संक्रमित युवतीसँग कतार एयरवेजमा आएका १५८ जनाको नामावलीसहित
विश्व भर महामारीके रूपमा फैलिएको कोरोना संक्रमित देखिएकी १९ वर्षिय युवतीसँगै आएको कतार एयरवेजकाे Flight No- QR 650 जहाजका यात्रुहरुको नाम र ठेगाना:-यो नामावली हेरेर तत्काल चिनेको मान्छेलाई उपचारका लागि सम्बन्धित ठाउँमा पुर्याउन सहयोग गरौ । 




कतार एयरवेजका जहाज चढेर आएका यात्रुहरुमध्ये प्रदेश न. ५ अन्तरगत रूपन्देहीका ३, नवलपरासीका २, दाङका २, बाँके ४, बर्दिया १, गुल्मी २, पाल्पा १ अर्घाखाँची १ जना रहेको पाइएको छ । युवती चढेर आएको उक्त जहाजमा सवार यात्रुहरुको सरकारले खोजी गर्ने क्रममा नवलपरासीका दुई जना पनि सँगै आएको पाइएको हो ।
काठमाण्डौं निवासी युवती गत चैत ४ गते फ्रान्सबाट कतारको दोहाहुँदै काठमाण्डौं आएकी थिइन् । उक्त जहाजमा रहेका यात्रुमध्ये दुई जना नवलपरासीका रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । तिमध्ये एक जना पश्चिम नवलपरासी बर्दघाट नगरपालिकाका ३२ वर्षीया युवक र अर्का पूर्वी नवलपरासी ( हाल नवलपुर ) देवचुली नगरपालिकाका रजहरका ३७ वर्षीया युवक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका नायब उपरीक्षक प्रवक्ता विरेन्द्र थापाले बताए ।
‘गृहमन्त्रालयले जहाज चढेर आएका १ सय ५८ जनाको सूची पठाएको छ ।नागरिकता नम्बरको आधारमा उनीहरुको खोजी भएको थापाले बताए । उनी घरमै सेल्फ क्वारेन्टाइनमा रहेको उनले बताए ।‘उनी सेल्फ क्वारेन्टाइनमा छन् । पूर्वी नवलपरासीका युवक भने लामो समयदेखि काठमाण्डौं बस्दै आएकोले सोही अनुसार जानकारी गराइएको जिल्ला प्रशासनले जनाएको छ । कोरोना संक्रमित युवतीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।
