ओझेल भित्रका सचेतना अभियान
No icon

नेपालमा ७ बर्षिय बच्चा सहित एकै दिन १६ जनामा कोरोना भाइरसको सक्रमण पुष्टी, संक्रमितको संख्या ७५ पुग्यो,

 

       नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालगञ्जमा आइतबार मात्रै संक्रमण पुष्टि हुनेकोसंख्या १५ पुगेको छ ।

शनिबार नेपालगञ्ज उपमहानगरका वडा नम्बर ५, ७ र ८ वडाका टोल र नरेनापुर गाउँपालिकाभित्रका विभिन्न वडाका गरी ९० जनाको स्वाब परीक्षण गरिएको थियो।

तीमध्ये १५ जनामा आज कोरोना पोजेटिभ देखिएको हो।केहीको रिपोर्ट आउन बाँकी छ।

यसअघि वीरगञ्जमा एक जनामा पनि संक्रमण भएको थियो । यो सँगै देशभर संक्रमित हुनेको संख्या ७५ पुगेको छ ।   

मस्जिद र मदरसामा कोरोना भाइरस ( कोभिड–१९ ) परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजन पठाउने ६० वर्षको व्यक्तिमा संक्रमणको पुष्टि भएको थियो । उनी वडा नम्बर ७ डीएसपी रोडका बासिन्दा हुन् । तर हरेक दिन वडा नम्बर ८ को महेन्द्रपार्क नजिकको अन्सारी मस्जिदमा आउजाउ गर्ने मौजिन ९ मस्जिदमा अजान गर्ने व्यक्ति० थिए । साथै मुस्लिम समुदायको घरघरमा गएर बालबालिकालाई उर्दू भाषा र जमान पढ्न सिकाउँथे । उनको कन्ट्याक ट्रेसिङका क्रममा परिवारका सदस्य, आफन्त र महेन्द्र पार्कको मुस्लिम बस्तीका ९० जनाको थ्रोट स्वाब संकलन गरी भेरी अस्पतालस्थित पीसीसआर ल्याबमा परीक्षण गरिएको थियो । त्यसमध्ये ३० वटा नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको थियो । आइतबार साँझ नै थप ३० जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । आइतबार थपिएका कोभिड–संक्रमितमध्ये ८ पुरुष र ७ महिला छन् र उनीहरु ७ देखि ६० वर्षसम्मका छन् । संक्रमण पुष्टि भएका १५ जना शुक्रबार कोभिड–१९ पोजेटिभ पुष्टि भएका ६० वर्षीय पुरुषको सम्पर्कमा आएकाहरु रहेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले बताए ।

अहिले डीएसपी रोड क्षेत्र र एकलैनी क्षेत्र सिल गरिएको छ । थपिएका संक्रमितहरुलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेनमा राखिनेछ । साथै उनीहरुको कन्ट्याक ट्रेसिङ गरी सम्पर्कमा रहेकाहरुको खोजी थालिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा। विकास देवकोटाले नेपालगञ्जमा ९ तथा पर्साका ३६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको बताएका थिए । मन्त्रालयले जानकारी दिँदा नेपालगञ्जमा ७ देखि ५८ वर्षका ५ पुरुष र ४ महिला गरी ९ जनामा कोरोनाको संक्रमण देखिएको जनाएको थियो ।  डा देवकोटाले अहिलेसम्म १३ हजार ४ सय १४ पीसीआर र ४९ हजार ६ सय ८८ आरडीटी परीक्षण गरिएको जानकारी पनि दिएका छन् । २४ घण्टामा १ हजार ४ सय ७९ वटा परीक्षण भएका छन् । २१ हजार ९ सय ५१ जना क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा बढी प्रदेश ५ मा १० हजार ६ सय ६७ जना बसेका छन् । ७७ जना आइसोलेसनमा रहेका छन् भने ३ सय १९ जना रेडजोनमा छन् । त्यस्तै, प्रदेश १ मा पाँच हजार चार सय ९९, प्रदेश २ मा पाँच हजार सात सय ९ र वाग्मती प्रदेशमा आठ हजार पाँच सय १५ जनाको आरडीटी परीक्षण भएको छ ।

यसैगरी गण्डकी प्रदेशमा पाँच हजार आठ सय ३४, कर्णाली प्रदेशमा पाँच हजार पाँच सय ६७ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ७२ जनाको आरडीटी परीक्षण भएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताउनुभयो । अहिले देशभरिका क्वरेण्टीनमा २१ हजार ९ सय ५१ जना रहेको पनि उहाँले जानकारी दिनुभयो । 
 

 

 

 

Comment As:

Comment (0)