नेकपा प्रदेश पाँचका प्रमुख सचेतक ढकालको आग्रह लकडाउन समय घरमै बसी सावधानी अपनाउनुस्
१३चैत्र,रुपन्देही बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड १९) को रोकथाम तथा नियन्त्रण गर्नका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रदेश ५ का सांसदहरुले १५ दिन बराबरको तलब कोरोना नियन्त्रणको लागि राज्यकोषमा जम्मा गर्ने निर्णय गरेका छन् । प्रदेश ५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट बिजयी ६१ जना सांसदहरु रहेका छन । कोरोना भाइरसको सम्भाबित संक्रमणको जोखिमलाई कम गर्न सबै तह तप्काबाट लकडाउन समय घरमै बसी सावधानी अपनाउनुस् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ का प्रमुख सचेत भुमिश्वर ढकालले अाग्रह गर्नु भएको छ ।
चीन बाट सुरु भएको उक्त भाइरस अहिले बिश्वका १६५ भन्दा बढी देशहरुमा फैलिसकेकोाले कोरोना भाइरसबाट इटली बढी प्रभाबित भएको छ। छिमेकी देश भारतमा समेत कोरोना संक्रमित बिरामी फेला परेकोले नेपाल भारतसंगको खुल्ला सिमा भएकोले पनि नेपालले उक्त कोरोना भाइरसको संक्रमणको जोखिमलाई कम गर्न सजगता अपनाउनु पर्ने सांसद ढकालले बताउनु भयाे ।
महामारीको रुपमा बिश्वभर फैलिरहेको कोरोना भाइरसको जोखिमबाट जोगिन प्रदेश ५ का सम्पुर्ण नागरिकहरुलाई घरमै क्वारेन्टाइनमा बस्न , मास्क प्रयोग गर्न,अत्यावस्यक काममा बाहेक सामान्य कामका लागि घर बाहिर ननिस्कन र नियमित साबुनपानीले हात धुन समेत सांसद ढकालले अनुरोध गर्नु भएकाे छ । उहाँले प्रदेश पाँचका स्थानिय सरकारको रुपमा रहेका सबै पालिकाहरुलाइ सतर्कता अपनाउन बिभिन्न संचार माध्यम मार्फत सचेतनामूलक कार्यक्रम तथा शन्देस प्रवाह गर्नुपर्नेमा जोड दिनु भएको छ। सम्भाबित खतरालाई मध्ये नजर गरि प्रदेश ५ का बुटवल, दांग लगायत मुख्य स्थानहरुमा अस्थाई अस्पतालको रुपमा क्वारेन्टाइन र आइसोलेसन स्थल तयार गरिएको र आवश्यकता अनुसार बिभिन्न सामुदायिक हल,स्वास्थ्यचौकी,सामुदायिक तथा निजि बिधालयहरुलाई समेत क्वारेन्टाइनको रुपमा ब्यबस्था गरिने बताउनु भएको छ।
संकटका बेलामा दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन सम्बन्धित सबै पक्ष संग आग्रह गर्ने साथै संकटको बेलामा कालोबजारी हुन नदिन सबै लाई सचेत गराउने बताउदै संकटको बेला हरेक नागरिकहरुमा कुनै बिचल्लित नहुन र धैर्यता अपनाउदै बिषम परिस्थितीसंग सबै एकजुट हुनु पर्ने समेत बताउनु भएको छ। साथै उहाँले कुनै समस्या परेमा आफ्नो मोबाइल नम्बर 9857030000 समेत सार्वजनिक गर्नु भएकाे छ ।
