ओझेल भित्रका सचेतना अभियान
No icon

चीनबाट २ लाख पीपीई, १ लाख टेस्ट किट सहित ३० टन सामान आउँदै

 


 

 

१२ चैत २०७६, काठमाडौं

चीन सरकारले नेपाल सरकारलाई तीन तहको गरी २ लाख पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), पीसीआर टेस्ट किट एक लाख, भीटीएम एक लाख, एन ९५ मास्क डेढ लाख थान, ल्याबसहितको एम्बुलेन्स १० थान, मोबाइल एम्बुलेन्स ५ थान समेत पठाउन लागिएको बुझिएको छ ।

चीन सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने कोरोना भाईरस नियन्त्रण सामाग्रीहरु चीनका विभिन्न ठाउँबाट सिचुवानको छेन्दुमा संकलन गरी काठमाडौं ल्याउने तयारी भईरहेको छ ।

चीनका लागि कार्यवहाक राजदूत सुशील लम्सालले चिनियाँ पक्षले नै विभिन्न स्थानबाट सामग्री संकलन ३० टन सामग्री उपलब्ध गराउन लागेको बताए ।

नेपालले कोरोना भाइरस संक्रमण रोकथामका लागि एक साता लामो लक डाउनको घोषणा गरेलगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार नेपाल ल्याउने चिकित्सा सामग्रीका लागि संयोजन भइरहेको बताएकी छिन् ।

Comment As:

Comment (0)