ओझेल भित्रका सचेतना अभियान
No icon

ईतिहास दोहोरिँद । आत्मबल कसरी उच्च पार्न सकिन्छ ?

बारम्बार जो सँग बाट भेट्यो भने ( कोविड - १९  ) भाइरस को कुराकानी गरेको र सुनेको पाईन्छ।अझ संयोगवस रेडियो नेपाल सुन्ने मौका मिल्यो र त्यहाँ कुनै सरकारको प्रतिनिधिसँग प्रश्नहरू सोध्न पाइन्थ्यो र त्यसको  जवाफमा उत्तरहरु मिल्थ्यो। त्यहाँ दस जना मध्ये एक जना ६५ वर्षको वृद्ध बज्जै पात्रले यो कोरोना निकै त्रास र के गर्ने के  नगर्ने ,सोच्ने शक्ति पनि ह्रास हुन लाग्याे। नेपालमा किन विपत्ति मात्र आइरहन्छ,सायद धार्मिक शास्त्र अनुसार कलियुग लागिसक्यो भनेर जानकारी दिनु भयो त्यसको प्रतिजवाफ मा हामी शान्त , भद्र , हुनुपर्यो।जसरी असिनाले हानेको बाल अझ बढी फस्टाउँछ भनेझैं जाती आपत हामीलाई पर्छ त्यति नैं हामी एक अर्कालाई बुझ्ने मौका पाउँछ र। कसैको शत्रुता छ भने पनि त्यसलाई निभाउन सुवर्ण अवसर पाउँछौ।

इतिहास पलत्याएर हेर्ने हो भने अहिले मात्र यस्तो स्थिति आएको हैन ,जस्तो पहिला पनि यस्तै भयावह तर त्यसलाई हामीले सम्हालिन मौकाको उपयोग गर्रयाै। जस्तो विगतमा विफर, औलो ,पोलियो, इत्यादि। यो बाहेक पहिलो, दोस्रो युद्ध पनि भएको थियो ।जसमा हजारौं डलरको धन र ज्यूको नोक्सान  भएको थियो।कतिको घाउ पनि अझै आलो चा जस्तै हिरोशिमा र नागासाकी जा जनताहरू । पृथ्वी गोलो छ जहाँ अन्त्य हुन्छ त्यहीं बाट सुरु हुन्छ नयाँ आयाम र यो सबैलाई सर्वविदित भएको कुरा हो - विकाससँगै विनासको कुरा ।

कोरोनाले अहिले एउटा भेग, मुलुकलाई मात्र होइन, सम्पूर्ण मुलुकलाई तर्साइरहेको छ । यो भाइरसले विश्वको परिदृश्य नै परिवर्तन गरिदिएको छ । समग्र मानव जाति अहिले कोरोनासँग जुधिरहेका छन् ।यस्तै भाइरस सन् १९१८ मा पनि फैलिएको थियो, जसलाई स्पेनिश फ्लु भनियो ।त्यस समयमा यसको संक्रमण जति तिब्र गतिमा फैलिएको थियो र जति मानिसहरुको मृत्यु भएको थियो, त्यसले सम्पूर्ण संसारलाई स्तब्ध बनाइदिएको थियो । १०२ वर्ष अगाडिको उक्त स्पेनिश फ्लूको महामारीबाट पृथ्वीका एक तिहाई जनसंख्या यसको चपेटामा आएका थिए । त्यो बेला  कम्तिमा पांँच देखि दश करोड मानिसहरुको मृत्यु उक्त फ्लका कारणले भएको थियो ।भारतका प्रख्यात लेखक तथा कवि सुर्यकान्त त्रिपाठी निरालाकी श्रीमती सहित उनको परिवारका धेरै सदस्यहरुले त्यही रोगका कारण ज्यान गुमाएका थिए ।उनले पछि घटनामा आफ्नो परिवारको सदस्यहरु कसरी आफ्नो आँखाबाट ओझेल भए भन्ने कुरा लेखेका थिए । भारतको गंगा नदी शवहरुले भरिएको थियो । चारैतिर यति धेरै शव थिए, ती शवहरु जलाउनका लागि दाउरा कम भएको कुरालाई पनि उनले उल्लेख गरेका थिए । स्थिति त्यो समयमा झन् धेरै बिग्रन पुगेको थियो,  जब पानी नपरेर सवैतिर सुख्खा भयो र अनिकाल जस्तो स्थिति उत्पन्न भयो  ।खानेकुराको चरम अभाव हुन थाल्यो । खान नपाएर यसले गर्दा धेरै मानिसहरुको रोग प्रतिरोधक क्षमता कम हुन पुग्यो । महंगी बढ्यो । शहरहरुमा भिड बढ्न थाल्यो र भिडका कारण विरामी हुनेको संख्या झन बढ्न थालेको थियो ।त्यति बेलामा चिकित्सकीय व्यवस्थाहरु अहिलेको तुलनामा धेरै कम थियो । हुन त आज पनि कोरोना भाइरसको उपचार पत्ता लागेको छैन, तर वैज्ञानिकहरुले कोरोना भाइरसको जीन म्यापिङ गर्न सफल भने भएका छन् । यहि आधारमा वैज्ञानिकहरुले यसको खोप बनाउने दावी गरिरहेका छन् ।सन् १९१८ मा जब त्यो फ्लू फैलिएको थियो, त्यतिबेला एन्टिबायोटिकको चलन त्यति धेरै थिएन । गम्भिर रुपले विरामीको उपचार गर्नका लागि  त्यति धेरै मेडिकल उपकरणहरु पनि समावेश थिएन । प्रायः मानिसहरु घरेलू उपचारमा विश्वास गर्थे ।

 पहिलाकाे महामारीबाट के सिक्ने ?

यी दुबै महामारी फैलनुबीचमा एक शताब्दीको अन्तर भएता पनि दुबै रोगबीचमा विभिन्न समानताहरु पनि देखिन्छ । हामीले धेरै आवश्यक कुराहरु त्यो फ्लूको अनुभवबाट सिक्न सम्भव छ । त्यो बेलामा पनि मानिसहरुलाई अहिले जस्तै बारम्बार साबुन पानीले हात धुनका लागि सम्झाइएको थियो । त्यस्तै एक–अर्कासँग उचित दूरी बनाउन भनिएको थियो । सामाजिक दुरीलाई त्यो समयमा पनि अति नै महत्वपूर्ण मानिएको थियो । अहिलेको जस्तो लकडाउनको स्थिति त्यो समयमा पनि थियो र आज त्यहि स्थिति पुनः दोहोरिएको छ ।

स्पेनिश फ्लुबाट पाठ सिकेर आज हामीले सजगता अपनाउनुपर्ने हुन्छ । कसरी संभावित भयबाट बच्त आत्म अनुशासन पालना गर्ने ? कसरी खानेकुरा जतन र जोहो गर्ने ?

कस्तो थियो लक्षण ?

स्पेनिश फ्लूको चपेटामा आएका बिरामीलाई ज्वरो आउने, हड्डी दुख्ने, आँखा दुख्ने जस्ता समस्या थियो । यसका कारणले धेरै मानिसको मृत्यु भयो । यो पनि एक ठाउँबाट अर्को ठाउँमा फैलिएको थियो ।संसारका अधिकांश देशमा फैलिएको यो रोगले भारतको मुम्बाई शहरमा महामारीको रुप लिएको थियो । संसारभरीमा यो रोगबाट मर्नेहरुको ठुलो संख्यामा भारत पाँचौं देश थियो । केही समयपछि आसाममा यो गम्भिर फ्लूको एउटा खोप तयार गरिएको थियो, जसले कथित रुपमा हजारौं विरामीलाई खोप लगाईएको थियो । जसका कारण यो विरामीलाई नियन्त्रण गर्न  केही हदसम्म सफलता प्राप्त भएको थियो ।सन् २०१२ को एउटा रिपोर्ट अनुसार यो रोग पनि एउटा देशको मानिस अर्को देशमा आउने–जाने हुँदा यो फ्लूको संक्रमण फैलिएको भन्ने कुरा पत्ता लागेको थियो ।अहिले पनि चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस संसारको प्रायः सबै देशहरुमा फैलिसकेको छ । यसको संक्रमणका कारण आज मृत्यु हुनेको संख्या करिव ९१ हजार पुगिसकेको छ भने लाखौं मानिसहरु यसबाट संक्रमित भएका छन् । अहिले हरेक व्यक्ति यस भाइरसबाट आफु र आफन्तलाई कसरी बचाउने भन्ने कोशिशमा लागि परेका छन् ।त्यो समयमा पनि सरकारी र गैर सरकारी संगठनहरु तथा स्वयंसेवीको समुहहरु अगाडि बढेर मोर्चा सम्हालेका थिए । उनीहरुले स–साना क्याम्प बनाएर मानिसहरुको सहायता गर्न शुरु गरेका थिए । पैसा जम्मा गरेका थिए, लुगा र औषधि बाँढेका थिए । नागरिक समुहले मिलेर कमिटीहरु बनाएका थिए । त्यति बेला पहिलो पटक पढेलेखेका र समृद्ध परिवारका मानिसहरु गरिबको सहयताका लागि अगाडि बढेका थिए ।आजको दिनमा पनि एउटा अर्को महामारी, एउटा त्यस्तो ठुलो संकट हामीबीचमा आएको छ । हामीले पनि करिव १०२ वर्ष पहिलेको त्यो फ्लू र त्यो बेला मानिसहरुले अपनाएको संमयताबाट धेरै कुरा सिक्नु पर्छ । अहिले बढ्दै गएको कोरोना भाइरसको समस्यालाई ध्यानमा राख्न आवश्यक छ र सबै मिलेर यस महामारीको लडाईमा अगाडि बढ्न जरुरी भएको छ ।सन् १३४९ अर्थात् विसं १४०६ को समयताका विश्व एउटा कठोर परिस्थितिमा गुज्रियो । एउटा महामारीका कारण एक दशकमा नै एक तिहाई मानिसको विश्वको जनसंख्यामा कमी आयो । त्यसभन्दा पहिलेदेखि नै विशेषगरी युरोपमा ठूलो महामारीको अवस्था चलिरहेकै थियो । तर, नेपाल भने त्यो बेलामा समेत आफ्नै आन्तरिक द्वन्द्वमा गुज्रिँदै थियो ।त्यतिबेला विश्वभरको कूल जनसंख्या थियो, करिब ४५ करोड । त्यतिबेला युरोपेली मुलुकसँगै भारत र चीन लगायतका मुलुकहरु समेत यसबाट प्रभावित हुँदै थिए । तर, पश्चिमी मुलुकहरुसँगै विश्वभरी महामारीको श्रृङ्खला चलिरहँदा पनि नेपाल र भारतमा भने धार्मिक सोचलाई लिएर एकले अर्काेमाथि आक्रमण गर्ने सिलसिला चलिरहेको थियो ।जतिबेला एक तिहाई विश्वको जनसंख्या सखाप पार्ने महामारी सुरु भएको थियो । त्यसको केही वर्षमा नै काठमाडौं उपत्यकामा भारतका सम्राट समसुद्दीनले आक्रमण गरेका थिए । यस बेला एक सप्ताहसम्म समसुद्दीनका सैनिकले उपत्यकामा ठूलो लूटपाट र विध्वंस गरेका थिए ।हाजी समसुद्दीन इलियास शाह बङ्गालका शासक थिए र उनलाई सिमरौनगढमाथि आक्रमण गर्ने दिल्लीका सुल्तान ग्यासुद्दीन तुगलकका छोरा मुहम्मद तुगलकले तिरहुत क्षेत्रबाट कर असुल गर्न नियुक्त गरेका थिए । समसुद्दीनका सेनाहरुले पशुपति मन्दिरको सबै ढुकुटीको पैसा लुटेर लगेका थिए । त्यसैले नेपाली इतिहासमा विश्वको महामारीको बारेमा खासै उल्लेख हुने गरेको पाईँदैन ।इतिहासमा ब्ल्याक डेथ वा कालो मृत्युको रुपमा चिनिन्छ सन् १३४८ देखि १३५०सम्म चलेको महामारी । विश्वको एक तिहाई जनसंख्याको मृत्युमा जिम्मेवार मानिएको बुबोनिक प्लेग पनि सुरुमा एशियामा सुरु भएर पश्चिम तर्फ फैलिँदै गएको इतिहासमा पाइन्छ ।कालो मृत्यु विश्वको मानव इतिहासमा सबभन्दा विध्वंसकारी माहामारी रोगहरु मध्येको एक रोग थियो । यसको महामारीबाट विश्वमा साढे ७ देखि २० करोडसम्म मानिस मरेको अनुमान गरिएको छ । यूरोपमा यो रोगको सबभन्दा बढी प्रकोप सन् १३४८ देखि ५० मा भएको थियो । यद्यपि यसको सुरुवात १३४० को दशकको सुरुवातदेखि नै चल्दै आएको देखिन्छ ।सो महामारीको विषयमा अध्ययन गर्नको लागि २१ औं शताब्दीको सुरुवाती समयमा गठन भएका विभिन्न अध्ययन टोलीहरुले यस विषयमा फरक फरक विचारहरुको विकास गराएका छन् । सन् २०१० र २०११ मा प्रकाशित उत्तर र दक्षिण यूरोपका मृतकहरुको डिएनए अध्ययन गरेर तयार पारिएको विवरण अनुसार यो रोग यार्सिनिया पेस्टिस नामको जिवाणुद्वारा फैलिएको थियो ।यो महामारी मध्य एसियाको सुख्खा क्षेत्रबाट सुरु भएको अनुमान लगाइएको छ । त्यहाँबाट यो महामारी सिल्क रोड हुँदै सन् १३४६ मा क्रिमिया पुगेको थियो । त्यसपछि एक प्रकारको कालो मुसामा लाग्ने उपियाँको माध्यमबाट पुरै युरोपभरी फैलिएको अनुमान गर्ने गरिन्छ । यो भाइरस सारा युरोपभरी फैलिनको लागि ८ वर्ष लागेको बताइएको छ ।ती उपियाँहरु सामान ढुवानी गर्ने पानी जहाजमा मार्फत् युरोप प्रवेश गरेका थिए । युरोपका विभिन्न ठाउँको मृत्युदरलाई हेर्दा सो रोगबाट ३० देखि ६० प्रतिशतसम्म मानिसहरुको ज्यान गएको अनुमान गरिन्छ ।कालो मृत्युको महामारीले यूरोपको इतिहासमा अनेकौं गम्भीर धार्मिक, सामाजिक र आर्थिक क्षेत्रमा समेत उथलपुथल सिर्जना गरेको छ । यूरोपलाई सोही समयको जनसंख्या प्राप्त गर्नको लागि त्यतिबेला १५० वर्ष लागेको विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख गरिएको छ ।

 

युरोपेली ऐतिहासिक ग्रन्थहरुमा सो घटनाको विषयमा उल्लेख गर्दै भनिएको छ कि ‘महिनौंसम्म सडकमा मरेको लासलाई उठाउने कुनै मान्छे थिएनन् । महिनौंसम्म उनीहरु सडकमा नै लडिरहे ।’इङ्ल्याण्ड र फ्रान्स जस्ता मुलुकहरु विपत्तिले यति असक्षम भए कि ती देशहरूले यही असक्षमताका कारण युद्ध गर्न सुरु गरे । जब महामारीले आर्थिक अवस्था र जनसंख्यालाई परिवर्तन गर्‍यो, यही कारणले ब्रिटिश सामन्तवादी प्रणाली ढल्यो । ग्रीनल्याण्डमा भव्य जनसंख्याको क्षति भयो । गैर आदिवासीहरुले मूल जनसंख्याको बिरूद्ध युद्ध लड्ने शक्ति गुमायो र उत्तर अमेरिकाको अन्वेषण रोकियो ।

हालसम्म कोरोना भाइरस १९ को फैलिएको आँकडा हेर्ने हो भने  पूर्व भन्दा पश्चिममा बढी फैलिएको छ जसको कारणहरू पश्चिम भन्दा पूर्वको सन्देशहरू  कडा र वैज्ञानिक कारणहरू छन् जुन हाल आएर प्रमाणित भएको छ ।जस्तो हामीले खाना खानु हात धुनुपर्दछ र थालको वरिपरि पनि घेरा लागाउनु पर्दछ ,जुन हामीले अझै हाम्रो मानसपटलमा याद होला ? यो वैज्ञानिक कारण पनि स्वस्थ छ किनकि यसको कारण ब्याक्टेरिया र भाइरस ले असार गर्न  पाउँदैन र संक्रमण बाट जोगिन्छ।यसो सरसर्ती हेर्दा हाम्रो रोग प्रति रोगात्मक क्षमता अलिकति बढी देखियो जसको असर पनि हामी माझ काम देखिएको छ। सारीरिक रूपमा पछिमेहरु काम काम गर्ने भएकोले उनीहरू विलासिताको जीवन यापन गरेका छन ,जुन अहिले अभिशाप बन पुगेको छ, जसमा हामिपुरबेली अझ नेपालीहरु भाग्यमानी साबित हुन पुगेका छन् । रोग सँग लड्ने क्षमता गजबको छ नेपाली हरुको किन कि हामी दस हातको नङ्ग्रा प्राय सबै ले खेलाएको छौ बिहान बाट बेलुका नभए सम्म जुन हाम्रो दैनिकी जस्तो बनी सकेको छ जसको कारण हामी स्वालम्वी, आत्मविश्वासी,आफ्नो जीवनको बाटो कता मोड्ने भन्ने कुरामा हामीलाई कुनै दुइमत छैन निर्णय लिनको लागि! जस्तो कि माथि नै भनिसके असिनाले हानेको बाली अझ बढी सप्रन्छ । रुखहरू लाई हामीले तोडमोड गरौँ बने त्यो भाँचिन सक्छ र त्यसको प्रतिफल राम्रो हुँदैन तर हाम्रो शरीर लाई जाती चलायो र गतिमान बनायो भने त्यति शक्तिशाली हुन्छ त्यस  कारण स्वास्थ्यको अभ्यास गर्नु जरुरि छ।

 अहिले विश्व कोभिड -१९ बिरुद्ध लडिरहेको छ। कोरोना भाइरस बिरुद्द लडने सबैभन्दा ठूलो अस्त्र या औषधि उच्च आत्मबल हो । यसमा दुईमत छैन् । नेपालका सम्माननिय प्रधानमन्त्री केपी ओलीले उच्च मनोबलका साथ कोरोना भाइरसलाई परास्त गर्न आह्वान गरेका छन् । यश कुराबाट पनि मनोबल र आत्मबलको भूमिका प्रष्ट हुन्छ । यसै सन्दर्भमा आत्मबल के हो ? आत्मबललाई कसरी उच्च पार्न सकिन्छ ।

आत्मबल के हो ?

सबैभन्दा ठूलो बल हो—आत्मबल । सबैभन्दा शक्तिशाली शक्ति  हो- आत्म-शक्ति । सबैभन्दा ठूलो बल हो—आत्मबल । आत्मबाल केवल शक्तिशाली हुनु पर्याय होइन यो सही तरिकामा बल प्रयोग गर्ने सीप हो । जीवन बचाँउने कला हो । त्यसको सहि आंकलन र प्रयोग गर्नु आवश्यक छ ।

 

आत्मबल हाम्रो शरीरको लागि ऊर्जाको स्रोत हो । दिमाग, मन र बुद्धिको केन्द्र नै आत्मको शक्ति हो । आत्म बिकासको लागि आत्म प्रेम, आत्मसम्मान, आत्मविश्वास, आत्म ज्ञान र आत्म प्राप्ति सबै एक अनुक्रमिक कारकहरु हुन् । जति हामी हाम्रो क्षमता र दक्षतामा विश्वास गर्छौं, त्यति नै हाम्रो जीवन सफल हुनेछ, र हामी आफ्नो क्षमतालाई जति धेरै इन्कार गर्छौं, त्यति नै हामी विजय र सफलताबाट टाढा रहनेछौं । आत्मविश्वासको मान्छे को साँचो मित्र र उसको ठूलो पूंजी हो ।

लैलह गिफ्टी भन्नुहुन्छ--"व्यक्तिगत शक्तिको शुद्धताको साथ समस्याहरूको सामना गर्नुहोस्।" त्यसको लागि भौतिक भन्दा आध्यात्मिक जीवन बढी राम्रो हुन्छ ।

हामी आफू बाहेक अरुले हामीलाई केही गर्न सक्दैन्।खोइ सके इटाली स्पेन अमेरीका जस्ता देशले सङ्क्रम्ण रोक्न। आफू तयार नहुदासम्म केही हुन्न। जेम्स एलेन भन्नुहुन्छ--"  कमजोर जबसम्म कमजोरलाई सहयोग गर्न राजी हुँदैन, र तब पनि कमजोर मानिस आफैंमा शक्तिशाली हुनुपर्दछ;  उसले आफ्नै प्रयासबाट उसले अर्कोमा प्रशंसा गर्ने सामर्थ्य विकसित गर्नुपर्दछ।  आफैंले बाहेक अरूले उसको अवस्था बदल्न सक्दैन।"

आत्मबल सबैसँग हुन्छ । त्यसको पहिचान र प्रयोग गर्नु पर्छ । प्रयोग गरे बढ्छ।त्यो बढाउने तरिकाहरु पनि छ्न।जेन नक्स भन्नुहुन्छ-"जब हामी आफ्नै शक्तिसँग सहज हुन्छौं, असुविधाले आकार परिवर्तन गर्दछ । हामीलाई हाम्रो शक्ति याद छ।"

जे गर्न हो गरिहाल्नु पर्छ।यसरी गर्नुपर्छ कि पछुतो नहोस।अरुले गर्देला भन्नुहुदैन् । आफै सजग हुनुपर्छ । जानिता म्पल्येन्कना भन्नुहुन्छ -"हरियो बत्तीको लागि प्रतीक्षा नगर्नुहोस् । तपाईं हरियो बत्ती हुनुहुन्छ।" हो,हामीले भित्रको शक्ति लाई चिन्नुपर्छ । प्रयोग गरेर समेत हेर्नुपर्छ । कोरोना कदाचित लागिहाले नी मरिन्न प्रतिरक्षा प्रणाली बलियो हुन्छ। यो सत्य हो नत्र निको भएर फर्कनेको टेस्ट गर्नुहोस ।

अरुको भनाइको आधारमा धारणा बनाउनु हुन्न।आफ्नै आत्मज्ञान र बिज्ञानको कसिमा हेर्नुपर्छ । दीपक चोपडा भन्नुहुन्छ -"साँचो आत्मशक्ति प्राप्त गर्न तपाईले कसैको तल महसुस गर्नु हुँदैन, आलोचनाबाट मुक्त हुनुहोस् र निडर हुनुहोस् ।"

अदभूत शक्ति छ हामीसँग । बत्तिमुनिको अध्यारोमा छै हामी।जुन दिन अनुभूत हुन्छ । त्यो दिन आजै हो अनुभूत गरौं।सफल हुन्छौं । स्टीव माराबोली भन्नुहुन्छ--" एकचोटि तपाईंले बुझ्नुभयो कि तपाईं भित्र कत्ति शक्तिशाली हुनुहुन्छ, तपाईंले द्रुत रूपमा शक्ति बाहिर र सबै चीजको क्षमता बढाउनुहुन्छ ।"

हामीले विश्वास गर्‍यौ भने ईश्वरले हामीलाई बिश्वास गर्नुहुन्छ । हामीले काम गर्यौ भने ईश्वरले मद्धत गर्नुहुन्छ।आइतवार एडेलाजा भन्नुहुन्छ-"भगवानले तपाईंको लागि गरिदिनुहोस् भन्ने आशा नगर्नुहोस्, र आफ्नै लागि तपाईंले पनि गर्नुपर्छ ।"

सौन्दर्य कसलाई मन पर्दैन र ?सौन्दर्यका धेरै प्रकारहरू छन्, र मलाई लाग्छ कि सबैभन्दा सुन्दर चीज भनेको आत्मविश्वास र आफैलाई प्रेम गर्नु हो।  प्रत्येक अनुभवबाट  हामी शक्ति, साहस र विश्वास प्राप्त गर्नुसक्छौ जसले वास्तवमा अनुहारमा डर हटाएर खुशी ल्याउन सकिन्छ । आत्म हेरचाह, आत्म प्रेम,आत्म सम्मान, आत्मविश्वास नहुदा मानिस एउटा मूडो सरह हुन्छ । यो फेरि आफैले आफैलाई गर्ने हो। यसवाट आत्मबल बढाउन सकिन्छ ।

आत्मबल कसरी उच्च पार्न सकिन्छ ?

आत्मशक्ति या आत्मबल यस्तो क्षमता हो, जसले मानिसलाई अगाडि बढ्न र नयाँ काम गर्नको लागि प्रेरणा प्रदान गर्छ र स्वयं काम गर्छ।संसारमा जति पनि सफल मानिस छन्, उनीहरूको सफलतामा आत्मविश्वासको ठूलो भूमिका छ ।

उनीहरूले आफैँमाथि विश्वास र भर गरेर  ठूला–ठूला निर्णय गरी जीवनलाई सफल बनाएका प्रशस्त उदाहरण छ्न् । जटिल भन्दा जटिल रोग या परिस्थितिको सामना गरेर सफल भएका छ्न्।यदि तपार्इंमा पनि आत्मविश्वास छ भने अहिले पेन्डेमीक भएको  कोरोना भाइरस बिरुद्ध सफलता पाउन होस या अन्य कुनै कुरामा सफलता पाउन कठिन छैन् ।

सातवटा पी को तयारी गर्दा आत्मबल बढ्छ--उद्देश्य, सिद्धान्त, योजना, अभ्यास, दृढता, धैर्य, आत्मगौरव । आत्मबल अर्कैले बढाइदिने होइन। त्यो आफै बढाउने हो जो पहिल्यै देखि आफैसँग छ ।

सकारात्मक सोच राखौ

कोरोना सम्बन्धि अफवाह फैलिएको छ । जुन गलत छ । त्यसका सकारात्मक पक्षलाई हामीले भुल्नुहुन्न।एउटा दर्‍हो लेसन दिदैछ ।

सकारात्क सोच नै मानिसको जीवनको उर्जा हो । भनिन्छ --बन्दूकको नालमा भन्दा सकारात्मक सोचमा हजारौँ गुना बढी शक्ति हुन्छ ।

भागवत गीतामा भनिएको छ– “तपार्इँ जस्तो सोच्नुहुन्छ, अन्त्यमा त्यस्तै हुनुहुन्छ ।” पूर्वजन्म र पुनर्जन्ममा समेत विश्वास राख्ने गीतामा कृष्ण अर्जुनलाई भन्छन्– “प्राण त्याग गर्ने बेलामा जे सोचिन्छ अर्को जन्ममा सोही भएर जन्मिइन्छ । त्यसैले सकारात्मक सोच ।” विश्वले नै महान् दार्शनिक ग्रन्थ मानेको गीता दर्शनलाई मान्ने हो भने मानिसले यो जन्ममा सोचेको कुराको प्रभाव अर्को जन्ममा समेत पर्ने देखिएको छ भने यो जन्ममा त नपर्ने कुरै भएन । त्यसिले आफूलाई कस्तो बनाउने ?

कसरी प्रस्तुत गर्ने तपाइको सोचमा भर गर्छ ।

भित्री डर भगाऔं
 

कोभिड-१९ को डर ज्यादै फैलिएको छ । अहिले नेपालमा कोरोना भाइरसको त्रासले बनको बाघले नखाएपनी मनको बाघ खाने स्थिती छ । त्यसैले डर भगाएर आत्मबल उच्च पार्नु पर्छ ।

आत्मविश्वास बढाउनका लागि सबैभन्दा पहिला आफूभित्रको डरलाई हटाउन जरुरी हुन्छ । जसका लागि आफ्नो क्षमताको पहिचान गर्न जरुरी छ । जसको लागि साहस गर्नुपर्छ । नेन्सन मण्डेला भन्नुहुन्छ--"साहस भनेको डरको अनुपस्थिती होइन् तर डर माथिको विजय हो ।" साहसिक बन्नुपर्छ । डर भान्छ । यो पनि भनिन्छ जे गर्दा डर भाग्छ त्यही गर्नुपर्छ । डर भगाउन आफैँप्रति विश्वास गर्न आवश्यक छ । आत्मबल वृद्धि गर्न लागि आफैँ तयार हुनु र प्रयोग गर्नु आवश्यक छ ।

बस्तु, बिषय र घटनालाई हेर्ने दृष्टिकोण बदलौं

जस्तो मन उस्तै तन जस्तो पानी उस्तै वाणी भनिन्छ । जस्तो सोच उस्तै काम हुन्छ । घटनालाई शब्दलाई हामीले आफ्नै अर्थ दिन्छै । सकारात्मक अर्थ दियो सकारात्मक परिणाम दिन्छ । नकारात्मक अर्थ दियौं नकारात्मक अर्थ दिन्छ । हामीले घटनालाई कसरी आन्तरिकिकरण गर्छौ त्यस्तै परिणाम मिल्ने हो ।

आत्म सुझाव दिनुहोस र स्पष्ट मानसिक चित्र बनाऊ 

आत्मसुझाव सत्य र सकारात्मक शन्दमा हुनुपर्छ । हाम्रो मस्तिष्कले शव्दहरुलाई तस्विरको रुपमा, कार्यको रुपमा र गुणको रुपमा ग्रहण गर्द्छ । जस्तो कि मेरो आत्मवल उच्च छ, म ब्यवस्थित छु, म शान्त र सितल छु, मैले होशियारी अपनाएको छु । मलाई कोरोना लाग्दैन्, म कोरोनालाई जित्छु आदि । संकल्प शक्तिले प्रतिबद्धता आउँछ । इच्छाशक्ति बढ्छ र आत्मसुझावलाई यथार्थमा परिणत गर्न सकिन्छ । परिणाममा आत्मबल उच्च हुन्छ ।

राम्रो तयारी र काममा विश्वास गरौँ

कुनै काम गर्दै हुनुहुन्छ भने राम्रो तयारी गर्नुपर्छ । अहिले हामी जुन संकटमा छौं । त्यसबाट जोगिन राम्रो तयारी र पर्याप्त सावधानी अपनाउनै पर्छ ।

चाहे तपार्इंले जुनसुकै काम गर्नुस्, तर विश्वास साथ गर्नुस् । काम प्रती पूर्ण विश्वस्त हुनुस् कि सफल होइन्छ।सामान्य जीवनशैली र बोल्ने तौर तरिकाले पनि आत्मविश्वास बढाउनको लागि ठूलो भूमिका निर्वाह गर्छ । खाना पकाउने, कुनै व्यक्तिसँग भेट्ने, संगित सुन्ने,चित्र बनाउने,ध्यान गर्ने गर्दा समेत आत्मबल बढ्छ ।

यो समय पनि घरमै बसेर काम गर्नुहोस जुन तपाइँ गर्न सक्नुहुन्छ र मिल्छ । फ्रेडरिक एङ्लले भन्नुभएकै छ -"एक टन सिद्धान्त भन्दा औन्सभर काम नै बढी मुल्यवान हुन्छ।

"धैर्यशिल हौं

मलाई ठिकै लाग्छ--बलभन्दा बुद्धि ठूलो,बुद्धिभन्दा सहास र सहास भन्दा धैर्य। या आफ्नो आफ्नो ठाउमा ठूलो।ब्रीन एडम्स भन्नुहुन्छ--"धैर्यले आत्मबल ,दृढता र विवेकपूर्ण दृष्टिकोणको सिर्जना गर्दै सफलतातिर उन्मुख गराउँछ ।" कोभिड १९ सङ्क्रमण रोक्न सरकारले लकडाउन गरेको छ यो समय धैर्य गरे समय हो । रोग आफै भाग्छ ।

शुद्ध सन्तुलित साकाहारी भोजन र फिजिकल फिट्नेस राखौ 

फिटनेस, स्टाइल, डाइटलगायतका कुराले पनि आत्मबल उच्च पार्न भूमिका निर्वाह गर्छ । आत्मबल बढाउनका लागि शारीरिक अभ्यासर खानपानमा पनि ध्यान दिन जरुरी हुन्छ । यसले आन्तरिक रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि गर्न मद्द्त मिल्छ।परिणाममा आत्मबल उच्च हुन्छ ।

मस्तिष्कबाट सोच्ने गरौँ

आजकाल मानिसहरु मनबाट सोच्छ्न् । इन्द्रियहरुको संयक प्रयोग गर्दैनन् । भावना र लहडमा बहकिन्छ्न । त्यसो हुदा कमजोर होइन्छ । मस्तिष्कबाट सोच्ने । बैज्ञानिक तथ्य, कारण, प्रमाणको मात्र भर गर्ने एउटा गाइडलाइन बनाउने र प्रतिबद्ध हुने हुनुपर्छ । आफूलाई रोड मोडल बनाउनु पर्छ।ताकी अरुले अनुसरण गरून् । प्रशंसा गरून् । जसबाट आत्मबल बढ्छ । इमर्सन भन्नुहुन्छ--"प्रतिभाशाली मानिसहरूले हामीमा असीमित आत्मविश्वास भरीदिन्छ्न् ।" त्यही भएर त्यस्ता ब्यक्तिको संगत गर्नु राम्रो हुन्छ ।

 

सिक्ने  इच्छाशक्ति राखौं

 

भनिन्छ, तिमी आँट गर म पुर्याउछु । संकल्पमा ठूलो शक्ति हुन्छ । नयाँ कुरा सिक्ने र आफैँलाई महत्वपूर्ण बनाउने प्रयास गर्नुस् । जो व्यक्तिमा सिकाइको भोक हुन्छ, उसमा आत्मविश्वास पनि हुन्छ । स्टिभ जब्स भन्नुहुन्छ - "भोको बन, मूर्ख बन।" सिकाइको उत्कट इच्छाशक्ति ले हामीलाई बलियो बनाउँछ।त्यसैले आफूभित्रको सिक्ने इच्छाशक्तिलाई कहिल्यै मर्न दिनुहुँदैन । यस्तो बानीले बिस्तारै आत्मविश्वासलाई बढाउँदै लैजान्छ । आत्मबल उच्च बनाउँछ ।

योग, ध्यान र प्राणायम गरौँ

योग नै पूर्विय धर्म दर्शनको स्वास्थ्य रहने प्रमुख साधन हो । खासगरी बिहानको समय योग गर्ने । योगमा सवासन, भुजगासन, उतानोपादासन, सूर्यनमस्कार आदि गराउने । खासगरी बिपस्यना ध्यान सिकाउने । गर्न लगाउने ।  जे काम गरिन्छ त्यसैमा सम्पूर्ण रुपले ध्यान दिएर गर्नु पर्छ । उपेन्द्र देवकोटा भन्नुहुन्थ्यो-- "मेरा लागि मस्तिष्कको चार मिमि डायमिटर भएको न्यूरोनमा घण्टौ लगाएर सर्जरी गर्नु पनि ध्यान हो ।" त्यस्तै स्वास्थ्यको लागि उच्च आत्मबलको लागि अनुलोम बिलोम, कपालभाति, भास्त्रीका आदि प्रणायमहरु गर्न लगाउने । शरीर र मन शुद्द भए निरोगी भए आत्मबल स्वभाविक रुपले उच्च हुन्छ ।

आत्मज्ञान, आत्मप्रेम र आत्मसम्मान गरौँ 

सबैभन्दा पहिला आफूलाई विश्वास गर्नुहोस।तपाईं तपाइको उत्तम भर्जन हो।आफूलाई प्रेम गर्नुहोस। आफ्नो सम्मान गर्नुहोस । यो विश्वास गर्नुहोस तपाईं ईश्वरको अंश हो जे चाहानुहुन्छ त्यो गर्न सक्नु हुन्छ । जे सोच्नु हुन्छ त्यो पाउनु हुन्छ । एलिया कमिङ्स भन्नुहुन्छ-"तपाईंलाई तपाईंको योग्यतामा विश्वास हुनुपर्दछ ।" तर तपाईले योग्यता र क्षमता निर्माण गर्नुपर्छ । तपाईं डराउनु भो कोरोना ले तपाइलाई सिकिस्त पार्छ । तपाईं डराउनु भएन भने कोरोना भाग्छ । त्यही बाटो लिनुहोस जुन बाटोले आत्मज्ञान, आत्मप्रेम र आत्मसम्मान प्राप्ती हुन्छ र आत्मबल उच्च हुन्छ ।

Comment As:

Comment (0)