको सरकार र हामी तयारी प्रक्रियामा अगाडि बढ्छौँ, संसद्को सामना गर्छौँ । कसको हिम्मत छ ? अविश्वासको प्रस्ताव ल्याऊ, त्यसको डटेर हामी सामना गर्छौँ । त्यो अविश्वासको प्रस्तावको सामना गर्दा जे परिणाम हुन्छ, त्यसलाई स्वीकार गर्छौँ । यो सबैले बुझे हुन्छ ।’
राष्ट्रिय सभा सचेतक भट्टराई ले केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने पनि स्पष्ट पार्नुभयो । संसदमा अविश्वासको प्रस्तावको सामना गरेर लोकतन्त्रप्रतिको प्रतिबद्धतालाई ओलीले फेरि एक पटक प्रमाणित गर्ने उहाँको दाबी छ । सडकमा नारा लगाउँदैमा प्रधानमन्त्री ओली आफ्नो जिम्मेवारीबाट नपन्छिने नेता भट्टराई को दाबी छ ।
उहाँले भन्नुभयो, ‘केपी ओलीले बीचमै छोड्छन् कि, यस खालका कुराहरू तपाईँहरूलाई लागेको हुन सक्छ । म तपाईँहरूलाई पूर्णजवाफदेहिताका साथ भन्न चाहान्छु । केपी ओली लोकतन्त्रमा विश्वास गर्ने, संस्थागत ढङ्गले, लोकतान्त्रिक ढङ्गले गरिएका अभ्यासहरूमा विश्वास गर्ने व्यक्ति भएको हुनाले संसद्को सामना गर्नुहुन्छ । संसद्को सामना गरेर नेपाली नागरिकसमक्ष आफ्नो लोकतन्त्रप्रतिको प्रतिबद्धतालाई फेरि एक पटक प्रमाणित गर्नुहुन्छ । तर सडकमा नारा लगाउँदैमा केपी ओलीले आफ्नो जिम्मेवारीबाट कहिल्यै पनि पन्छिनु हुने छैन । यो म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु ।’
राष्ट्रिय सभा माननीय खिमलाल भट्टराई ले सबैभन्दा ठूलो फैसला दिने न्यायाधीशहरू नागरिक भएकाले आफूहरू नागरिकले गर्ने फैसलाको प्रतीक्षामा रहेको बताउनुभयो । सम्मानित सर्वोच्च अदालतको फैसला आएको ले जस्तो सुकै समस्या आएनि प्रधानमन्त्री ले डटेर अगाडि बढने बताउनु भयो बताउनुभयो । उहाँ ले देश बिकास मा सबै जनता ले चाहेको बताउनु भयो उहाँ प्रधानमन्त्री ओ लि नै सरकार चलाउने कुरामा ढुक्क हुनुहुन्छ ।।
