ओझेल भित्रका सचेतना अभियान
No icon

कोरोना भाइरस नेपालः

प्रदेश नं ५ मा झन्डै आठ हजार क्वाेरेन्टाइनमा

विगत २४ घण्टामा १,९४५ जनामा कोरोनाभाइरस परीक्षण गरिएको तर शुक्रवार साँझपछि कसैमा पनि कोभिड-१९ पुष्टि नभएको जानकारी स्वास्थ्य मन्त्रालयले शनिवार अपराह्ण दिएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ४९ छ। तीमध्ये १२ जना रोगमुक्त भएका छन्।

नियमित प्रेस ब्रीफिङमा बोल्दै उनले बागलुङमा भर्ना भएकी १९ वर्षीया किशोरी भाइरसमुक्त भएको प्रमाणित भएपछि शुक्रवार घर फिर्ता भएको जानकारी दिए

कोरोनाभाइरस 

                           अहिलेसम्म देशभरि आरडीटी विधिबाट झन्डै ४०,००० वटा परीक्षण गरिएको सरकारको भनाइ छ

चितवनमा भएका २७ वर्षीय सङ्क्रमित पुरुषले पनि पीसीआर परीक्षणमा दुई चोटि भाइरसमुक्त देखिएकाले अस्पतालबाट बिदा पाएका छन्। उनकी आमामा भने अझै सङ्क्रमण बाँकी छ। । उनीहरू दुवै जना यूकेबाट नेपाल फर्किएका हुन्।डा. देवकोटाका अनुसार अहिले विभिन्न स्थानमा भएका ३७ बिरामीको स्वास्थ्य सामान्य छ।

अहिलेसम्म पीसीआर विधिबाट ९,६६६ वटा र आरडीटी विधिबाट झन्डै ४०,००० परीक्षण गरिएको विवरण मन्त्रालयले दिएको छ।

को कहाँ छन्?

देशभरि १४,७३१ जना क्वारन्टीनमा रहेकोमा प्रदेश नं ५ मा भएका व्यक्तिको सङ्ख्या सर्वाधिक भएको जानकारी डा. देवकोटाले दिए।

उनका अनुसार त्यहाँ ७,९५६ मानिस क्वारन्टीनमा छन्। सबैभन्दा कम वाग्मती प्रदेशमा १३१ जना छन्।

भोजपुर क्वारन्टीन

तस्वीर RSS                                  भोजपुरमा क्वाेरेन्टीनमा बसेका मानिसहरू

मन्त्रालयका अनुसार अहिले काठमाण्डाैं उपत्यकामा तीनसहित देशभरि ८७ जनालाई आईसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै राखिएको छ भने लक्षण र अन्य विवरणका आधारमा २९० जना 'रेड जोन' मा परेका छन्।

गर्मी बढ्न थालेकाले क्वाेरेन्टाइनमा भएका केही व्यक्तिमा औलो रोग देखिएको भन्दै डा. देवकोटाले सबैलाई सतर्क हुन आग्रह गरे।

प्रदेश नं ५ मा सर्वाधिक व्यक्ति क्वाेरेन्टाइनमा भए पनि अहिलेसम्म कसैमा सङ्क्रमण पुष्टि भएको छैन।

कुन प्रदेशमा कति सङ्क्रमण?

पाँचवटा प्रदेशमा कोरोनाभाइरस सङ्क्रमण भेटिएको छ। तर प्रदेश नं ५ र कर्णाली प्रदेशमा भने अहिलेसम्म कोभिड-१९ का बिरामी भेटिएको छैन।

सर्वाधिक सङ्क्रमित प्रदेश नं १ मा छन्। विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा सबै ३० सङ्क्रमित व्यक्तिलाई राखिएको छ।

उनीहरूमध्ये अधिकांशलाई उदयपुरमा फेला पारिएको हो। तीमध्ये धेरै जना भारतीय नागरिक हुन्।

झापा र भोजपुरमा भेटिएका सङ्क्रमितलाई पनि त्यहीँ लगेर राखिएको छ।

नेपालमा कोरोनाभाइरस

प्रदेशअनुसारको तथ्याङ्क

 कूल संक्रमण            निकाे         मृत्यू

०     

         प्रदेश नं १                        प्रदेश नं  २                   बाग्मति                    ग न्डकी               सुदुरपश्चिम

वैशाख १३ अपराह्ण ४ः३० बजे प्राप्त तथ्याङ्क

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

काठमाण्डू उपत्यकामा भएका सबै सङ्क्रमित निको भएर घर फर्किसकेका छन्। वाग्मती प्रदेशमा निको हुन बाँकी एक सङ्क्रमित महिला भरतपुर अस्पतालमा छिन्।

प्रदेश नं २ को वीरगन्जस्थित नारायणी अस्पतालमा भारतीय नागरिकसहित पाँच जना अझै आईसोलेशनमा छन्।

त्यसैगरी धनगढीस्थित सेती अस्पतालमा कोभिड-१९ पुष्टि भएका एक व्यक्ति अझै चिकित्सकीय निगरानीमा छन्। सुदूरपश्चिम प्रदेशमा अरू सबै जना निको भइसकेका छन्।

अहिले सबै प्रदेशमा गरेर कुल १५ वटा प्रयोगशालामा पीसीआर विधिबाट कोरोनाभाइरस परीक्षण हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।( बीबीसीबाट )

Comment As:

Comment (0)