शुक्रबार १८ जना थपिए, कोरोना संक्रमितको संख्या २६७, हालसम्म कर्णाली प्रदेश कोरोनामुक्त
२ जेठ, काठमाडौं । नेपालमा शुक्रबार बिहान र साँझ ९/९ जना गरी एकै दिन १८ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २६७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शुक्रबार बिहान मकवानपुर र बाँके तथा साँझ काठमाडौं, वीरगञ्ज र दाङमा नयाँ कोरोना संक्रमितको पुष्टि भएको हो ।
बिहान मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका हुन् । बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
साँझको रिपोर्ट अनुसार काठमाडौं सतुंगलका ७ वर्षीय बालक, वीरगञ्ज ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीया महिला, दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुष र उदयपुरका २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
हालसम्म सबैभन्दा धेरै संक्रमित पर्सामा फेला परेका छन् । शुक्रबार रातिसम्म पर्सामा ८९ जनामा संक्रमण पुष्टि भइसकेको छ । यसैगरी कपिलवस्तुमा ३९, बाँकेमा ३३, रुपन्देहीमा २८, उदयपुरमा ३३, काठमाडौंमा ९, धादिङमा १, कैलालीमा ४, बारामा ३ जनामा कोरोना पुष्टि भएको छ ।
त्यसैगरी धनुषामा ४, रौतहटमा ३, बाग्लुङमा २, चितवनमा २, झापामा २, महोत्तरीमा २, भक्तपुरमा २, बर्दियामा १, भोजपुरमा १, कञ्चनपुरमा १, नवलपरासी (पश्चिम) मा १, सप्तरीमा १, सर्लाहीमा १, पूर्वी नवलपरासीमा १, मकवानपुरमा१ र दाङमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किएका छन् ।
शुक्रबारसम्म पिसिआर विधिबाट २३ हजार ९ सय १४ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ६३ हजार ८५ जनाको आरडिटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट १ हजार २ सय ५० र आरडिटी विधिबाट ७ सय ५८ गरी २ हजार ८ वटा परीक्षण भएका छन् ।
प्रदेश नम्बर १ मा ८ हजार ९ सय ३३, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ८२, बागमती प्रदेशमा ९ हजार ६ सय ७३ वटा आरडिटी परीक्षण भएका छन् । यस्तै गण्डकी प्रदेशमा ६ हजार ८ सय ६२, प्रदेश नम्बर ५ मा ७ हजार ९ सय ७१, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७ र सुदूरपश्चिम प्रदेशमा १६ हजार ३ सय ५७ जनाको आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।
देशभरीका विभिन्न अस्पतालमा २ सय ६७ आइसोलेसनमा उपचाररत रहेका छन् । उपत्यकामा २७ सहित बागमती प्रदेशमा ३४ जना आइसोलेसनमा रहेका छन् । प्रदेश नम्बर १ मा २२, प्रदेश नम्बर २ मा १ सय २ गण्डकी प्रदेशमा १ जना आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ सय ८ जना आइसोलेसनमा रहेका छन् । कर्णाली र सुदूरपश्चिममा भने कुनै पनि व्यक्ति शुक्रबार आइसोलेसनमा छैनन् । हालसम्म कर्णाली प्रदेश कोरोनामुक्त रहेको छ ।
अहिले देशभरीका क्वारेन्टाइनमा १५ हजार ६ सय ८३ जना रहेका छन् । प्रदेश नम्बर १ मा ८ सय ८५, प्रदेश नम्बर २ मा २ हजार ५१, बागमती प्रदेशमा १ सय १७ र गण्डकी प्रदेशमा ३ सय ७ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ८ हजार ३ सय २५, कर्णाली प्रदेशमा १ हजार ८२ र सुदूरपश्चिम प्रदेशमा ९ सय १६ जना क्वारेन्टाइनमा रहेका छन् ।
मन्त्रालयका अनुसार हालसम्म ३६ जना निको भएर घर फर्किएका छन् । तर ३ जनामा पुन: पोजेटिभ देखिएको छ ।
हालसम्म २३ हजार ९२३ पीसीआर टेस्ट भएको छ भने ६३ हजार ०८५ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिएको छ ।
