ओझेल भित्रका सचेतना अभियान
No icon

तेह्रौं सागको राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा भव्य उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ दशरथ रङ्गशालामा १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता ९साग० को तीन घण्टा १४ मिनेट लामो नेपालको कला, संस्कृति र प्राकृतिक सौन्दर्यको रुपमा आकर्षक र भव्य समारोहबीच उद्घाटन गरेकी छिन्। राष्ट्रपतिको आगमनपछि सहभागी मुलुकका खेलाडीको मार्चपासबाट उद्घाटन समारोहमा शुरु भएको थियो । सन् १९८४ मा नेपालबाटै शुरु भएको सागको आठौं संस्करण नेपालले १९९९ मा र  २०१९ मा गरी तेस्रो पटक आयोजना गरेको हो । समारोहमा सात हजार ५०० को सङ्ख्यामा रहेका कलाकारले नेपालका साथै सदस्य मुलुकको मौलिक संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गदैँ नेपालको नक्साको आकारसहितको राष्ट्रिय झण्डाको आकृति बनाएका थिए । मुलुकका सातै प्रदेश पुर्‍याएर ल्याइएको सागको ज्योति समारोहमा प्रवेश गराइएको थियो । भव्यरुपमा सिँगारिएको दशरथ रङ्गशालामा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ १७स्५७ बजे प्रतियोगिता शुरुआत भएको घोषणा गरिन्।
 समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले यो खेलकुद प्रतियोगिता प्रतिस्पर्धा र पदक मात्र होइन, सार्क मुलुकबीचको  एकता र मित्रता पनि हाे भनि बताए। दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जिवनराम श्रेष्ठले साग मिनी ओलम्पिकको रुपमा रहेको र युवा खेलाडीका लागि प्रतिभा देखाउने अवसर रहेको बताए भने साग कार्यकारी समितिका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले थोरै समयमा पूर्वाधार तयार पार्दै साग आयोजना गर्न सफल भएको बताए ।काठमाडौं, पोखरा र जनकपुरमा  आजदेखि २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा  ७ देशका २७ सय भन्दा बढी खेलाडीले ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्यका लागि १० दिनसम्म प्रतिस्पर्धा हुने सिलवालले जानकारी दिए । सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भूटान र श्रीलङ्काका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन्।
सागको उद्घाटन र समापन समारोहको बजेट मात्र १५ करोड रुपैयाँ रहेको छ । साग आयोजनाका लागि नेपाल सरकारले ५ अर्ब २५ करोड लगानी गरेको छ । सागलाई सफल तुल्याउन करिब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको छ। साग उद्घाटन समारोह कार्यक्रम अवलोकनका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा,  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायका विशिष्ट महानुभाव रङ्गशाला पुगेका थिए।6

Comment As:

Comment (0)